Sunday, June 28, 2015

प्रमुख तीन मधेशी नेतृत्वको बैठक सम्पन्न । भोली सभासदहरु संग सामुहिक छलफल हुदै


नयां संविद्यान निर्माणको पछिल्लो प्रक्रिया प्रति असन्तुष्टि जनाउदै आएका प्रमुख तीन मधेशी नेतृत्व विच आज छलफल भएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा आज भएको बैठकमा ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र संघिय फोरमका अध्यक्ष उपेन्द्र यादव थिए । तीन ओटा अध्यक्षहरुको बैठक अरु कुनै नेताहरु सहभागी थिएन । तीनै अध्यक्षहरुले छलफलले भोली १२ बजे तीन ओटै पार्टीका सभासदहरुसंग सामुहिक छलफल गर्दै छन । सिंहदरवार स्थित उपेन्द्र यादवको संसदीय दलमा हुने छलफललाई महत्वका साथ हेरिएको छ । संविद्यानसभाको मस्यौदा समितीले भोली नयां संविद्यानको प्रारम्भिक मस्यौदा संविद्यानसभामा पेश गर्ने कार्यक्रम छ ।


मस्यौदा समितीको उक्त प्रारम्भिक मस्योदामा हिजो मात्रै यी तीन ओटै अध्यक्षहरु ९ पेज लामो फरक मत पेश गरेका छन । आजको तीन अध्यक्षहरुको बैठक पछि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, हामीले मस्यौदा समितीमा दर्ज गराएको फरक मत र पछिल्लो समयमा विकसित हुदै भएको अवस्था वारेमा मधेश आन्दोलनका तीनै हस्ताक्षरकर्ताहरुले छलफल गर्यौ । महतोले भने, हामी भोली सभासदहरु संग पनि सामुहिक छलफल गर्दै छौ, त्यसपछि हामी आ आफना थप कुराहरु वाहिर ल्याउने छौ । कतिपय भित्रियाहरुका अनुसार मधेश आन्दोलनको क्रममा भएको सम्झौताहरुलाई वेवास्ता गरेर ल्याएको प्रारम्भिक मस्यौदालाई संविद्यानसभा भित्र जलाउने तयारी लगायत अन्य प्रतिरोध गर्ने वारेमा मधेशी पार्टीहरु आन्तरिक छलफलहरु जलीरहेको छ ।

महतोले समेत पहिलो संविद्यानसभा भित्रको प्रतिरोधलाई सशक्त बनाउने र त्यस पछि पनि हाम्रो फरक मतलाई ठाउ दिने काम नभए मात्रै संविद्यानसभा परित्यागको वाटोमा आफुहरु अघि वढने बताए ।

पछिल्लो समयमा मधेश राजनिती वृतमा पनि यी तीन नेतृत्वलाई एक ठाउमा उभिएर आन्द्योलनमा होमिन दबाब पर्दै आईरहेका छन । पहिलो संविद्यानसभाको पुर्व सन्धयामा भएको दोस्रो आन्द्योलन यीनै तीन नेतृत्व विचको मधेशी मोर्चाले गरेको थियो । जुन तत्कालिन सरकारसंग ८ बुदे सहमतीमा गएर टुगिंएको थियो । त्यही ८ बुदेका तत्कालिन अवस्था पहिलो संविद्यानसभाको निर्वाचन सम्भव भएको थियो ।

No comments:

Post a Comment