Monday, June 22, 2015

पहिलो मस्यौदा लगत्तै संविद्यानसभा छोडने तयारीमा मधेशी पार्टीहरु

सदभावना पार्टीले आज राजविराजमा आयोजना गरेको कार्यक्रम । जसको व्यानरमा लेखिएको सविद्यँनसभा परित्याग सम्बन्धी अन्तक्रिया

नयां संविद्यान निर्माणको पछिल्ले प्रक्रियामा तीव्र असन्तुष्टि जनाउदै आएका प्रमुख मधेशी पार्टीहरुले प्रमुख दलहरुको १६ बुदेको आधारमा पहिलो मस्यौदा आए लगतै संविद्यानसभावाट राजिनामा दिने तयारी गरेको नेताहरुले बताएका छन । आज देखि मधेशका जिल्लाहरुमा पछिल्लो अवस्थाको वारेमा अन्तक्रिया गर्न पुगेका सदभावना पार्टी र तमलोपाले यसका लागी आन्तरिक तयारी समेत गरीरहेको बताएका छन । सदभावना पार्टीले त जिल्लाहरुमा गरेको अन्तक्रिया कार्यक्रमको व्यानरमै संविद्यानसभा परित्याग सम्बन्धी अन्त्क्रिया भनेर उल्लेख गरेका छन । सदभावना पार्टीको विरगंजको अन्तक्रिया कार्यक्रममा आज सहभागी सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, हामीले जुन मधेशी जनताको मतले त्याहा गएका थियौ, उनीहरु सल्लाह गर्न आएका हौ कि, हामी संविद्यानसभा अब परित्याग गर्न गईहेका छौ । कर्णले विरगंजको् अन्र्तक्रिया कार्यक्रमा सबै मधेशी पार्टीहरुका प्रतिनिधीहरुले संविद्यानसभा छाडेर आन्दोलनमा जान सुझाएको बताए , साथै एमाआवादी सहितका अन्य दलहरुका मधेशी नेताहरुले आन्द्योलनमा आफुहरु पनि सघाउने बताएको सुनाए ।


काठमाडौमा संविद्यानसभाको प्राय जसो सबै डिलहरुमा मधेशी पार्टीहरुवाट सहभागी हुने कर्णले भने, हामी मस्यौदा समितीको पहिलो प्रतिवेदनको प्रतिक्षामा छौ, हामी ढुक्क छौ कि मधेशलाई केही त्याहा मिल्नेवाला छैन, त्यसैले पहिलो मस्यौदा पश्चात हामी राजिनमा दिने तयारीमा छौ । वाहिर कतिपयले मधेशी पार्टीहरुका सभासदहरुले राजिनमा नदेला कि भनेर चर्चा पनि नभएको होईन । तर कर्णले दलानसंग कुरा गर्दै भने, हाम्रो केन्द्रिय कार्यसमिती र कार्यसम्पादन दुवै वाट संविद्यानसभा छाढने निर्णय गरीसकेका छौ, हामी सबै सभासद पनि तयार छौ, खाली प्रतिक्षामा छौ कि पहिलो मस्यौदा कसरी आउनेछ ।


मुख्यगरी प्रमुख चारदल विच भएको १६ बुदे सहमतीले संघियतालाई समाप्त पार्न लागेको भन्दै मधेशमा व्यापक विरोध भईरहेको देखिन्छ । त्यसमा पनि हालै सर्वोच्चले त्यसवारेमा दिएको अन्त्रिम आदेशलाई लिएर काठमाडौमा देखिएको प्रतिक्रियाले मधेश थप आक्रोशित भएको देखिन्छ ।

काठमाडौमा हालै एउटा अन्त्क्रिया कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष्ँ महन्थ ठाकुरले पनि आफुहरु संविद्यानसभा छाडने मनस्थिती बनाईसकेको बताएका थिए । तमलोपा र सदभावना पार्टी दुवै ले आज देखि मधेशका २२ ओटै जिल्लाहरुमा अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रमहरु गर्दै छन ।

1 comment:

  1. अहिले पनि time छ नेता ज्यु हरु हजुर हरु भिख माग्न छोड्नु | यदि सक्नु हुन् भने हाम्रो youth पुस्ता को लागि छोर दिनुस | तर तपाई हरु गलत लोभ मा न लग्नु | र अब को मधेश बिद्रोह मात्र संघियता को लागि हुदैन ?? Total Independence को लागि हुन्छ |

    ReplyDelete