Thursday, July 23, 2015

प्रचण्डद्धारा मधेशी नेताहरु ठाकुर र महतोसंग भेट


भर्खरै भारत भ्रमणवाट फर्केका एमाओवादी अध्यक्ष प्रचण्डले आज आन्द्योलनरत मधेशी मोर्चाका प्रमुख दुई घटकका अध्यक्षहरु महन्थ ठाकुर र राजेन्द्र महतोसंग छुटा छुटै भेटघाट गरेका छन । प्रचण्डले हिजो मात्रै प्रधानमन्त्री सुशिल कोईराला संग भेटेर संघियता सहितको संविद्यान र नागरिकताको सन्दर्भमा गरिएको प्रावधानलाई सुधार गर्न माग गरेका थिए । मस्यौदा माथीको छलफलको लागी सिरहा पुग्दा प्रचण्ड माथी ढुगामुढा भए पछि उनी प्रहरीको सुरक्षा घेरावाट काठमाडौ फर्किएका थिए ।

प्रमुख दलहरु विच भएको १६ बुदेको सुरु देखि नै विरोध गर्दै आएका मोर्चामा आबद्ध ४ मधेशी पार्टीहरुले मस्यौदा माथीको संकलनलाई मधेशमा पुर्णरुपेण वहिष्कार गरेपछि मधेशका जिल्लाहरुमा अहिले पनि तनावको वातावरण कायमै छ । आज सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई छुटा छुटै भेट गरेर प्रचण्डले आफुहरु मधेशी पार्टीहरुको माग सम्बोधन गर्न तयार रहेको भन्दै आन्द्योलनमा नहोमिन आग्रह गरेका थिए ।


सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार आफुले प्रचण्डलाई आफुहरु विगतको ठाउमा रहेको भन्दै प्रचण्डलाई धोका दिएको भन्दै अव विश्वास गर्न गाहे रहेको जवाफ फर्काएका थिए । महतोको अनुसार प्रचण्डले नागरिकता र संघियताको सन्दर्भमा आफु चार दलको वैठकमा मधेशी पार्टीहरुको लाईन अनुसार कुरा उठाउने र त्यसमा अडान लिन बताएका थिए । यद्यपी मधेशी पार्टीहरुले आफना विरोधका कार्यक्रम तत्कालै स्थगीत नगर्ने जनाएका छन ।

विगतमा आफुहरु पटक पटक धोका खाई सकेका कारण प्रमुख दलहरु सच्चिएर नआए सम्म आन्द्योलन अघि वढी रहने जनाएका छन । आज देखि नै मधेशी मोर्चाले मधेशका प्रमुख चार ओटा सहरमा विरोध सभाको कार्यक्रम सुरु गरेका छन ।

विरगंजमा आज गरिएको बैठकमा तमसपाका अध्यक्ष महेन्द्र यादव लगायतका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । भोली भैरहवामा हुने विरोधसभामा सदभावना पार्टीका अध्यक्ष महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्दै छन । भैरहवा पछि जनकपुर र ११ गते विराटनगरमा मधेशी मोर्चाको विरोध सभा हुने छ । ११ गते विराटनगरमा विरोधसभा भएपछि त्यही राती विराटनगरमै राती मोर्चाको बैठक बसेर थप आन्द्योलनको कार्यक्रमहरुलाई अन्तिम रुप दिने योजना छ । १२ गते विराटनगरवाटै मधेशी मोर्चाका चारै शिर्ष नेताहरुले थप आन्द्योलनको कार्यक्रम घोषणा गर्ने जनाएका छन ।

No comments:

Post a Comment