Sunday, June 28, 2015

गच्छदारलाई मधेशी मोर्चावाट निकालिएको वारेमा आफुलाई थाहा नै नभएको भण्डारीको भनाई



१६ बुदे सहमतीमा प्रमुख तीन दलसंग मिलेर हस्ताक्षर गरे पछि मधेशी मोर्चाले अव उपरान्त फोरम लोकतान्त्रिकसंग कुनै सहकार्य नगर्ने गरेको निर्णय प्रति राष्टिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले आपति जनाएका छन । पार्टीको तेस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौ स्थित केन्द्रिय पार्टी कार्यलयमा पत्रकारहरु संग कुरा गर्दै भण्डारीले भने, कसले गच्छदारलाई र किन मधेशी मोर्चावाट कारवाही गरेको छ, त्यस वारेमा मलाई कुनै जानकारी नै छैन । भण्डारीले मधेशी मोर्चाले गच्छदारलाई गरेको कारवाही बैठकलाई अवैद्यानिक समेत भने । उनले भने, मधेशी मोर्चाको चक्रिय प्रणली अन्र्तगत चल्ने कुरा थियो, दुई दुई महिनाको हिसावले तपाईहरु नै जोडनुस, बैठक कसले वोलाउने पालो थियो, त्यसैले यस्तो कुराको कुनै महत्व नभएको उनको दावी थियो । भण्डारीले मधेशी मोर्चालाई एउटा लुज नेटवर्कको संज्ञा दिदै अव त्यसको कुनै औचित्य पनि नभएको टिप्पणी गरे । गच्छदारलाई कारवाही गर्ने मधेशी मोर्चाको निर्णयमा बैठकमा सहभागी भए पनि भण्डारी, अनिल झा र राज किशोर यादवका पार्टीले सही गरेका थिएन । मोर्चाको उक्त निर्णयमा फोरम नेपालको अध्यक्ष्ँको हैसियतमा उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्षको रपमा राजेन्द्र महतो, तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी र तमसपाका राम नरेश रायले हस्ताक्षर गरेका थिए । मोर्चाको उक्त बैठक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बोलाएका थिए ।



पछिल्लो समयमा १६ बुदेलाई लिएर दुई खेमामा विभाजित मधेशी पार्टीहरु अन्र्तगत गच्छदार खेमाले १६ बुदे अनुसार नयां संीवद्यान जारी गर्नु पर्ने पक्षमा देखिन्छन भने एउटा खेमा संघियता सहितको संविद्याँन जारी हुनु पर्ने अडान सहितमा विपक्षी खेमामा उभिएका छन । भण्डारीले तत्काल नयां संविद्यान जारी गर्नु पर्ने पक्षमा आफुहरु भए पनि संघियताका लागी सधै लडिरहने जनाए । उनले भने, म १६ बुदे अनुसार संघियता आउदैन भन्ने कुरामा विश्वास गर्दिन , यदी त्यसो त्यती वेला फेरी हामी हिसाव किताव गरौला, अहिले चाही नयां संविद्यान जारी गरेर मुलुकलाई अगाडी वढाउनु पर्छ ।

तीन बर्ष अगाडी सरकारमा रक्षमन्त्री रहदा भण्डारी आफना अभिव्यक्तिका कारण विवादमा मुछिए पछि मन्त्रीवाट हटाइएका थिए । पछि उती तत्कालिन आफना पार्टी अध्यक्ष गच्छदारप्रति तीव्र असन्त्ुष्टि जनाउदै छुटै नयां पार्टी खोलेका थिए ।

यो पनि पढनुस 

मधेशी मोर्चा द्धारा गच्छदार संग सम्बन्ध विच्छेद । http://www.dalannepal.com/2015/06/blog-post395.html

 

No comments:

Post a Comment