Friday, July 31, 2015

मधेशी मोर्चाको बैठक भोली बस्दै



नयां संविद्यान निर्माणको जारी वर्तमान प्रक्रियाको विरुद्धमा रहेका चार मधेशी पार्टीहरुको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक भोली बस्दै छ । भोली विहान ८ बजे सदभावना पार्टीको कार्यलयमा बस्ने मोर्चाको बैठकले मोर्चाका हालै सम्पन्न कार्यक्रमहरु र सरकारी पक्षहरु वाट भएको विभिन्न अनौपचारिक छलफलहरुको वारेमा समिकक्षा हुने कार्यक्रम छ । साथै मोर्चाले लिने अगामी रणनितीको वारेमा समेत भोलीको बैठकमा छलफल हुनेछ ।

मोर्चाले गएको ४/ ५ गते मधेशमा संविद्यानको प्रारम्भिक मस्यौदाको व्यापक प्रतिकार गरे पछि प्रमुख दलहरुले सिमांकन सहितको संविद्यान ल्याउन पहल थालेका थिए । यद्यपी मोर्चा सम्बद्ध नेताहरुका अनुसार अहिले सम्म सरकारी पक्षहरु संग ठोस रुपमा कुनै वार्ताहरु सुरु नै भएका छैन । प्रधानमन्त्रीले वार्ताका लागी मोर्चाका चारै अध्यक्षहरुलाई निम्तो दिए पनि मोर्चाले वार्ताको औचित्य नभएको भन्दै वहिष्कार गरेका थिए । यद्यपी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई एक्लै भेटेका थिए । भोली मोर्चाको बस्ने बैठकमा ठाकुरले उक्त भेटको वारेमा समेत जानकारी गराउने कार्यक्रम छ ।

Thursday, July 30, 2015

महन्थ ठाकुर भन्छन - अन्तरिम संविद्यान र विगतको सम्झौता भन्दा एक इन्च तल झर्ने छैनौ ।

महन्थ ठाकुर

मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुले प्रधानमन्त्री र प्रमुख चार दलका शिर्ष नेतालाई वर्तमान मस्यौदाको आधारमा बन्ने संविद्यान स्विकार्य नहुने स्पष्ट पार्दै अन्तरिम संविद्यानमा टेकेर विगतको सम्झौतालाई सम्बोधन हुने गरी अघि वढन सुझाएको बताएका छन । दलानसंग आज कुरा गर्दै ठाकुरले हिजो आफुले प्रधानमन्त्री र चार दलका शिर्ष नेताहरु संग भएको भेटको वारेमा जानकारी दिदै भने, उहाहरुले वारम्वार फोन गरेर भेटन बोलाए पछि मैलै वालुवाटार गएर प्रधानमन्त्रीसंग भेट गरे । उहाहरुले खासगरी प्रधानमन्त्रीले तीन चार दिन देखि बोलाई राख्नु भएको थियो, मैलै हाम्रो मोर्चाका सवै साथीहरु आए पछि मात्रै जान्छू भनेर भनेका पनि थियौ, तर हिजो उहाहरुले नै अरु अध्यक्षहरु संग हामी पनि सम्पर्कमा छौ, उहाहरु काठमाठौ आई सक्नु भएको छैनै, त्यसैले तपाई एक्लै पनि आई दिनु पर्यो, कुराकानी गर्नु छ भनेर वोलाए पछि म वालुवाटार गएको हू, ठाकुरले भने ।
 
ठाकुरले हालै मधेशी जनताले मस्यौदाको प्रतिकारमा देखाएको भावनालाइ र विगतमा भएको मधेश आन्दोलनको क्रममा भएको सम्झौतासंग आफु कुनै पनि शर्तमा धोका नदिने समेत बताए । म हिजो प्रधानमन्त्री र चारै दलका शिर्ष नेताहरु प्रष्ट रुपमा भनेका छौ, यदी तपाईहरु वहुमतको आधारमा नयां संविद्यान जारी गरी हाल्छौ भन्ने सोच्नु भएको छ भने, त्यसको पछि अवस्था के हुन्छ, त्यसको वारेमा हामी केही भन्न सक्दैनौ ।

Wednesday, July 29, 2015

मधेशी मोर्चा भित्र आन्तरिक मनमुटाव । ठाकुर प्रति यादव र महतो सशंकित


१६ बुदे र मस्यौदाको संयुक्त विरोध गर्दै आएका मधेशी मोर्चामा आबद्ध चार मधेशी पार्टीहरु भित्र आन्तरिक मनमुटाव चुलिएको छ । मस्यौदाको मधेशमा व्यापक प्रतिकार भए पछि हौसिएका ती मधेशी पार्टीहरुले मधेशमा आयोजना गरेको संयुक्त आमसभा देखि नै खटपट सुरु भए पनि पछिल्लो समयमा वार्तामा बस्ने कि नबस्ने विषयमा मोर्चा दुई ध्रुवमा विभाजित भएका छन । मस्यौदाको ४ र ५ गते मधेशमा प्रतिकार भए पश्चात मधेशका चार ओटा सहरमा संयुक्त रुपमा चारै अध्यक्षहरुले सम्बोधन गर्ने गरी आमसभाहरु आयोजना गर्ने निर्णय भएको थियो र १२ गते विराटनगरवाटै नयां आन्दोलनको घोषणा गर्ने निर्णय मधेशी मोर्चाले गरेका थिए । तर भारत भ्रमणवाट फर्केका प्रचण्ड संगको वार्ता पश्चात तमलोपा अध्यक्ष ठाकुर आमसभाहरुमा सहभागी भएन । ठाकुर चार ओटा आमसभा मध्ये जनकपुरमा मात्रै सहभागी भएका थिए ।  ठाकुर विराटनगर नगए पछि मोर्चाका अन्य घटकहरु झस्किए । वरु ठाकुरले त्यही दिन अन्य अध्यक्षहरुलाई प्रधानमन्त्रीसंगको वार्ताको निम्तो वारेमा सुचना पठाए । स्रोतका अनुसार ठाकुरले पुर्ववत आन्तरिक सहमती अनुसार विराटनगर नगएकै कारण मोर्चाका प्रमुख दुई नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतोले ठाकुरले भन्दैमा आफुहरु वार्तामा नबस्ने सार्वजनिक घोषणा विराटनगर वाटै गरे ।

पछिल्लो समयमा सरकारी पक्ष संग तमलोपाका अध्यक्ष ठाकुर लागातार अनौपचारिक छलफलहरु गर्दै आएका छन । तर मोर्चाका अन्य घटकहरुले त्यसलाई गच्छदार शैली भन्दै असन्तुष्टि पोख्न थाले पछि मोर्चा भित्र ध्रुवीकरण देखिएको हो । एक शिर्ष नेताका अनुसार विराटनगरवाट आन्दोलनको कार्यक्रम घोषण गर्न असफल भएपछि राजेन्द्र महतो र उपेन्द्र यादवले विराटनगरमा त्यही राती झण्डै २ घण्टा छुटै छलफल गरेका थिए । महतो र यादवले अगामी दिनमा ठाकुरवाट पनि गच्छदार शैलीको धोका हुन सक्ने निष्कर्ष निकाल्दै तत्कालै सरकारी पक्ष संग वार्तामा नबस्ने घोषणा गरेका थिए ।

Tuesday, July 28, 2015

अर्को हप्ता भित्र मधेशी मोर्चा पनि सहमतीमा आउने छन - जीतेन्द्र देव

मस्यौदा माथीको सुझाव संकलनको क्रममा मधेशमा देखिएको असन्तुष्टिका कारण प्रमुख चारदलका नेता मस्यौदा परिमार्जन गर्न आफुहरु तयार रहेको बताउन थालेका छन । १६ बुदेमा हस्ताक्षर गरेर मधेशी मोर्चावाट वाहिरिएका फोरम लोकतान्त्रिकले पनि सिमांकन सहितको सघियता र विगतमा भएको सम्झौताहरुलाई सम्बोधन गर्ने गरी संविद्यान जारी हुनु पर्ने भन्न थालेका छन । चार दलको  प्राय जसो बैठकहरुमा सहभागी हुने तथा पर्दा पछाडीका राजनितीक गतिविधिमा अत्यद्यिक सक्रिय फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देव संग आज दिउसो दलानले कुराकानी गरेका थिए । पढनुस उनीसंग गरिएको कुराकानीको सम्पादित अंश - 

फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देव 


मस्यौदा माथी सुझाव संकलन पश्चात फेरी नयां राजनितीक खेलहरु सुरु भएको देखिन्छ ? खासमा अहिले के के लागी छलफलहरु चलीरहेको छ ?


- पहिलो कुरा १६ सम्झौता जुन प्रमुख हाम्रो शक्तिहरुको अपरिहार्य रुपमा गर्ने पर्ने थियो र भयो पनि । अनि त्यस पश्चात १६ बुदेको आधारमा टेकेर ल्याएको नयां संविद्यानको प्रारम्भिक मस्यौदामाथी विभिन्न समुदायका नागरिकहरुले आआफना ढंग प्रतिक्रिया जनाएका छन । हामी प्रमुख चार दलहरु त्यसलाई मध्य नजर गरेर अहिले छलफलहरु गरीरहेका छौ । र खासगरी मधेशी समुदायवाट प्रकट भएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने वारेमा गम्भिर गृहकार्यहरु चलीरहेको छ । म तपाईलाई यती मात्रै अहिले भन्छू कि हिजो मात्रै हामीले असन्तुष्ट मधेशी मोर्चासंग छलफल गर्नका लागी शिर्ष तहमा कुरा गरेका थियौ । शिर्ष तहमै उहाहरुसंग मधेशी मोर्चाको तर्फवाट मस्यौदामा पुर्नमार्जनका लागी लिखित सुझाव माग्ने कुरा पनि छ । आजै विहान मोर्चाका शिर्ष नेताहरुलाई वालुवाटारमा बैठकका लागी बोलाइएको थियो तर मोर्चाका अधिकांश नेताहरु काठमाडौ वाहिर रहेका कारण उहाहरु संग औपचारिक छलफल हुन सकेन । उहाहरुले भोली वेलुकी वा पर्सी बस्ने कुरा गर्नु भएको छ ।

तपाई स्वयंम आफै पनि मधेशी पार्टीकै नेता हुनुहुन्छ, खासगरी अहिले मधेशलाई कसरी सम्बोधन गर्ने आन्तरिक गृहकार्यहरु चलीरहेको छ ?


- पहिलो कुरा त संघियताकै हो । दोस्रो नागरिकताको वारेमा उठेको सवालहरु साथै प्रस्तावनामा छुटेको मधेश आन्द्योलन देखि शासकिय स्वरुप हुदै विभिन्न १२ ओटा वुद्धाहरु मधेशी जनताको भावना आनुसार समेटिनु पर्ने पक्षमा हामी छलफल गरिरहेका छौ । निर्वाचन क्षेत्रको पुर्नमुल्यांकन संगै राष्टीय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व सम्मका कुरामा पनि कुराहरु भईरहेको छ ।

तपाईहरु मधेशी मोर्चाले उठाएको यो सबै कुरा अहिले सम्बोधन गर्नका लागी छलफल गरीरहदा विगतमा किन १६ बुदे गर्नु भयो भनेर पश्चातप भईरहेको छैन ?


- होईन अहिले छलफल भईरहेको सबै कुरामा हामीले हिजो पनि चार दल विच अडान राखेकै हो तर उहांहरु पनि कुरा सुन्ने पक्षमा थिएन । अनि हामीले यही सम्झेर अघि वढेका थियौ कि जनताले आफनो प्रतिक्रिया जनाए पछि उहाहरु लाईनमा आउनु हुन्छ भनेर । र अहिले पनि तपाईको सबै कुरा सम्बोधन भइहाल्ला भन्ने मलाई लाग्दैन तर हिजो मात्रै पनि हामीले चारको शिर्ष बैठकमा प्रष्ट रुपमा भनेका छौ कि मधेशी प्रमुख सरोकार विषयहरु जस्तो, पहिचान, नागरिकता र प्रतिनिधित्वको मुद्धालाई नयां सविद्यानले सम्बोधन गर्नै पर्छ । मलाई लाग्छ यी तीन ओटा कुरा आए पछि विस्तारै हामी अरु सवै म्यानेज गर्न सक्छौ । पहिचान भन्नाले संघियता, नागरिकता र प्रतिधित्व भन्नाले समानुपातिक समावेशीको कुरालाई हामीले जोड दिएका छौ ।

Monday, July 27, 2015

भोली विहान ९ वजे प्रधानमन्त्री र मधेशी मोर्चाको बैठक बस्दै


नयां संविद्यानको वर्तमान प्रक्रियाको विपक्षमा रहेका मधेशी मोर्चा र प्रधानमन्त्री सुशिल कोईराला विच भोली विहान ९ बजे बैठक बस्दै छन । संविद्यानको मस्यौदालाई अस्विकार गर्ने बताएका मधेशी मोर्चा हाल आन्द्योलनमा छन । आज मात्रै मोर्चाको विरोधसभाहरुको कार्यक्रम विराटनगरमा सकिएको छ । मस्यौदाको मधेशमा व्यापक प्रतिकार भए पछि १६ बुदे सहमती गरेका प्रमुख चार दलहरुले त्यसमा फेरवदल गर्न सकिने बताएका थिए । गएको चार दिन देखि लागातार छलफल गर्दै आएका प्रमुख पार्टीहरुले मधेशी मोर्चालाई समेत मिलाएर अघि वढनका लागी सक्दो प्रयासहरु गर्न बताउन थालेका छन । पछिल्लो समयमा एमाओवादी अध्यक्ष प्रचण्डले मधेशी मोर्चामा आवद्ध अध्यक्षहरु आन्तरिक छलफल गरीरहेका छन । त्यही छलफलका कारण मोर्चाका चारै ओटै अध्यक्षहरु हालै मधेशका चार ओटा सहरमा आयोजना गरिएको सभाहरुमा संयुक्त रुपमा सहभागी हुन पाएन । स्रोतका अनुसार तमलोपाका अध्यक्ष महन्थ ठाकुर पछिल्लो समयमा काठमाडौमा यस्ता बैठकहरुमा लागातार सहभागी हुदै आएका छन ।

Sunday, July 26, 2015

भारतीय सासंदहरुले भने - नेपालमा चिनिया ईसारामा संविद्यानको मस्यौदा आयो । मोदीलाई मधेशको वारेमा ज्ञापन पत्र



नेपालमा सविद्यानसभाले हालै जनताको सुझाव संकलन गरेको मस्यौदालाई भारतीय सासंदहरुले चिनिया इसारामा ल्याएको गम्भिर आरोप लगाएका छन । आइतवार विहान भारतको विहार राज्यको व्यापारिक सहर मज्जफरपुरमा नेपाल र भारतको सम्बन्धमा संकट र त्यसको निदान विषयक अन्तक्रिया कार्यक्रममा भारतीय सांसदहरुले चिनियाहरुको ईसाराको नेपालका प्रमुख नेताहरुले यस्तो मस्यौदा ल्याएर नेपाल र भारत विचको सम्बन्धलाई समाप्त पार्न लागेको बताएको छ । भारतको राज्यसभामा मज्जफरपुरवाट प्रतिनिधित्व गर्ने सांसद डा अनिल सहनीले केही प्रमुख दलका नेताहरुले चिनिया प्रभावमा नागरिकता लगायतको मधेशीहरुको सवालमा यस्तो प्रावधान ल्याउन लगाएको आरोप लगाए ।

कार्यक्रममा नेपालको तर्फवाट उपेन्द्र यादव नेतृत्वको संघिय फोरमको उपाध्यक्ष लालबाबु राउत र पर्सा जिल्ला अध्यक्ष प्रदीय यादव सहभागी थिए । कार्यक्रमको आयोजना मिडिया फर बोर्डर हारमोनीले आयोजना गरेका थिए ।

Saturday, July 25, 2015

मधेशमा प्रहरी-प्रशासन अनियन्त्रीत देखिन्छ - मोहना अन्सारी

गएको ४/५ गते नयां संविद्यानको प्रारम्भिक मस्यौदा माथी सुझाव संकलनलाई लिएर मुख्यगरी मधेशका जिल्लाहरु प्रतिकारको अवस्थामा सिर्जना भयो । मधेशका मुख्य सहरहरुमा झडप देखि भिडन्त सम्मको अवस्था सिर्जना भयो । केन्द्रको रुपमा देखिए जनकपुर । र अन्य सहरहरु, गौर, विरगंज, लहान, राजविराज, भैरहवा लगायतका ठाउहरुमा पनि व्यापक प्रतिरोधका कार्यक्रमहरु भयो । शुक्रवार अवेर राती मात्रै जनकपुर र रौतहटको स्थगतगत अध्यन गरेर काठमाडौ फर्केकी राष्टिय मानव अधिकार आयोग की प्रवक्ता मोहना अन्सारीसंग शनिवार दिउसो दलानले कुराकानी गरेका थिए । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश -


मोहना अन्सारी - राष्टिय मानव अधिकार आयोग - प्रवक्ता


तपाई हिजो मात्रै जनकपुर र गौरको स्थगलगत अध्यन गरेर फर्कनु भाको छ । कस्तो छ त्याहाको अवस्था ?


- खासगरी सविद्याँनको मस्यौदा माथीको राय सुझावको संकलन माथी राष्टिय मानव अधिकार आयोगले देश व्यापी नै अनुगमन गरीरहेको थियो र विशेष गरी जाहा जाहा अली वढी समस्या देखियो त्याहा हामी थप अनुगमन गर्यौ । हाल म जनकपुर र गौर पुगेर आएको छू । हामी चाडी पर्सा देखि सप्तरी सम्म, जाहा जाहा वढी विरोध र समस्या सिर्जना भएको छ, त्याहा पनि पुग्छौ । जनकपुर र गौर पुग्दा जाहा सम्म तपाईले म के पाए भनेर सोध्नु भयो । म चाही एकदमै निराशजनक अवस्था भेटाए । खासगरी संविद्यानले आफुलाई चित नबुझेको कुरामा शान्तिपुर्ण विरोध गर्ने अधिकार सबैलाई दिएको छ । तर जनकपुरमा मात्रै म २ सय भन्दा वढी यस्ता मानिस भेटे जो प्रहरीको लाठी खाएका थिए । केहीले १ लठी मात्रै खाएको पनि पाए भने को कोहीले १२/१२ ओटा टाका लगाएको पनि पाए । यो चाही साच्चिकै नराम्रो अवस्था हो ।


पछिल्लो ४/५ गतेको घटनामा प्रहरीको भुमिकालाई लिए विभिन्न टिकाटिप्पणीहरु भईरहेको देखिन्छ । के प्रहरीहरु कानुनी दायरा भन्दा वाहिर गएरै भुमिका निर्वाह गरेका हुन त ?


- एकहद सम्म प्रहरी प्रशासनहरु अनियन्त्रीत चाही भएकै देखिन्छ । खासगरी भिडलाई नियन्त्रण नै गर्नु परेको खण्डमा पनि प्रहरीले घुडा भन्दा तल मात्रै हानेर भिड नियन्त्रण गर्नु पर्ने हुन्छ । तर जनकपुरमा अधिकांशलाई टाउकोमा हानिएको अवस्था छ । यसरी सिधा ताकेर टाउकोमा हानेको अवस्थ देखिन्छ । यसले प्रहर िप्रशासनहरु अनियन्त्रीत चाही भएकै देखियो । हामीले केही प्रहरी चौकीहरु माथी ढुगा मुढा पनि भएको पायौ । तर दुख लाग्दो कुरा त के छ भने, प्रहरीले आम मानिसहरुको घर घरमा पसेर कुटपिट गरेको देखिन्छ । पसलहरुको सटर जर्वदस्ती तोडफोड गरेको पाइयो । यो त राम्रो भएन नि ।

अर्को कुरा आन्द्योलनमा बच्चाहरु प्रयोग भएको पनि देखियो । अर्को दुखद पक्ष हो । १८ बर्ष भन्द्या मुनिका बालबालिकालाई यसरी विरोधका कार्यक्रमहरु प्रयोग गर्न पाईदैन । हामीले आन्द्योलनरत पक्ष संग यसवारेमा कुरा गर्दा उहाहरुले स्वर्फत रुपमा आएको भन्नु भयो । अभिभावकहरु संग कुरा गर्दा बच्चाहरुको विद्यँलयमा छुटी भएका कारण नारा जुलुस हेर्न गएको भनियो । केही बच्चाहरु संग कुरा गर्दा बाबा संग गएको भने ।

Friday, July 24, 2015

मस्यौदा माथी सुझाव संकलनको क्रममा गच्छदारले के के गरे ?



















हालै संविद्यानसभाले प्रारम्भिक मस्यौदा माथी सुझाव संकलन गर्ने कार्यक्रम गर्दा मधेशै भरी त्यसको प्रतिकार भयो । एमाले, काग्रेस र एमाओवादी शिर्ष नेताहरु लाई मधेशमा प्रतिकार गरियो तर १६ बुदेमा हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले के गरे ? कसैले भेउ समेत पाएन । मधेशी पार्टीहरु भित्र गच्छदार माथी थप रिसविई भएको देखिन्छ तर उनी कसरी विना प्रतिकार सुझाव संकलन गर्न भ्याए ? वा गरेनन ? वरु गच्छदार अचानक वुधवार विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गरेर प्रकट भए र मधेशी पार्टीहरु तर्फ इगिंत गर्दै टिप्पणी गरे, यस्तो सानो तिनो विरोधले केही हुने वाला छैन, संविद्यान चाडै जारी हुन्छ । मधेशका जिल्लाहरुमा त्यत्रो विरोधका स्वर सुनिदा के गच्छदारलाई त्यसले असर गरेनन त ?

Thursday, July 23, 2015

प्रचण्डद्धारा मधेशी नेताहरु ठाकुर र महतोसंग भेट


भर्खरै भारत भ्रमणवाट फर्केका एमाओवादी अध्यक्ष प्रचण्डले आज आन्द्योलनरत मधेशी मोर्चाका प्रमुख दुई घटकका अध्यक्षहरु महन्थ ठाकुर र राजेन्द्र महतोसंग छुटा छुटै भेटघाट गरेका छन । प्रचण्डले हिजो मात्रै प्रधानमन्त्री सुशिल कोईराला संग भेटेर संघियता सहितको संविद्यान र नागरिकताको सन्दर्भमा गरिएको प्रावधानलाई सुधार गर्न माग गरेका थिए । मस्यौदा माथीको छलफलको लागी सिरहा पुग्दा प्रचण्ड माथी ढुगामुढा भए पछि उनी प्रहरीको सुरक्षा घेरावाट काठमाडौ फर्किएका थिए ।

प्रमुख दलहरु विच भएको १६ बुदेको सुरु देखि नै विरोध गर्दै आएका मोर्चामा आबद्ध ४ मधेशी पार्टीहरुले मस्यौदा माथीको संकलनलाई मधेशमा पुर्णरुपेण वहिष्कार गरेपछि मधेशका जिल्लाहरुमा अहिले पनि तनावको वातावरण कायमै छ । आज सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई छुटा छुटै भेट गरेर प्रचण्डले आफुहरु मधेशी पार्टीहरुको माग सम्बोधन गर्न तयार रहेको भन्दै आन्द्योलनमा नहोमिन आग्रह गरेका थिए ।

Wednesday, July 22, 2015

किन लेखिन्छ 'मधेश सरकार’ ?

जनकपुरमा हालै लेखिएको मधेश सरकारको एक दृश्य । फोटो - धनश्याम मिश्रा

जती जती वेला मधेशमा आन्दोलन चर्किन्छ, त्यती त्यती वेला मधेशका सहर बजारका पर्खाल देखि सरकारी कार्यलय सम्मको बोर्डमा मधेशीहरु मधेश सरकार भनेर लेख्छन । पहिलो मधेश आन्द्योलन होस वा दोस्रो मधेश आन्दोलन होस, मधेशका पुर्वी गाउ शहर देखि पश्चिमका दुर-दराज सम्म पोतिए मधेश सरकार भनेर । संविद्याँनको प्रारम्भिक मस्यौदाको विरुद्धमा मधेशीहरु सडकमा गएको पछिल्लो दुई दिन उर्लिदा फेरी कतिपय ठाउहरुमा मधेश सरकार भनेर लेखिएका छन । आखिर किन आन्द्योलनको वेला मधेशीहरु मधेश सरकार भनेर लेख्छन । यस पछाडीको मनोविज्ञान के हो  ?  जानकारहरु भन्छन, यसले मधेशी समुदायको पिडा र राजनितीक आकांक्षालाई इकिंत गर्छ ।

वरिष्ठ राजनितीक विश्लेषक सिके लाल भन्छन, आन्द्योलनमा उत्रिएको वेला मधेशीहरु द्धारा लेखिने मधेश सरकारले मधेशीहरुको पिडाको उजागर गर्छ । राज्यवाट अत्यन्तै पिडामा रहेको समुदायको कुनै व्यवस्थतीत राजनितीक कार्यसुची हुदैन, लाल भन्छन, यस्तो वेलामा मानिसहरु सडकमा आउदा आफना पिडाहरु पोख्ने गर्छन ।

Tuesday, July 21, 2015

मोर्चाका शिर्ष नेताहरु आम सभा गर्न भोली मधेश जादै । १२ गते विराटनगरवाटै विशेष आन्दोलनको घोषणा गरिने

जनकपुर बन्द थप १ दिन लम्बियो 

 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु भोली देखि मधेश दौडाहामा जादै छन । मोर्चाको आज बसेको बैठकले मोर्चाको चारै अध्यक्षहरुले सम्बोधन गरिने गरि विरगंज, भैरहवा, जनकपुर र विराटनगरमा आम सभा आयोजना गर्ने निर्णय गरेको थियो । पुर्व घोषीत आमसभाको कार्यक्रममा मितीको केही हेरफेर गर्दै अध्यक्षहरु भोली मधेश जान लागेका छन । ७ गते विरगंज, ८ गते भैरहवा, १० गते जनकपुर र ११ गते विराटनगरमा मोर्चाले आयोजना गर्ने आमसभामा मोर्चाका चार ओटै अध्यक्षहरुले सामुहिक रुपमा सम्बोधन गर्ने छन । ११ गते विराटनगरमा आमसभा भए लगतै १२ गते विराटनगर वाटै थप आन्दोलनको कार्यक्रम घोषणा मोर्चाको तर्फवाट चार ओटै अध्यक्षहरुले गर्ने छन । 

कपिलवस्तू देखि मोरड सम्मका मधेशी क्षेत्रमा मस्यौदाको पुर्ण वहिष्कार । मधेशमा व्यापक प्रहरी दमन


नयां संविद्यानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै आएका मधेशी पार्टीहरुको अवरोधका कारण मधेशका कपिलवस्तू देखि मोरड सम्मका क्षेत्रमा पुर्ण प्रभावित भएका छन । हिजो र आज गरी संविद्यानसभाले व्यास्था गरेको सार्वजनिक सुनवाईका कार्यक्रमहरु यी जिल्लाहरुको मधेशी वाहुल्य सबै क्षेत्रमा प्रभावित भएका छन । अधिकांश जिल्लामा मधेशी पार्टीहरुको अवरोधका कारण यी क्षेत्रमा कार्यक्रम सुरु नै हुन सकेन । यद्यपी यी जिल्लाहरुको राजमार्ग क्षेत्रमा रहेको पहाडी बस्ती भएको क्षेत्रमा उच्च सुरक्षा उपस्थितीमा कार्यक्रमहरु भएका छन ।

कपिलवस्तूमा रहेका फोरम नेपालका सभासद अभिषेक प्रसाद शाहका अनुसार हिजो मधेशी पार्टीहरुको अवरोधका कारण स्थतीग गरिएको अन्तक्रिया आज पनि बहादुरगंजमा गर्न खोज्दा भिडन्तको वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीले कार्यक्रम स्थगीत गरेर राजमार्ग एरीयामा रहेको पहाडी बस्तीमा गएर औपचारिकताा मात्र सिमित हुने गरी कार्यक्रम गरेका थिए । यसैगरी, रुपन्देही, नवलपरासी जिल्लामा पनि मधेशीहरु बस्ने एउटा क्षेत्रमा पनि कार्यक्रमहरु हुन सकेका छैन । राजमार्ग क्षेत्रमा मात्रै कार्यक्रमहरु आयोजना गरिए पनि त्याहा समेत नागरिकहरु उपस्थित भएका थिएन ।

Monday, July 20, 2015

मस्यौदा माथीको अन्तक्रिया मधेशीहरु द्धारा वहिष्कार । ठाउ -ठाउमा झडप र भिडन्त । मधेशी मोर्चा द्धारा मंगलवार मधेश बन्दको घोषणा ।

जनकपुरमा आज भएको प्रर्दशन

प्रमुख चार दल विच भएको १६ बुदे सहमतीको आधारमा ल्याएको नयां संविद्यानको प्रारम्भिक मस्यौदा माथीको अन्तक्रिया कार्यक्रमलाई मधेशका जिल्लाहरुमा बहिष्कार सहित विथोलिएका छन । वर्तमान प्रक्रियाको सुरु देखि विरोध गर्दै आएका प्रमुख मधेशी पार्टीहरुले घोषीत रुपमै वहिष्कार गर्ने निर्णय गरेका थिए । यद्यपी सतारुढ दलहरुले व्यापक सुरक्षा परिचाmन गराएर आफना कार्यकर्ताहरुलाई भेला गराएर मस्यौदा माथीको अन्तक्रिया गराउने योजना बनाएका थिए । तर पुर्व घोषीत कार्यक्रमहरु अनुसार सोमवार विहानै देखि मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरुले मधेशका जिल्लाहरुमा व्इापक प्रर्दशनहरु सुरु गरेका थिए । मधेशी मोर्चाको यो अभियानमा अन्य मधेशी पार्टीहरु सहित विभिन्न युवाहरुको समुहगत जमातले संग्लनता देखिए पछि जनकपुर, गौर, विरगंज, भैरहवा, लहान, राजविराज लगायतका ठाउहरुमा विहानै देखि झडप तथा भिडन्तहरु भएको थियो । आजको प्रर्दशनको क्रममा गौरमा एमाले नेता माधव नेपाल माथी मधेशीहरुले कुर्सी प्रहार गरेका थिए भने सिरहामा प्रचण्ड माथी ढुंगामुढा गरिएको थियो ।

Saturday, July 18, 2015

......अन्यथा मधेशवाट काग्रेस, एमालेका नेताहरुको भागाभाग हुन्छ - प्रदीप यादव

१५ मिनेट स्वतन्त्र रुपमा मधेशी नागरिक संग मस्यौदा माथी अन्तक्रिया होस, अनि थाहा हुन्छ कि मधेशीहरु के चाहन्छन ।  

मधेशी पार्टीहरुको विरोध कार्यक्रमहरुको विरगंजमा अगुवाई गरीरहेका युवा मधेशी नेता प्रदीप यादव हाल संघिय समाजवादी फोरम नेपालसंग् आवद्ध छन । फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष समेत रहेका प्रदीप यादव यस क्षेत्रमा प्रभावशाली युवा नेताको रुप्मा परिचित छन । हालै विरगंजमा उनीसंग गरीएको कुराकानीको सम्पादित अंश 
 
प्रदीप यादव, युवा नेता - विरगंज

तपाईहरुले नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई च्यातनु भयो अनि अहिले पनि वहिष्कार गर्दै आन्द्योलनमा हुनु हुन्छ । किन यस्तो गनुृ भयो ?

- सवै भन्दा पहिला त हामीले सुरु मै १६ को आधारमा संविद्यँन निर्माणको प्रक्रिया अघि वढाए त्यसको विरोधमा हुन्छौ भनेका थियौ । तर प्रमुख दलहरुले त्यसलाई पुरै वेवास्ता गरेर मधेश आन्द्योलनको मर्मलाई पुरै वेवास्ता गर्दै मस्यौदा ल्याइ छाडे । जसले विगतमा मधेश आन्द्योलनको क्रममा भएको २२ बुदे देखि ८ बुदे सम्झौता सम्मलाई पुरै निषेध गर्ने काम गरेको छ । त्यसैले हामी सवै मधेशी पार्टीहरु यसको प्रतिकारमा अहिले उत्रेका छौ । हामीले यसलाई स्विकार गरेका छैनौ र यसलाई कार्यन्वयन पनि हुन दिदैन ।

तर मधेशी नागरिकहरुले त भोट काग्रेस, एमालेलाई नै दिएका हुन नि ? अनि उनीहरु आफुले चाहेको जस्तो बनाउछन त ? त्यसमा किन यत्रो आपति ?

-हो । मधेशीहरुले काग्रेस, एमालेलाई नै भोट दिएको कुरा हामीले पनि स्विकार गरेकै छौ । तर मधेशीहरुले विगतको मधेश आन्द्योलनको क्रममा भएको सम्झौताहरुलाई पुरै माइनस गरेर संविद्यँन जारी गर काहा भनेका छन । तपाई म संग हिडनुस, काग्रेस एमाललाई नै भोट दिएका मधेशीहरुले के भन्छन भने, प्रमुख पार्टीहरुले मधेशका साथ बईमानी गरीरहेका छन । हामीहरु संग आन्द्योलनको विकल्प छैन । हामी त्यही मधेशी जनताको मनोभावना अनुरुप नै आन्द्योलनमा होमिएका छौ ।

आन्दोलन गरेर अब के हुन्छ जस्तो लाग्छ तपाईहरु लाई ? किनकी काग्रेस एमालेले त जसरी भए पनि संविद्यान जारी गरिछाडछौ भनिराखेका छन नि ?

- हेर्नुस । विगतवाट हामीले पाठ सिक्दै अव उधारो सहमती र सम्झौताका लागी आन्द्योलन हुदैन हाम्रो । अब हामी आन्दोलन वाटै मधेश प्रदेश घोषणा गराएरै छाडछौ । अव जाल झेल चल्ने वाला छैन । मधेशले त्यसलाई कुनै पनि वाहानामा स्विकार गर्दैन ।

Thursday, July 16, 2015

मधेशमा काग्र्रेस एमालेकै मधेशी नेताहरु आन्द्योलनमा व्यापक सहभागीता जनाउछन - भोगेन्द्र झा

पहिलो संविद्याँनसभाको अन्तय तिर गठन गरिएको राज्य पुर्नर्संरचना समितीका सदस्य समेत रहेका जनकपुरका प्राध्यापक भोगेन्द्र झा यस क्षेत्रका चर्चीत अर्थशास्त्री पनि हुन । तत्कालिन अवस्थमा एमाले पार्टीको सिफारिसवाट राज्य पुर्नर्संरचना समितीमा पुगेका उनले पार्टीको लाईनलाई समेत वेवास्ता गरे पछि उक्त समिती दुई ध्रवमा विभाजीत भएका थिए । हालै जनकपुरमा गरिएको उनीसंगको कुराकानीको सम्पादित अंश 

प्राध्यापक भोगेन्द्र झा






संविद्याँनसभाले अघि वढाएको  प्रारम्भिक मस्यौदालाई लिएर विभिन्न टिकाटिप्पणी भईरहदा तपाई जनकपुरमा बसीरहदा यस क्षेत्रमा कस्तो प्रतिक्रिया पाउनु भयो ?


- म अहिल्यै सम्म यो मस्यौदाको वारेमा कहि कतै वाट साकारात्मक प्रतिक्रिया यस क्षेत्रमा सुनेका छैनौ । सवै ठाउमा यसको विरोध मै स्वरहरु सुनेका छौ । यती सम्मकी हस्ताक्षरकर्ता सतारुढ दलहरु भित्रै वाट पनि यस क्षेत्रमा व्यापक विरोधका स्वरहरु देखिएका छन । काग्रेस र एमाओवादीका नेताहरु त खुलेरै विरोध गर्छन । एमालेका स्थानिय नेताहरु सार्वजनिक रुपमा टिकाटिप्पणीहरु गर्दैन तर अनौपचारिक रुपमा मधेशी पार्टीहरु लाई आन्द्योलनमा सघाउन वाचा चाही मैलै नै कति ठाउमा देखेका छौ ।

खासगरी यो मस्यौदाको  मधेशमा यती विरोध हुनुको कारण के हो जस्तो तपाईलाई लाग्छ ?

- हेर्नुस मधेशीहरुले दोस्रो संविद्याँनसभामा काग्रेस एमालेलाई नै वढी भोट दिएकै हो तर मधेशीहरुले काग्रेस एमालेलाई संघियता र समानुपातिक प्रतिनिधित्वको सवाललाई समाप्त पार्नका लागी भोट दिएका थिएन । मधेशीहरु केही हद सम्म मधेशी पार्टीका नेताहरु माथी रिसाएर र केही हद सम्म के थियो भन्ने एमाओवादीले गर्न सक्दैन वरु काग्रेसले नै मधेशको संघियता र समावेशीताको सवाललाई नया संविद्यान मार्फत सम्बोधन गराउला भनेर भोट दिएका थिए । तर १६ बुदे वाट काग्रेस, एमाले र एमाओवादीले जुन कदम अगाडी वढाएको छ त्यसवाट मधेशीहरु सन्तुष्टि चाही देखिएको छैन । यो काग्रेस, एमाले र एमाओवादी कै लागी पनि शुभ संकेत होईन ।

Thursday, July 9, 2015

मस्यौदा माथीको अन्तक्रिया विथोलिने गरी मधेशी मोर्चाको कार्यक्रम सार्वजनिक


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नयां संविद्यानसभाको प्रारम्भिक मस्यौदा र जनता विचमा हुने भनिएको अन्तरक्रियालाई लक्षित गरेर विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन । गएको चार दिन देखि लागातार बसीरहेको मधेशी मोर्चाको आज सम्पन्न भएको बैठकले काठमाडौमा विरोध जुलुस सहित मधेशका जिल्लाहरुमा मस्यौदा र नागरिक विच हुने सार्वजनिक सुनवाई लाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु घोषणा गरिएको छ । मोर्चामा आवद्ध चार दलका शिर्ष नेताहरुको हस्ताक्षरमा आज वैठक पछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, मोर्चाले आउदो २ र ३ गते हरेक निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन तथा ५,६, ७ र ८ गते विराटनगर, जनकपुर, विरगंज र भैरहवामा विरोधसभा आयोजना गरिने छ । २ र ३ गते संविद्यानसभाले हरेक निर्वाचन क्षेत्रमा मस्यौदा माथी सार्वजनिक सुनवाईको कार्यक्रम राखेका छन । साथै मोर्चाले आयोजना गर्ने विरोध सभाहरुमा मोर्चामा आबद्ध चारै दलका शिर्ष नेताहरु सहभागी हुनेछ ।

Wednesday, July 8, 2015

आधा गर्भवतीले पनि बच्चा जन्माउन सक्छ र ? यो मस्यौदाको कुनै तुक नै छैन - सि के लाल

वरिष्ठ राजनितीक विश्लेषक सिके लाल संग वुधवार दिउसो दलानले गरेको कुराकानीको सम्पादिन अंश  


वरिष्ठ राजनितीक विश्लेषक सिके लाल

नयां संविद्याँनको प्रारम्भिक मस्यौदा पढदा कस्तो अनुभुती गर्नु भयो?


- पहिलो अनुभुती त मलाई के भयो भने, यती राम्रो अवसर हुदा हुदै पनि केही भएन, त्यसैले अवसादको । दोस्रो अनुभुती चाही के भयो भने कि द्धन्द फेरि रहि रहने भयो, त्यसैले भय भयो । तेस्रो अनुभुती के भयो भने कि हामी कहिले पनि नसुध्रिने भयौ । एउटा साधारण सवैले मान्ने संविद्याँन हामी बनाउन सकेनौ । फेरी यसलाई च्यातेर फाल्नु पर्छ र अर्को संविद्यान बनाउनु पर्छ जस्तो लाग्यो । २००४ सालको संविद्यानलाई च्यातेर फाले मोहन शमशेर, त्यस पछि काग्रेसको अन्तिरम संविद्यानलाई च्यातेर फाले टंक प्रसाद आचार्य । त्यस पछिको संविद्याँनलाई फेरी काग्रेसले च्याते, २०१५ को लाई राजा महेन्द्रले, राजा महेन्द्रको संविद्याँनलाई उनकै छारा विरेन्द्रले फाले । उनको संविद्याँनको सटा ०४७ आयो जसलाई च्याते माओवादीहरु, त्यस पछि आयो अन्तरिम संविद्याँन त्यसलाई पनि च्यातीयो र आज अन्तरिम संविद्यानको सटामा आउन लागेको लाई सवैले त्यातेर फालीरहेको छ । यसले वडो नरमाईलो लागीरहेको छ कि हामी यही समस्यामा सधै अल्झीरहने भयौ । किनकी अहिले ल्याइएको मस्यौलामा सुधार गर्ने ठाउ भए आशा पनि हुन्थ्यो । तर यो यसरी ल्याइएको छ, त्यसमा केही सुधार गर्ने ठाउ नै छैन ।

Tuesday, July 7, 2015

नागरिकतामा अंगीकृत प्रावधान - वैवाहिक स्वतन्त्रता माथी अंकुश लगाउने चलखेल !

मधेशी संग मेरो प्रार्थना - अब भारतीय छोरी संग विवाह नगर्नुस !
 

श्वेता दीप्ति 
संविद्यानसभाले प्रारम्भिक मस्यौदालाई आज पास गरेर जनतामा माझ लादै छन । म याहा अरु प्रसंग वारेमा कुरा चर्चा गर्दिन । तर नयां संविद्यानको प्रारम्भिक मस्यौदाले नागरिकताको सवालमा अघि सारेको अगंीकृत प्रावधानले सवै भन्दा वढी मारमा मधेशका बुहारीहरु पर्ने छन । काठमाडौमा यसलाई जती सजिलो संग लिइरहेको देखिन्छ, यो त्यतीकै जटील सवालका मधेशका लागी छन । पुरुष प्रधानताको को पनि चरम सिमा पारेर ल्याएको यो प्रावधानले नेपालमा अब बुहारीहरु स्वतन्त्र छैन भन्ने कुराको पुष्टि गर्छ । अब कुनै समानताको कुरा नगरे पनि हुन्छ, कि हामी महिलाले अब सन्तानलाई जन्म त दिन सक्छौ तर त्यसलाई पनि याहा कुनै अधिकार हुदैन । ती सन्तानहरुलाई पनि यो जन्मभुमि नै बन्न सक्दैन । सधै विदेशमा बसे जस्तो कर्मभुमि  मात्रै हुन्छ । किनकी नयां प्रावधानले नत त्यो याहा राजनिती गर्न पाउछ नत उ याहाका लागी कुनै उच्च नियुक्तीमा कानुनी रुपमा सक्षम हुन्छ । यो यती मार्मिक सवाल छ कि अब अंगीकृत महिलाका लागी याहा कुनै अस्तीत्व नै छैन ।
 
महिलाको वास्तविका घर कुन हुन्छ ? आमा बुबा वा भाई अर्थात माइती कि श्रीमानको घर ससुराली ? समान्य रुपमा सबै बुझछन, श्रीमान अर्थात ससुराली नै महिलाको वास्तविक घर हो । तर अब नागरिकताको प्रावधानले महिलाहरुलाई देशविहिन बनाउने निश्चित छ । म याहाका राज्यका धर्ताकर्ताहरु संग आग्रह गर्छु कि नयां कानुन मै सिमापारी विवाह गर्न पाईदैन भन्ने कुरा सिधै उल्लेख गरे हुन्छ नि । यसको चपेटामा सवै भन्दा वढी सिमापारीका भारतीय महिलाहरु पर्छन । किनकी मधेश संग सिमा पारिको सम्बन्धमा त्यसको उच्च समाजिक महत्व छ । मधेशको हरेक घरको रिश्ता सिमा पारि छ । अब मधेशीहरु संग मेरो विन्रम प्राथना छ कि भारतीय छोरी संग विवाह नगर्नुस । किनकी तपाईको कानुनले उलाई मात्रै होईन कि उनले जन्माउने सन्तानलाई समेत तपाईको राज्यले स्विकार गर्न तयार छैन । 

Monday, July 6, 2015

मधेशी मोर्चा संयुक्त आन्द्योलनको कार्यक्रम बनाउदै । तत्कालै बृहत मोर्चा नबनाउने

आज बसेको मधेशी मोर्चाको बैठकमा सहभागी शिर्ष नेताहरु । फोटो -मनिष सुमनको फेसबुक

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध चार प्रमुख मधेशी पार्टीहरुको बैठकले भोली सम्ममा संयुक्त आन्दोलनको कार्यक्रमलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।  तमलोपाको संसदीय दलको कार्यलयमा आज बसेको मोर्चाको बैठकले संयुक्त आन्दोलनका लागी तमलोपा उपाध्यक्ष हृदेश त्रिपाठीको संयोजकत्वमा एउटा कार्यदल समेत बनाएको छ । कार्यदलमा त्रिपाठी सहित फोरम नेपालका रेणू यादव, सदभावनाका मनिष सुमन र तराई मधेश सदभावनाका राम नरेश राय छन । चार सदस्ययी कार्यदले भोली दिउसो फेरी बस्ने मोर्चाको बैठकमा संयुक्त आन्दोलनका कार्यक्रमहरु पेश गर्ने छन । मधेशी मोर्चाको बैठक भोली दिउसो चार बजे फेरी तमलोपाको संसदीय दलमा बस्ने छ ।

सवै सभासदहरुलाई अनिवार्य काठमाडौ उपस्थित हुन निर्देशन

Sunday, July 5, 2015

भोली मधेशी मोर्चाको बैठक बस्दै । अगामी रणनिती तय गर्ने अन्तिम तयारीमा मधेशी पार्टीहरु



संविद्यानसभामा पेश गरिएको नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई नमान्ने उदघोष गरेका मधेशी पार्टीहरुले अगामी रणनिती तय गर्न भोली मधेशी मोर्चाको बैठक डाकेका छन । आज मात्रै यी मधेशी पार्टीहरुले संविद्याँनसभाको बैठकलाई वहिष्कार गरेका थिए । पछिल्ला केही दिन यता संघिय फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौ वाहिर भएकाले मोर्चाको बैठक बस्न सकेको थिएन । यद्यपी अन्य मधेशी पार्टीहरुले यस विचमा पनि व्यापक गृहकार्य गरिरहेको देखिन्थ्यो । गएको शुक्रवार मात्रै मधेशी पार्टीहरुले विगतको मधेश आन्दोलनको क्रममा भएको सम्झौतामा मध्यसता गरेका भारतीय पक्षलाई त्यसवारेमा जानकारी गराएका थिए । भोली १० बजे तमलोपा पार्टी कार्यलयमा डाकिएको मधेशी मोर्चाको बैठकले आन्दोलनका लागी वृहत रुपमा बनाइने संघर्ष समिती वारेमा समेत ठोस निर्णय गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन । पछिल्लो समयमा मातृका यादव, जेपी गुप्ता लगायतका सवै आन्दोलनको् पक्षपाती समुहलाई मिलाएर आन्दोलन संघर्ष समिती बनाउने तयारीमा रहेका मधेशी पार्टीहरुले आन्तरिक गृहकार्य थालेका थिए । त्यही छलफलहरुको आधारमा गएको शुक्रवार सवै पक्ष सामुहिक रुपमा भारतीय राजदुतलाई भेटन गएका थिए । 

Friday, July 3, 2015

भारतीय राजदुतलाई मधेशी नेताको प्रश्न - ८ बुदे गर्न दबाब दिनु भयो, अहिले चाहि के गर्नु हुन्छ ?



भारतीय राजदुतलाई शुक्रवार सामुहिक रुपमा भेटन गएका मधेशी नेताहरुले विगतको कुरा कोटयाउदै भने, मधेश आन्द्योलन हुदा तपाईहरुले हामीलाई दबाब दिएर सहमती गराउनु भयो ? अनि अहिले चाही प्रमुख दलहरु संघियता विनाको संविद्यान ल्याइरहेका छन,  के गर्नु हुन्छ । मधेश आन्दोलको क्रममा तत्कालिन काग्रेस नेतृत्वको सरकार संग भारतीय दबाबमा मधेशी पार्टीहरुले ८ बुदे सहमती गरेका थिए । तर हालै नयां संविद्याँनको मस्यौदा अगाडी वढाएका प्रमुख दलहरुले संघियता सहितको मधेशमा अनेकन सवाललाई पुरै वेवास्ता गरेका छन । वर्तमान प्रक्रियालाई सुरु देखि नै नमान्ने चेतावनी दिदै आएका गच्छदार वाहेकका मधेशी पार्टीहरु अब हामीहरु संग आन्द्योलनको विकल्प समेत नरहेको बताएका थिए । मधेशी नेताहरुले विगतको भारतीय भुमिका वारे प्रश्न तेर्साए पछि भाररीय राजदुतले आफुहरु संघियता सहित कै र विगतमा भएको विभिन्न सम्झौताहरुकै आधारमा नयां संविद्यँन आओस भन्ने चाहना राखेको वताएका थिए ।

प्रधानन्याधीशको हेरफेरले सञ्जय साहलाई घाटा !

सिंहानिया हत्याका मुख्य योजनाकार को ? 


प्रधानन्याधिश रामकुमारप्रसाद साह अवकाश लिनु भन्दा पुर्वका केही हप्तामा जनकपुर बमकाण्डको अभियोगमा कारागारमा रहेका निलम्बित सभासद सञ्जय साहको मुद्दाको सुनुवाइ उच्च प्राथमिकतामा परे पछि सवैको चासोको विषय बन्न पुग्यो ।  साह छुट्न लागेको समाचार एमाएक मिडियामा सार्वजनिक भएपछि अदालत पछि हट्यो ।

सूत्रहरुका अनुसार प्रधानन्यायधीशबाट रामकुमारप्रसाद साह हट्ने र कल्याण श्रेष्ठ प्रधानन्यायाधीश बन्ने क्रम अघि बढेसँगै ‘साह’ले मिलाएको लाइन अहिले टुटेको छ ।

बमकाण्डका अभियुक्तलाई निर्दोष सावित गर्न लागिएको चर्चा चलेपछि न्यायाधीश श्रेष्ठले यसबारे प्रधानन्यायधीश साहसँग आपत्ति जनाएको स्रोत बताउँछ । श्रेष्ठले आपत्ति जनाएसँगै पेशीमा चढिसकेको साहको मुद्दा अघि बढ्न सकेन ।

सिंहानिया हत्याका मुख्य योजनाकारको खोजी

Thursday, July 2, 2015

मधेशमा आन्दोलनका गर्नका लागी वृहत संघर्ष समितीको घोषणा गर्ने तयारीमा मधेशी पार्टीहरु









संविद्यानसभामा प्रमुख चार दलले पेश गरेको प्रारम्भिक मस्यौदामा मधेशी पार्टीहरुलाई पुरै उपेक्षा गरे पछि उनीहरु आन्दोलनको तयारीमा जुटेका छन । संविद्यानसभामा पेश हुने वितिकै मस्यौदालाई च्यातेका मधेशी पार्टीहरुले १६ बुदे सहमतीको सुरु देखि नै विरोध गर्दै आईरहेका छन । पछिल्लो समयमा विना आन्द्योलन मधेशले केही नपाउने चौतर्फी आवाज मधेश वृतमा उठन थाले पछि असन्तुष्ट मधेशी पार्टीहरुले सशक्त आन्दोलनका लागी वर्तमान मधेशी मोर्चा भन्दा छुटै रुपमा संघर्ष समिती घोषणको तयारी  भईरहेको छ । जुन संघर्ष समितीमा मात्रिका यादव देखि जेपी गुप्ता सम्मलाई सहभागी गराउने तयारी वारेमा वृहत छलफलहरु भईरहेको छ । मधेशमा मात्रिका यादवको उच्च क्रान्त्किारी छवि छन भने जेपी गुप्तालाई मधेशको मुद्धालाई तार्किक ढंगले उठाउने नेताको रुपमा गनिन्छन ।

तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीका अनुसार आन्दोलनका लागी घोषणा गरिने यस्तो संघर्ष समिती केही दिन भित्रै घोषणाको तयारीमा मधेशी पार्टीहरु जुटेका छन । जसका लागी नागरिक अगुवा देखि विभिन्न पक्षहरु संग विभिन्न तहमा धनिभुत छलफलहरु चलिरहेको छ । त्रिपाठी भन्छन, संविद्यानसभा भित्र भएका साथीहरु त्याहा आफनो ढंगले आन्दोलित नै छन, वाहिर मधेशमा सशत आन्दोलनका लागी हामी तीव्र छलफलमा छौ । उपेन्द्र यादव काठमाडौ वाहिर भएकाले आज छलफल अघि वढन सकेन, त्रिपाठी भन्छन, सम्भवतह उहा भोली आउनुहुन्छ, भन्नु भाको छ, भोली वेलुकि सम्म हामी छलफल गरेर अगाडी वढने योजनामा छौ ।

पार्टीको हिव्प नमान्ने काग्रेसमा मधेशी सभासदहरुको चेतावनी

नेपाली काग्रेसमा रहेका मधेशी सभासदहरुको छुटै बैठक 



नेपाली काग्रेस सहितको प्रमुख चारले ल्याएको नयां संविद्यानको प्रारम्भिक मस्यौलाई नमान्ने चेतावनी काग्रेसका मधेशी सभासदहरुले दिएका छन । बुधवार देखि सुरु भएको काग्रेसको संसदीय दलको बैठकमा मधेशवाट प्रतिनिधित्व गर्ने सवै सभासदहरुले प्रारम्भिक मस्यौदालाई सच्याउन र सर्वोच्चको आदेश लाई पालना गर्न नेतृत्वसंग माग गरीगरेका छन । यस अघि बुधवार काग्रेसको संसदीय दलको बैठक सुरु हुन अघि काग्रेसका मधेशी सभासदहरुको छुटै बैठक बसेको थियो । काग्रेस नेता अमरेश सिंहको अगुवाईमा भएको उक्त बैठकमा २५ भन्दा वढी सभासदहरु उपस्थिती थिए ।

Wednesday, July 1, 2015

संविद्यानसभा वाट मात्रै होईन यो राज्य संग नै सम्बन्ध विच्छेदको घोषणा गर्दैछू - लक्ष्मणलाल कर्ण

सदभावना पार्टीका सहअध्यक्ष समेत रहेका लक्ष्मणलाल कर्ण मधेशको राजनिती वृतमा सालिन र वौद्धिक व्यक्तित्वको रुपमा चिनिन्छन । पहिलो संविद्याँनसभा देखि दोस्रो संविद्यानसभाको अहिले सम्मको सबै कुराको उनको सहभागीता उच्च देखिन्छ । हिजो मात्रै नयां संविद्यानको प्रारम्भिक मस्यौदा संविद्यानसभामा पेश हुदा उनी सहित उनका पार्टी र अन्य मधेशी पार्टीहरुले संविद्यानसभा भित्र च्याते । मंगलवार राती मस्यौदा च्यातेका कर्ण संग वुधवार विहान दलानले गरेको कुराकानीको सम्पादित अंश 

लक्ष्मणलाल कर्ण  - सदभावना पार्टीका सहअध्यक्ष

नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई तपाईहरुले त संविद्यानसभामै च्यात्नु भयो, किन ?

- पहिलो कुरा हामी प्रारम्भिक मस्यौदा वाट असन्तुष्टि छौ भन्ने कुरो हिजाको हामीहरुको क्रियाकलाप वाटै पुष्टि हुन्छ । जाहा सम्म तपाइले किन भन्नु भयो । हिजो सम्म सहमती भईसकेको कुरालाई पनि यो मस्यौदाले उल्टाएको छ । संविद्यानसभाको समितीहरुमा धेरै कुराहरु मिली सकेको थियो तर अहिले सवैलाई उल्टाउने काम भएको । जसवाट मधेशी जनजाती मुस्लीम, थारु लगायतका सिमान्तकृत समुदायहरु असन्तुष्ट छन । यती सम्म कि यो मस्यौदाले समानुपातिक समावेशीताको कुरालाई समेत अस्विकार गरेका छन, खाली समावेशी भनेका छन । एक जना मधेशी, एक जना जनजातीलाई टिपेर त पन्चायतकालमा पनि समावेशी भनिथ्यो तर अब समानुपातिक सहभागीताको कुराको ग्यारेन्टी नभईकन कसैले मान्दैनन । दोस्रो कुरा नागरिकताको प्रावधानलाई झन झन कडाई गर्दै अहिले सम्म दोस्रो दर्जाको नागरिकको रुपमा रहेको मधेशीहरुलाई अव कानुनतह नै तेस्रो दर्जा बनाउने प्रावधान ल्याएको छ । न्यालयको सबै तह समानुपापतक समावेशीताको आधारमा हुने सहमती थियो तर त्यो सवैलाई हटाइएको छ । र अर्को सवै भन्द्या महत्वपुर्ण कुरा संघियता हो, जसका लागी हामी २०४७ साल देखि अनवरत आवाज उठाउदै आईरहेका छौ । तर १६ बुदे सहमतीको आधारमा जसरी संघियतालाई समाप्त पार्ने खेल भएको छ, जुन कुनै अवस्थामा हामी स्विकार गर्दैन ।

मधेशी पार्टीहरु द्धारा प्रारम्भिक मस्यौदालाई काठमाडौ सहित पुरै मधेशमा जलाइयो

काठमाडौको बबरमहलमा मधेशी पार्टीहरुले मस्यौदा जलाउदै

हिजो मात्रै संविद्यानसभामा पेश गरिएको नयां संविद्यानको प्रारम्भिक मस्यौदालाई मधेशी पार्टीहरुले काठमाडौ सहित मधेशका जिल्लाहरुमा जलाएर अस्विकार गर्ने जनाएको छ । काठमाडौको बबरमहरमा प्रमुख मधेशी पार्टीहरुका अध्यक्ष वाहेकका शिर्ष नेताहरुको अगुवाईमा जलाइएको थियो भने मधेशका जिल्लाहरुमा मधेशी पार्टीहरुका स्थानिय नेताहरुको अगुवाईमा जलाइएको थियो । मस्यौदा जलाउने गएका मधेशी पार्टीका नेताहरु संगै मधेशका स्थानिय वुद्धजिवी, समाजिक अगुवाई समेत मस्यौदा जलाउन गएका थिए । प्रमुख चार दल विच भएको १६ बुदे सहमतीको अनुरुप ल्याएको प्रारम्भिक मस्यौदालाइ मधेशी पार्टीहरुले हिजो राती संविद्यानसभा हल भित्रै च्यातेका थिए ।