Saturday, July 25, 2015

मधेशमा प्रहरी-प्रशासन अनियन्त्रीत देखिन्छ - मोहना अन्सारी

गएको ४/५ गते नयां संविद्यानको प्रारम्भिक मस्यौदा माथी सुझाव संकलनलाई लिएर मुख्यगरी मधेशका जिल्लाहरु प्रतिकारको अवस्थामा सिर्जना भयो । मधेशका मुख्य सहरहरुमा झडप देखि भिडन्त सम्मको अवस्था सिर्जना भयो । केन्द्रको रुपमा देखिए जनकपुर । र अन्य सहरहरु, गौर, विरगंज, लहान, राजविराज, भैरहवा लगायतका ठाउहरुमा पनि व्यापक प्रतिरोधका कार्यक्रमहरु भयो । शुक्रवार अवेर राती मात्रै जनकपुर र रौतहटको स्थगतगत अध्यन गरेर काठमाडौ फर्केकी राष्टिय मानव अधिकार आयोग की प्रवक्ता मोहना अन्सारीसंग शनिवार दिउसो दलानले कुराकानी गरेका थिए । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश -


मोहना अन्सारी - राष्टिय मानव अधिकार आयोग - प्रवक्ता


तपाई हिजो मात्रै जनकपुर र गौरको स्थगलगत अध्यन गरेर फर्कनु भाको छ । कस्तो छ त्याहाको अवस्था ?


- खासगरी सविद्याँनको मस्यौदा माथीको राय सुझावको संकलन माथी राष्टिय मानव अधिकार आयोगले देश व्यापी नै अनुगमन गरीरहेको थियो र विशेष गरी जाहा जाहा अली वढी समस्या देखियो त्याहा हामी थप अनुगमन गर्यौ । हाल म जनकपुर र गौर पुगेर आएको छू । हामी चाडी पर्सा देखि सप्तरी सम्म, जाहा जाहा वढी विरोध र समस्या सिर्जना भएको छ, त्याहा पनि पुग्छौ । जनकपुर र गौर पुग्दा जाहा सम्म तपाईले म के पाए भनेर सोध्नु भयो । म चाही एकदमै निराशजनक अवस्था भेटाए । खासगरी संविद्यानले आफुलाई चित नबुझेको कुरामा शान्तिपुर्ण विरोध गर्ने अधिकार सबैलाई दिएको छ । तर जनकपुरमा मात्रै म २ सय भन्दा वढी यस्ता मानिस भेटे जो प्रहरीको लाठी खाएका थिए । केहीले १ लठी मात्रै खाएको पनि पाए भने को कोहीले १२/१२ ओटा टाका लगाएको पनि पाए । यो चाही साच्चिकै नराम्रो अवस्था हो ।


पछिल्लो ४/५ गतेको घटनामा प्रहरीको भुमिकालाई लिए विभिन्न टिकाटिप्पणीहरु भईरहेको देखिन्छ । के प्रहरीहरु कानुनी दायरा भन्दा वाहिर गएरै भुमिका निर्वाह गरेका हुन त ?


- एकहद सम्म प्रहरी प्रशासनहरु अनियन्त्रीत चाही भएकै देखिन्छ । खासगरी भिडलाई नियन्त्रण नै गर्नु परेको खण्डमा पनि प्रहरीले घुडा भन्दा तल मात्रै हानेर भिड नियन्त्रण गर्नु पर्ने हुन्छ । तर जनकपुरमा अधिकांशलाई टाउकोमा हानिएको अवस्था छ । यसरी सिधा ताकेर टाउकोमा हानेको अवस्थ देखिन्छ । यसले प्रहर िप्रशासनहरु अनियन्त्रीत चाही भएकै देखियो । हामीले केही प्रहरी चौकीहरु माथी ढुगा मुढा पनि भएको पायौ । तर दुख लाग्दो कुरा त के छ भने, प्रहरीले आम मानिसहरुको घर घरमा पसेर कुटपिट गरेको देखिन्छ । पसलहरुको सटर जर्वदस्ती तोडफोड गरेको पाइयो । यो त राम्रो भएन नि ।

अर्को कुरा आन्द्योलनमा बच्चाहरु प्रयोग भएको पनि देखियो । अर्को दुखद पक्ष हो । १८ बर्ष भन्द्या मुनिका बालबालिकालाई यसरी विरोधका कार्यक्रमहरु प्रयोग गर्न पाईदैन । हामीले आन्द्योलनरत पक्ष संग यसवारेमा कुरा गर्दा उहाहरुले स्वर्फत रुपमा आएको भन्नु भयो । अभिभावकहरु संग कुरा गर्दा बच्चाहरुको विद्यँलयमा छुटी भएका कारण नारा जुलुस हेर्न गएको भनियो । केही बच्चाहरु संग कुरा गर्दा बाबा संग गएको भने ।


४/५ गते प्रहरीको भुमिका जनकपुरमा मात्रै होई कि सम्पुर्ण मधेशमा नराम्ररी रुपमा प्रर्दशन भएको आईरहेकै छन । तपाईहरुले सुरक्षा अधिकारी संग पनि स्थगलगत अध्यनको क्रममा भेटनु भाको होला, उनीहरु के भन्छन ?


- हो, हामीले यस सन्दर्भमा सुरक्षा अधिकारीहरु संग पनि राम्ररी नै कुरा राखेका छौ । तर हुदा के रै छ भने, यस्तो आन्दोलनहरु जाहा पनि पहिला नियन्त्रण गर्न खोजीन्छ अनि नसकेको खण्डमा जाई लाग्ने प्रचलन देखिन्छ । हाम्रै काहा विगतमा भएको अन्य आन्द्योलनहरुलmाई हेर्नुस न । तर त्यती भनेर पुग्दैन ।
कतिपय यस्ता घटनाहरु हामीले पायौ कि प्रहरीले जानेर नियत वस बुटेको पनि देखियो । जनकपुरमा १ जना युवा भाई कर्ण थरका छन । जो अहिले पनि गम्भिर धाईते छ । हामीले उनको सन्दर्भमा संकलन गरेको सवै प्रमाणहरुले प्रष्ठ के देखिन्छ भने नियतवर जानी जानी केटेको छ । तर कुटने त्यो काहा स्व्किार गर्छन  र ।
तपाईले जनकपुरमा युवाहरुको आन्दोलन संघर्ष समितीका अध्यक्षकै कुरा गर्नु हुन्छ भने , उहालाई प्रहरीले बोलाएरु घेरा हालेर कुठेको देखिन्छ । उहालाई प्रहरीले आफलै फोन गरेर जुलुसको ठुलो भिड आईरहेको छ, तपाई विना नियन्त्रणन नै गर्न सकिन्न भनेर बोलायो अनि वोलाएर चारै तिर वाट घेरेर कुटेको देखियो । यो त एकदमै सरासर गलत कुरा हो । अर्को एउटा बच्चा जो अहिले पनि विराटनगरमा उपचारार्थ छन, त्यसको पनि साह्ै नराम्रो संग कुटेको देखिन्छ । जव की उक्त बच्चा न जुलुसमा गएको देखिन्छ, न त आन्दोलनमा । उनलाई परिवारले पसलवाट समान किन्नका लागी पठाएका थिए तर प्रहरीले समातेर भित्र लगेर कुटेको देखिन्छ । हेर्नुस यस्ता अनेकन कुराहरु छन ।

मधेशमा प्रहरी प्रशासन माथी समाजको ठुलो असन्तुष्टि मैलै पाएको देखीरहेको छू । जुन यो राज्यकै लागी पनि गम्भिर सोचनिनय कुरा हो । यसलाई राज्यले न्युनीकरण गर्दै लानु पर्ने हो । र यसमा स्थानिय प्रहरी प्रशासनकै ठुलो भुमिका हुन्छ ।

खासगरी ४/५ गतेको घटनाको कुरा गर्ने हो भने, त्यो विशुद्ध रुपमा राजनितीक घटनाक्रम थियो तर त्यसमा सतारुढ दलहरुले जसरी प्रशासनको प्रयोग गर्यो त्यसलाई आम मानिसहरुले कसरी लिएका छन ?


- हामीलाई त जाहा जाहा गयौ सबै ठाउमा एउटै कुरा भन्थ्यो कि, हामीले त मस्यौदा हेर्न पनि पाएका छैनौ । अर्को सशक्क्त आवाज हामीले के पायौ भने, हामीलाई मैथलीमा चाहियो मस्यौदा । र मस्यौदा माथी सुझाव संकलनको लागी तय गरिएको कार्यक्रमहरुमा सतारुढ दलहरुको कार्यकर्ताहरु वाहेक अरुलाई प्रवेश गर्न आदेश नै दिएन । जुन एकदमै खेदजनक कुरा हो । तपाई सुझाव संकलनको लागी सार्वजनिक कार्यक्रम भन्नु भाको छ अनि एउटा पार्टीको कार्यकर्ता बाहेक अरुलाई त्याहा प्रवेश निषेध गरिएको छ । यसलाई के भन्ने के । कम से कम विरोध गर्नेहरुले पनि ठाउमा गएर विरोध गर्न पाउनु पथ्र्यो । १२ बजे सम्म उनीहरु कुरेको देखिन्छ र त्यस मात्रै त्यो भित्र आक्रोशित भएको हामीले पायौ ।

अब यो घटना यसरी भईसक्दा अब चाही मधेशका मानिसहरुको प्रतिक्रिया यस प्रति कस्तो पाउनु भयो ?


- अधिकांश मानिसहरु हामीहरुलाई त सुझाव संकलनमा सहभागी गराईनन भनेर आक्रोश पाए । उहाहरुमा त हामी जनता होईन भन्ने सम्मको भावना पलाएको देखिन्छ ।

प्रहरी प्रशासनको भुमिकालाई लिएर मधेशमा अहिले विभिन्न टिकाटिप्प्णीहरु भईरहेको देखिन्छ । तपाईले मधेशी समाज र प्रशासन विच अहिले कस्तो सम्बन्ध पाउनु भयो ?

-
 यो एकदमै महत्वपुर्ण कुरा हो । र मैलै यो कुरा वडो स्पष्टताका प्रशासनिक निकायहरुमा पनि भनेका छौ र नागरिकहरु स्तरमा पनि ।तर यस प्रति प्रशाससनिक निकाय वढी जिम्मेवार हुनै पर्छ । यदी प्रशासनको कुनै गतिविधीवाट समाजले भेदभावको अनुभुती गर्छ भने त्यो हामी सबैका लागी नराम्रो कुरा हो । र प्रशासनले थप के बुझनु पर्छ कि एउटा लामो समय सम्म सिमान्तकृत भएर बसेका समाजले प्रशासनवाट थप संरक्षण पनि खोज्छ । प्रशासनको गतिविधीवाट समानता र सम्मानको अनुभती समाजले पाउनु पर्छ । तर याहा के देखियो भने देखिनै वितिकै भरमार कुटने, त्यो त होईन नि । यस प्रति जिम्म्ेवारी सबै पक्ष गम्भिर हुनै पर्छ ।  मधेशमा प्रशासन र समाज विच दुरी चाही वढदै गईरहेको देखिन्छ ।

तपाई स्वयंम आफै पनि मधेशी समुदायकै मान्छे । पछिल्लो घटनाक्रमहरुलाई मानव अधिकार आयोगमा बसेर हेरीरहदा मधेशीहरु कता गईरहेको पाईराख्नु भएको छ ?


- हामी निरन्तर तराई, मधेश, पहाड, हिमाल सबै ठाउमा आफनो काम गरीरहेका छौ । तर मधेशी समुदायको पछिल्लो ४/५ गतेको मात्रै होईन कि सम्रगमा कुरा गर्दा पनि राज्यसंग आत्मसम्मान महसुस गरीरुहेको हामीले पाईराखेका छैनौ । यसलाई हामीले कसरी सम्बोधन गर्नु पर्छ , त्यो चाही गर्न पर्ने पक्ष हो । जस्तो कि हामी त सबै ठाउमा अनुगमन हुन्छौ नि तर मधेश तिर कहिले काही केही कारणवस हामी अली मात्रै ढिला भयौ भने , उहाहरुको यसरी प्रतिक्रिया दिनु हुन्छ कि मानौ कि उहाहरु ले हामी याहाका नागरिक नै होईन, त्यसैले हेपेको भन्नु हुन्छ । मलाई लाग्छ स्वभाविक पनि हो । तर यसलाई न्यनीकरण तर्फ ठोस कदमहरु चाल्न ढिला चाही गर्नु हुन्न ।

1 comment:

  1. Police Brutality In Janakpur http://demrepubnepal.blogspot.com/2015/07/police-brutality-in-janakpur.html

    ReplyDelete