Thursday, July 2, 2015

मधेशमा आन्दोलनका गर्नका लागी वृहत संघर्ष समितीको घोषणा गर्ने तयारीमा मधेशी पार्टीहरु









संविद्यानसभामा प्रमुख चार दलले पेश गरेको प्रारम्भिक मस्यौदामा मधेशी पार्टीहरुलाई पुरै उपेक्षा गरे पछि उनीहरु आन्दोलनको तयारीमा जुटेका छन । संविद्यानसभामा पेश हुने वितिकै मस्यौदालाई च्यातेका मधेशी पार्टीहरुले १६ बुदे सहमतीको सुरु देखि नै विरोध गर्दै आईरहेका छन । पछिल्लो समयमा विना आन्द्योलन मधेशले केही नपाउने चौतर्फी आवाज मधेश वृतमा उठन थाले पछि असन्तुष्ट मधेशी पार्टीहरुले सशक्त आन्दोलनका लागी वर्तमान मधेशी मोर्चा भन्दा छुटै रुपमा संघर्ष समिती घोषणको तयारी  भईरहेको छ । जुन संघर्ष समितीमा मात्रिका यादव देखि जेपी गुप्ता सम्मलाई सहभागी गराउने तयारी वारेमा वृहत छलफलहरु भईरहेको छ । मधेशमा मात्रिका यादवको उच्च क्रान्त्किारी छवि छन भने जेपी गुप्तालाई मधेशको मुद्धालाई तार्किक ढंगले उठाउने नेताको रुपमा गनिन्छन ।

तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीका अनुसार आन्दोलनका लागी घोषणा गरिने यस्तो संघर्ष समिती केही दिन भित्रै घोषणाको तयारीमा मधेशी पार्टीहरु जुटेका छन । जसका लागी नागरिक अगुवा देखि विभिन्न पक्षहरु संग विभिन्न तहमा धनिभुत छलफलहरु चलिरहेको छ । त्रिपाठी भन्छन, संविद्यानसभा भित्र भएका साथीहरु त्याहा आफनो ढंगले आन्दोलित नै छन, वाहिर मधेशमा सशत आन्दोलनका लागी हामी तीव्र छलफलमा छौ । उपेन्द्र यादव काठमाडौ वाहिर भएकाले आज छलफल अघि वढन सकेन, त्रिपाठी भन्छन, सम्भवतह उहा भोली आउनुहुन्छ, भन्नु भाको छ, भोली वेलुकि सम्म हामी छलफल गरेर अगाडी वढने योजनामा छौ ।


हिजो वुधवार मात्रै जेपी गुप्ताले आफनो फेसबुकमा आफुले तमलोपा अध्यक्ष्ँ महन्थ ठाकुर र सदभावना पार्टीका अध्यक्ष्ँ राजेन्द्र महतो सहित विभिन्न नागरिक समाजसंग छलफल गरेको उल्लेख गरेका थिए ।
मधेश राजनितीका कतिपय भित्रियाहरुका अनुसार संघर्ष समिती घोषणका लागी  विभिन्न दस्तावेजीकरणको काम समेत तीव्र रुपमा अघि वढीरहेको छ । यो संघर्ष समितीले मुख्य गरी नयां संविद्यानमा संघीयता सहित मधेशी पार्टीहरुले प्रस्तुत फरक मतलाई ठोस रुपमा अगाडी वढाउदै आन्दोलनको घोषणा गर्ने छ ।
पछिल्लो विकसित घटनाक्रमहरु लाई लिएर सवै मधेशी पार्टीहरु भित्र अँन्तरिक र वाहिर रुपमा तीव्र स्तरमा छलफलहरु भईरहेको छ ।

1 comment:

  1. मधेसी र चुरिया http://demrepubnepal.blogspot.com/2015/07/blog-post_89.html

    ReplyDelete