Thursday, June 25, 2015

सहमतीमै संघियता सहितको नयां संविद्यानको पक्षमा भारतीय सरकार

भारतीय विदेश मन्त्री सुष्मा स्वराज 

दाता सम्मेलनमा भाग लिन आज काठमाडौमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भारत सवै पक्षको सहमतीमै संघियता सहितको नयां संविद्यानको पक्षमा रहेको जनाएकी छिन । आज राजनितीक दलहरुका प्रमुखको लन्च भेटघाटमा प्रमुख मधेशी पार्टीहरुका अध्यक्षहरु संगको सानो छलफलमा स्वराजले आफुहरु विगतमा भएको सहमती सम्झौता सहितको पालना होस भन्ने चाहना रहेको बताकी थिईन । सामुहिक लन्च मिटिंगमा मधेशी पार्टीहरुको तर्फवाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई बोलाइएको थियो । अत्यन्तै व्यवस्तम कार्यतालिकामा रहेकी स्वराजले लन्च मिटिंगमा गच्छदार, ठाकुर, यादव, महतो र काग्रेस नेता अमरेश सिंहसंग मधेशको वारेमा झण्डै २० मिनेट जती कुराकानी गरेका थिए । पछिल्लो समयमा प्रमुख चार दलविच भएको १६ बुदे सम्झौता प्रति तीव्र असन्तुष्टि पोख्दै आएको मधेशी पार्टीका अध्यक्षहरुलाई स्वराजले आफुहरु सहमती मै संघियता सहितको नयां संविद्यान जारी होस भन्ने पक्षमा रहेको बताएकी थिइन ।


पछिल्लो समयमा १६ बुदे प्रति काग्रेस भित्रकै मधेशी हरु पनि असन्त्ुष्टि जनाईको सन्दर्भमा स्वराजले काग्रेस नेता अमरेश सिंहवाट पनि मधेशको वारेमा जानकारी लिएका थिईन । १६ बुदेको विरुद्धमा सिंहले संवाद समितीमा फरक मत नै पेश गरेका थिए भने विमलेन्द्र निधि लगायतका नेताहरुले समेत खुल्ला रुपमै आलोचना गरेका थिए ।


भेटमा सहभागी एक शिर्ष मधेशी नेताका अनुसार भारतीय पक्षले नेपालको स्थिरताका लागी पनि संघियता सहितको संविद्यान आवश्यक रहेकाले विगतमा मधेश आन्द्योलनको क्रममा भएको सम्झौता अनुरुप नयां संविद्यान आओस भन्ने चाहना व्यक्त गरेकि थिईन ।

No comments:

Post a Comment