Monday, June 29, 2015

भुकम्प पिडितको राहतमा अमेरिकावाट मधेशी छोरी उदिती र माल्भीका

भुकम्प क्षतीग्रस्त क्षेत्रमा उदिती र माल्भीका

गएको १२ बैशाखमा विनासकारी भुईचाला जादा नेपालको काठमाडौ सहितका पहाडी क्षेत्र ध्वस्त भए पछि त्यसले पुरै विश्वलाई नै हल्लायो । त्यसमा पनि विदेशमा बस्ने नेपालीहरु लाई नछुने कुरै हुदैन । तर संयुक्त अधिराज्य अमेरिकामा स्कुल स्तरमै पढने एक मधेशकी १६ बर्षीय छोरी उदिती कर्ण र उनकी भारतीय साथी माल्भीका राजागोपालको मन यसरी छोयो कि उनीहरुले आफनो पुरै स्कुल प्रोजेक्टलाई नेपालका भुकम्प पिडितहरुका लागी केन्द्रित गर्ने निर्णयमा पुगे । 

उदिती  धनुषा जिल्लाको गोदार गाविसका डा उपेन्द्र कर्ण र रेखा कर्ण कि एक मात्र सन्तान हुन । कर्ण दम्पति अमेरिकामा बस्ने भएकाले उदिताको जन्म पनि उतै भयो । उनी अहिले स्कुल सिध्याउन लागेकी छिन । विशेष गरी कला प्रति रुची राख्ने उनी एक बर्ष अगाडी देखि आफनी कक्षा साथी  भारत तामिलनाडू कि माल्भीका संग एउटा प्रोजेक्टको अवधारणा अघि सारिन । ‘मेड फर एड’ नामक अभियान स्कुल प्रोजेक्ट अन्र्तगत सुरु गरेकी उदिती  र माल्भीका यस बर्षको समर विदामा भारतको तामिल र नेपालको काठमाडौमा आएर प्रोजेक्ट अन्र्तगतको गतिविधी गर्ने योजनामा थिइन । योजना पुरै तयार थियो तर विचमा आयो नेपालमा विनासकारी भुईचालो । उदिती  भन्छिन, त्यसपछि हामीले आफनै पुरै योजनालाई त परिवर्तन गर्न सक्ने अवस्था थिएन तर करेक्सन गर्यौ र हाम्रो प्रोजेक्ट अन्र्तगतको अधिकांश रकम भुकम्प पिडितहरुका लागी सहयोगार्थ खर्चने  निर्णय गर्यो । यो स्कुल प्रोजेक्टमा उदिती  एक्लि थिइन, उनको साथमा थियो उनको कक्षा साथी भारतको तामील क्षेत्रकी माल्भीका । माल्भीका लाई पनि नेपालको भुकम्पले मन छोएको थियो । उनी भन्छिन, नेपालमा भुकम्प आउदा हामीले समाचारमा जे सुन्यौ त्यसले साह्ै नै उकुस मुकुस थियो, त्यसमा पनि हामीले तामील र काठमाडौमा आफनो स्कुल प्रोजेक्ट गर्ने पुर्व तयारी नै गरेका थियौ । त्यसपछि उदिती  र म पुरै भुकम्प पिडितमा केन्द्रित हुने निर्णय गर्यो, माल्भीका भन्छिन ।


चार हप्ताको उनीहरुको योजनमा दुई हप्ता तामिल र दुई हप्ता काठमाडौमा विताउने योजना थियो तर भुकम्प पछि उनीहरु एक हप्ता तामिलमा विताएर पुरै तीन हप्ता नेपालको सिन्धुपाल्चौक र भक्तपुरका भुकम्प पिडितहरु माझ विताएका छन । यो तीन हप्तामा उनीहरु सिन्धुपाल्चौकमा ६ ओटा घरहरु निर्माण गरेका छन भने ३ सय विद्याँर्थी पढने एउटा विद्यालय निर्माण गदै छिन । भक्तपुरमा ५ ओटा विद्याँर्थीहरुलाई पुरै एक बर्षको पढाई खर्च व्यवस्थापन गरेकि छन भने आधा दर्जन एसएलसी पास गरेकी विद्यार्थीहरुलाई क्याम्पसमा भर्ना गराउन सहयोग गरेकी छिन । अहिले सम्म ५ हजार अमेरिकन डलर वरावरको सहयोग उदिती  र माल्भीकाले गरेकी छिन । १० हजार डलरको उनीहरुको यो प्रोजेक्टको अरु रकम पनि भुकम्प पिडितहरुकै लागी उनीहरुले खर्च गर्दै छिन । तर उदिती  र माल्भीकाले सिन्धुपाल्चौकमा देखेको अवस्था कारण उनीहरु भन्छिन, अब हामीहरु यसलाई थप वढाउदै लाने योजना वनाएकी छौ ।

उदिती र माल्भीका

आउदो विहिवार अमेरिका फर्कन लागेकी उदिती  र माल्भीकाले आफनो योजना देखाउदै भनिन, हामी फर्कने वितिकै आफनो स्कुल र अरु स्कुलहरु फन्ड कलेक्सन सुरु गर्न गईरहेका छौ, जुन भुकम्प पिडितहरु वच्चाहरुको शिक्षा, स्वास्थय लगायतका क्षेत्रमा खर्चिने छन । नेपालमा भुकम्प पिडितहरुको सहयोगमा उनीहरु खटीरहदा पनि यो कुराको जानकारी यीनीहरुले आफना अमेरिकामा रहेका साथीभाईहरु दिइसकेकी छन । त्याहा फन्ड क्लेक्सनका लागी केही कामहरु पनि सुरु भइसकेको उनले बताईन ।
 

No comments:

Post a Comment