Thursday, June 18, 2015

तमलोपा भित्र ‘सुक्ला’ विवाद

सर्वेन्द्रनाथ सुक्ला

तराई मधेश लोकतान्त्रिक पार्टी भित्र महामन्त्री सर्वेन्द्रनाथ सुक्लालाई लिएर एकचोटी फेरी बबण्डर सिर्जना भएको छ । हिजो बुधवार मात्रै पार्टीको बसेको बैठकमा सुक्लाले हालै केही सन्चार माध्यमहरुमा व्यक्त गरेको टिप्पणीहरु र उनको केही क्रियाकलापलाई लिएर अन्य पदाधिकारीहरुले बैठकमै अध्यक्ष महन्थ ठाकुर संग त्यस वारेमा प्रश्न गरेका थिए । तमलोपा अध्यक्ष ठाकुर माथी अत्यद्यिक हावी भएको भन्दै तमलोपा भित्र सुक्ला प्रति धेरै अघि देखि असन्तुष्टिहरु चुलिदै आएको थियो । तर पछिल्लो समयमा सुक्लाले पार्टीको निती विपरित राष्टिय सरकारको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको तथा तथा अध्यक्ष ठाकुरले मधेश राजनितीलाई नेतृत्व गर्न नसकिने लगायतका अधिव्यक्तिहरु दिएको प्रति अन्य पदाधिकारीहरुले प्रश्न उठाएका थिए ।


बुधवार तमलोपाको पार्टी कार्यलयमा भएको बैठकमा सहअध्यक्ष हृदेश त्रिपाठी वाहेक अन्य सबै जसो पदाधिकारी नेताहरुले यसवारेमा अध्यक्ष ठाकुरलाई प्रश्न तेर्साएका बैठकमा सहभागी एक नेताले बताए । त्रिपाठी पनि सुक्ला प्रति तीव्र असन्तुष्ट व्यक्त गर्दै आएका छन । कतिपय पदाधिकारीहरुले सुक्लाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसंग सरकारमा जाने वारेमा गोप्य छलफलहरु समेत गरीरहेको रिर्पोटिंग समेत बैठकमा प्रस्तुत गरेका थिए । सुक्ला तमलोपाका संसदीय दलका नेता पनि हुन । बैठकमा तमलोपाको संसदीय भुमिका समेत प्रभावहिन देखिएको भन्दै पनि सुक्लाको तीव्र विरोध भएको थियो । तमलोपाले मधेशी मोर्चा भन्दा पनि पहिला संघियता सहितको संविद्यान जारी नहुन्जेल सरकारमा नजाने निर्णय गरेको छ ।
 
तमलोपा भित्र अध्यक्ष ठाकुर माथी सुक्ला अत्यद्यिक हावी भएको र यसले पार्टीलाई नोक्सान गरीरहेको आरोप छ । कतिपयले पन्चायत राजनिती पृष्टभुमिका सुक्लालाई मधेश राजनिती भित्र बिचौलियाको संज्ञा दिने गर्छन । १६ बुदेको विरोधमा रहेको मधेशी पार्टीहरुको तर्फमा संविद्यानसभाको संदैद्यानिक तथा अन्य समितीमा विभिन्न प्रतिकात्मक विरोधहरु भईरहदा तमलोपाको कुनै त्यस्तो गतिविधि देखिएको छैन । अध्यक्ष ठाकुर समकक्ष दोस्रो तहका र युवा पंक्तिहरुका नेताहरुले छुटै समेत यस वारेमा व्यापक गुनासाहरु गरीरहेको बुझिइएको छ । यी नेताहरुले सुक्लाका कारण पार्टीको छवि दिन प्रति दिन संविद्यानसभा देखि अन्य वाहिरी रुपमा समेत अप्ठायारामा पर्दै गएको गुनासाहरु व्यक्त भएको छ ।

No comments:

Post a Comment