Friday, July 3, 2015

भारतीय राजदुतलाई मधेशी नेताको प्रश्न - ८ बुदे गर्न दबाब दिनु भयो, अहिले चाहि के गर्नु हुन्छ ?



भारतीय राजदुतलाई शुक्रवार सामुहिक रुपमा भेटन गएका मधेशी नेताहरुले विगतको कुरा कोटयाउदै भने, मधेश आन्द्योलन हुदा तपाईहरुले हामीलाई दबाब दिएर सहमती गराउनु भयो ? अनि अहिले चाही प्रमुख दलहरु संघियता विनाको संविद्यान ल्याइरहेका छन,  के गर्नु हुन्छ । मधेश आन्दोलको क्रममा तत्कालिन काग्रेस नेतृत्वको सरकार संग भारतीय दबाबमा मधेशी पार्टीहरुले ८ बुदे सहमती गरेका थिए । तर हालै नयां संविद्याँनको मस्यौदा अगाडी वढाएका प्रमुख दलहरुले संघियता सहितको मधेशमा अनेकन सवाललाई पुरै वेवास्ता गरेका छन । वर्तमान प्रक्रियालाई सुरु देखि नै नमान्ने चेतावनी दिदै आएका गच्छदार वाहेकका मधेशी पार्टीहरु अब हामीहरु संग आन्द्योलनको विकल्प समेत नरहेको बताएका थिए । मधेशी नेताहरुले विगतको भारतीय भुमिका वारे प्रश्न तेर्साए पछि भाररीय राजदुतले आफुहरु संघियता सहित कै र विगतमा भएको विभिन्न सम्झौताहरुकै आधारमा नयां संविद्यँन आओस भन्ने चाहना राखेको वताएका थिए ।



शुक्रवार विहानै तमलोपा पार्टी कार्यलयमा जम्मा भएर तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्षहरु हसदेश त्रिपाठी र वृषेश चन्द्र लाल, महामन्त्री सर्वेन्द्रनाथ सुक्ला, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र सहअध्यक्ष लक्ष्मण लाल कर्ण , काग्रेस नेता अमरेश सिंह, तराई मधेश राष्टिय अभियानका संयोजक जेपी गुप्ता, मातृका यादव, गोपाल ठाकुर नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, संघिय फोरमका रत्नेश्वर कायस्त पहिला छुटै बैठक गरेर भारतीय राजदुतलाई भेटन लैनचौर स्थित भारतीय राजदुतावास पुगेका थिए ।

पछिल्ला समयमा आन्द्योलन घोषणाका लागी आन्तरिक रुपमा तीव्र तयारी गरिरहेका यी मधेशी पार्टीहरु नयां संविद्यानको मस्यौदा माथीको  असन्त्ुष्टिवारेमा सवै कुराको व्याख्या गरेका थिए । मधेशी पार्टीको तर्फवाट सवै भन्द्या पहिला तमलोपा अध्यक्ष महन्थ ठाकुरले कुरा राखेका थिए । स्रोतका अनुसार ठाकुरले प्रष्ट शब्दमै दोस्रो मधेश आन्द्योलन भईरहेको वेला भारतीय पक्षको मध्यस्तामा आफुहरुले ८ बुदे सहमती गर्न वाध्य भएको प्रसंगलाई उल्लेख गरेका थिए । दोस्रो मधेश आन्द्योलनको क्रममा भएको ८ बुदे सहमतीको क्रममा भारत्ीय पक्षले सहमती गराउनकै लागी उपेन्द्र यादवलाई राती हेलीकप्टर पठाएर काठमाडौ ल्याएका थिए ।


त्यती वेला मुख्य गरी त्त्कालिन काग्रेस सभापति एवं प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला, आन्द्योलनरत मधेशी  पार्टीहरु विच भारतीय पक्षले  मध्यस्ता गरेर ८ बुदे सहमती गराएका थिए । ८ बुदे मधेश प्रदेशको वारे प्रष्ट रुपमा उल्लेख भए पनि काग्रेस एमालेले आन्द्योलन लगतै त्यो नमान्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका थिए ।  

आज भारतीय राजदुतलाई विगत सम्झाउन गएका मधेशी नेताहरुको अर्को एउटा उदेश्य पनि थियो चाडै उनीहरुले गर्न गईरहेको आन्द्योलनमा काग्रेस एमालेको ईसारामा फेरी उधारो सम्झौता गर्न उता वाट दबाब नओस ।

मधेश राजनितीका भित्रियाहरुका अनुसार मधेशी शक्तिहरु दुइृ चार दिन भित्रै संघर्ष समिती घोषण गर्ने अन्तिम तयारीमा जुटेका छन । वृहत रुपमा घोषणा गरिने संघर्ष समितीले त्यस लगत्तै आन्दोलनको घोषणा गर्ने तयारी छ ।

No comments:

Post a Comment