Friday, June 26, 2015

१६ बुदे सुधार्न गच्छदारको दुई प्रस्ताव । काग्रेस र असन्तुष्ट मधेशी पार्टीहरु विच गोप्य छलफल हुदै


मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहित प्रमुख चार दल विच भएको १६ बुदे सहमतीलाई थप परिर्माजन गर्न गच्छदारले २ ओटा प्रस्ताव अघि सारेका छन । संघियतालाई थाती राखेको भन्दै १६ बुदे प्रति गच्छदार वाहेककै अन्य मधेशी पार्टीहरुले असन्तुष्टि जनाउदै त्यसलाई स्विकार नगर्ने जनाएका थिए । जसका कारण राजनितिक रुपमा अप्ठायारो महसुस गरिरहेका गच्छदारले प्रमुख तीन दलका शिर्ष नेताहरुको स्तरमा यस्तो छलफल गरिरहेको बुझिएको छ । फोरम लोकतान्त्रिकका उपाध्यक्ष तथा वार्ताहरुमा सहभागी हुने नेता जितेन्द्र देवका अनुसार गच्छदारले १६ बुदेलाई परिर्माजन गर्न  पहिलो प्रस्तावमा संघियताको सिमाकंन तत्कालै टुगाउन भनेका छन भने दोस्रो प्रस्तावमा अहिलेको सहमतीमा भनिएको संघिय आयोग तत्काल बनाएर ३ महिनामा टुगो लगाउनु पर्ने गरी काम अघि वढाउनका लागी काग्रेस, एमाले र एमाओवादी नेतृत्वलाई भनेका छन । देव भन्छन, अहिले यो कुरा हामी चार दलको शिर्ष स्तरमा छलफल गरिरहेका छौ, हामीले मस्यौदा समितीको पहिलो मस्यौदा १५ दिने छलफलमा रहिरहदा हामीले यताको कुरा लाई टुगाउन लागी परेका छौ ।

प्रमुख दलहरु विच हुने सहमतीहरुमा सधै भुमिकामा देखिने फोरम लोकतान्त्रिकका नेता देव भन्छन, यस वारेमा चार दलका शिर्ष नेताहरुको स्तरमा गम्भिर छलफलहरु भईरहेको छ ।

काग्रेस र असन्तुष्ट मधेशी पार्टीहरु विच पनि छलफल हुदै


१६ बुदेमा हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले समेत परिमार्जनका लागी दबाब सिर्जना गरेपछि काग्रेस र असन्तुष्ट मधेशी पार्टीहरु विचमा पनि गोप्य रुपमा छलफलहरु अघि वढाइएको स्रोतले बताएका छन । १६ बुदे प्रति काग्रेस भित्रकै पनि मधेशी नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टी व्यक्त गरे पछि काग्रैस नेतृत्व दबाबमा परेका छन ।

मुख्य गरी काग्रेस सभापति तथा प्रधानमन्त्री कोईरालाका प्रमुख राजनितीक सहयोगीहरु तथा असन्तुष्ट मधेशी पार्टीहरुका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो विच यस्तो छलफल भईरहेको बुझिएको छ । स्रोतका अनुसार ठाकुर, यादव र महतोलाई काग्रेसले सिमांकन टुग्याउने गरी ७ ओटा प्रदेशको बनाएर अघि वढन प्रस्ताव गरेको छ । संघियतामा मुख्य विवादमा रहेका पुर्वका झापा, मोरड र सुनसरी तथा पश्चिमका कैलाली र कन्चनपुरलाई कसरी सम्बोधन गर्ने वारेमा दुवै पक्ष छलफल गरिरहेको छ । काग्रेस मधेशमा मधेशी पार्टीहरुकै माग अनुसार २ प्रदेश बनाउन तयार भए पनि विवादित केही जिल्लाहरुको वारेमा दुवै पक्षले केही केही आ आफना अडानवाट पछि हटने गरी वार्ता अघि वढाएका छन । यद्यपी यसवारेमा अहिले सम्म मधेशी पार्टीहरुका नेतृत्वहरुले मुख खोल्न चाहेका छैन ।

No comments:

Post a Comment