Wednesday, July 8, 2015

आधा गर्भवतीले पनि बच्चा जन्माउन सक्छ र ? यो मस्यौदाको कुनै तुक नै छैन - सि के लाल

वरिष्ठ राजनितीक विश्लेषक सिके लाल संग वुधवार दिउसो दलानले गरेको कुराकानीको सम्पादिन अंश  


वरिष्ठ राजनितीक विश्लेषक सिके लाल

नयां संविद्याँनको प्रारम्भिक मस्यौदा पढदा कस्तो अनुभुती गर्नु भयो?


- पहिलो अनुभुती त मलाई के भयो भने, यती राम्रो अवसर हुदा हुदै पनि केही भएन, त्यसैले अवसादको । दोस्रो अनुभुती चाही के भयो भने कि द्धन्द फेरि रहि रहने भयो, त्यसैले भय भयो । तेस्रो अनुभुती के भयो भने कि हामी कहिले पनि नसुध्रिने भयौ । एउटा साधारण सवैले मान्ने संविद्याँन हामी बनाउन सकेनौ । फेरी यसलाई च्यातेर फाल्नु पर्छ र अर्को संविद्यान बनाउनु पर्छ जस्तो लाग्यो । २००४ सालको संविद्यानलाई च्यातेर फाले मोहन शमशेर, त्यस पछि काग्रेसको अन्तिरम संविद्यानलाई च्यातेर फाले टंक प्रसाद आचार्य । त्यस पछिको संविद्याँनलाई फेरी काग्रेसले च्याते, २०१५ को लाई राजा महेन्द्रले, राजा महेन्द्रको संविद्याँनलाई उनकै छारा विरेन्द्रले फाले । उनको संविद्याँनको सटा ०४७ आयो जसलाई च्याते माओवादीहरु, त्यस पछि आयो अन्तरिम संविद्याँन त्यसलाई पनि च्यातीयो र आज अन्तरिम संविद्यानको सटामा आउन लागेको लाई सवैले त्यातेर फालीरहेको छ । यसले वडो नरमाईलो लागीरहेको छ कि हामी यही समस्यामा सधै अल्झीरहने भयौ । किनकी अहिले ल्याइएको मस्यौलामा सुधार गर्ने ठाउ भए आशा पनि हुन्थ्यो । तर यो यसरी ल्याइएको छ, त्यसमा केही सुधार गर्ने ठाउ नै छैन ।


तपाईले यो समस्यामा अल्झीरहने भयौ भन्नु भयो, खासमा हामी किन यस्तो समस्यामा अल्झी रहेका छौ ?

- समस्या काहा निर छ भने, जव सम्म वर्चच्वशाली समुदायले यो देशमा अरुको अस्तीत्व स्विकार गर्दैन, तव सम्म यो समस्या रहि रहन्छ । तपाईले यो मस्यौदालाई हेर्न भयो भन्ने प्रष्ट हुन्छ कि यसमा दलीत, जनजाती र नेपालको सवै भन्द्या ठुलो वहिष्कृत समुदाय मधेशीहरुलाई कहि सम्बोधन गर्ने प्रयास छैन । त्यसैले जव सम्म बर्चच्वशाली समुदायले यसलाई सम्बोधन गर्दैन , तव सम्म समस्या रहिरहन्छ । यो पुर्ण रुपमा एकल जातीय सोचले ग्रस्त भएर ल्याएको त्यतीकै बुझिन्छ ।

मधेशी पार्टीहरुले यो मस्यौदालाई सुरु देखि नै विरोध गर्दै आईरहेका छन । अहिले आएर सतारुढ दलहरु भित्र पनि कुरा उठे पछि यसलाई परिमार्जन गर्ने कुरा भईरहेको छ । के परिमार्जन उचित रुपमा हुन्छ जस्तो लाग्छ तपाईलाई ?

- ०३६ साल पछि गणेशमानजीलाई केही मानिसहरुले भन्ने गथ्र्यो कि वालिक मताधिकार पनि अव भयो, यसो भयो, उसो भयो तर गणेशमानजीले एउटै कुरा भन्नु भयो कि महिला आधा गर्भवती हुन सक्दैन । कि त पुरा हुन्छ कि त हुदैन । आधा गर्भवतीले बच्चा जन्माउन सक्दैन । त्यसैलै अहिले कसैले मधेशीहरु लाई यो भयो वा त्यो भयो भन्नु मलाई आधा गर्भवतीले पनि बच्चा दिन लाग्यो भने जस्तै हो । त्यसैले यसले केही दिदैन । यो पुरै छलछाम हो ।

यस्तो अवस्थामा मधेशी पार्टीहरुले के गर्लान जस्तो तपाईलाई लाग्छ ?

- यस्तो छ, राजनितीक पार्टीहरु आवश्यकताको आधारमा जन्म लिन्छ र त्यसको आवश्यकता सिधिए पछि त्यो सिद्धिन्छ । र त्यसले नायो शक्तिहरुको जन्माउछन । ०४६ साल पछि काग्रेसको औचित्य कम हुदै गए पछि एमाले आयो । एमालेको पनि औचित्य कम हुदै गए पछि माओवादीहरु आयो । जसरी पहाडी पार्टीहरु नया पार्टीहरु अगाडी आउदै गए त्यसरी नै मधेशी पार्टीहरु मा पनि आउछन आउछन । सदभावना ले गर्न नसके पछि उपेन्द्र यादव आयो, उपेन्द्र यादवको पनि औचित्य कम भए पछि महन्थ ठाकुर को तमलोपा आयो । आज यीनीहरु केही गर्न सकिरहेको छैन भनेर म धेरै चिन्तित छैनौ । किनकी जव सम्म राजनितीक कार्यसुचि जिवीत रहन्छ तव सम्म त्यसलाई पुर्ती गर्न कोई न कोई आई हाल्छ ।  भोली सिके राउत आउन सक्छ , भोली गोईतजी आउन सक्छ, इत्यादी इत्यादी, वा अरु नै कोई नाया आउन सक्छ । यसलाई कसैले रोक्न सक्दैन ।

तपाईले सिके राउतको प्रसंगको निकालि हाल्नु भयो ? के काठमाडौमा अहिले संघियतालाई जसरी समाप्त पार्न लागेको भनेर भान हुन्छ, के त्यसो भए मधेशमा सिके राउतको पक्षमा आन्द्योलन उठछ त ?

- हेर्नुस, मलाई इमान्द्यारी पुर्वक भन्नु हुन्छ भन्ने, म सिके राउतको पक्षमा मधेशमा आन्द्योलन उठछ जस्तो देखि रहेका छैनौ । मधेशीहरु उनको पक्षमा खुलेर लाग्नै सक्दैन । किनकी हिडन पनि नसक्ने बच्चालाई दौडनु पर्छ भनरे आन्द्योलनमा आव्हान गरे जस्तै लाग्छ । उनको आफनो विचार छ । त्यसको एउटा लामो कालखण्डमा कुनै प्रभावै नपर्ला त म भन्न सक्दिन । तर यदी उनी एक स्टेप पछाडी भएर आयो भने उसको पक्षमा मधेशको जनमत जान पनि सक्छ । 

तपाईले अघि मधेशको राजनितीक कार्यसुचिको कुरा गर्नु भयो, आजको मितीमा मधेशको राजनितीक कार्यसुचिहरु के के हुन ?

- हेर्नुस, हामीले सवैले प्रजातन्त्र जनताका लागी जनता द्धारा भन्ने सिद्धान्त सुनेका त छौ । तर याहा त मधेशीहरु नेपालका जनता नै भएका छैन । त्यसैले नयां संीवद्यानले त पहिला मधेशीहरुलाई जनता बनाउने काम गर्नु पथ्र्यो । अनि त्यस पछि उनीहरुको राष्टियताको सवाल, संघियता, समानुपातिक समावेशी , राज्यको हरेक निकायमा मधेशीको समुचित प्रतिनिधित्व । यी सबै कुराको रोडम्याप कम से कम नयां संविद्यानले दिनु पथ्र्यौ । तर याहा मस्यौदामै गोलमटोल कुरा गरे पछि, त्यसको आधारमा बन्ने संविद्यान झनै गोलमटोल हुन्छ । त्यस पछि अझ वढी गोल मटोल हुन्छ । त्यसैले यसको कुनै तुक नै छैन ।

मधेशी पार्टीहरु कमजोर देखिएर केही गर्न सक्दैन कि भन्ने आशंका छ, त्यसो भए त मधेशीहरु फेरी के्ही नपाउने भयो ?

- हो, यसवाट केही पाउदैन । तर मधेशी पार्टीहरु कमजोर भएर केही गर्न सक्दैन भन्नेर निराश हुनु हुदैन । यती ठुलो पिडित समुदायले यती चाडै अधिकार पाउदैन । संघर्ष हुन्छ । त्यो अली लामो हुन्छ । तर हुन्छ , यसलाई कसैले रोकेर रोकिदैन ।

4 comments:

  1. काँग्रेस एमाले का बाहुनले आफ्ना नङ्ग्रा देखाइसके http://demrepubnepal.blogspot.com/2015/07/blog-post_72.html

    ReplyDelete
  2. सी के लाल जी संसार भरि प्रजातन्त्रको एउटा स्थापित सिदान्त छ / जस्तो बहुमत ले शासन गर्ने र प्रतिपक्ष विपक्ष मा बसेर सरकारको कार्यशैलीको समिक्षा गरि जनतालाई जानकारी गराउने / राज्यको संबिधान बनाउने पनि एउटा बिधि छ जस अनुसार सके सर्व सम्मत अनुसार संबिधान बनाउने न सके दुइ तिहाई मत पारित गरि संबिधान जारि गर्ने हो / सधै सबैले आफ्नो अनुकुल नभय सम्म कुनैपनि सर्बमान्य बिधि नमान्ने हो भने नेपालको संबिधान अर्को १०० वर्ष पछि पनि बनाउन र लागु गर्न सकिन्न /

    ReplyDelete
  3. https://www.facebook.com/groups/700747346634032/permalink/972115672830530/

    ReplyDelete