Wednesday, June 17, 2015

विशेष अदालतद्धारा जिवनाथ चौधरी भ्रष्टाचारी ठहर ।

जिवनाथ चौधरी


धनुषा जिविसमा करोडौको भ्रष्टाचारमा मुछिएका जनकपुरका नामुद भुमाफिया जीवनाथ चौधरी विशेष अदालतद्धारा भ्रष्टारी ठहर भएको छ । अख्तीयारले धनुषा जिविसमा ११ करोड भन्दा वढी भ्रष्टाटाचार गरेको आरोपमा चौधरी सहित ८७ जना माथी मुद्धा चलाएका थिए । विशेष अदालतको दुई नम्बर बेन्च वाट मंगलवार अवेर साझं भएको फैसला अनुसार ८७ जना मध्ये चौधरी सहित ९ जना लाई भ्रष्टाचारी ठहर गर्दै उनीहरु वाट दिगो बमोजिमको रकम असुल गर्दै ४ महिना कैदको सजाय दिएको छ ।


विशेष अदालतका प्रवक्ता कृष्ण पौडेलका अनुसार अख्तीयारले दाबी गरेको ८७ जना मध्ये जीवनाथ चौधरी, रामेश्वर यादव लाई सडक मर्मतमा रकम हिना मिना गरेको आरोपमा, लक्ष्मी नारायण महतो, मदन मोहन लाल कर्ण लाई अन्य तीन ओटा योजनामा हिनामिना गरेको, र विनोद कुमार ठाकुर, अशोक कुमार साहलाई तरकारी सिड मर्मतमा रकमहरु हिनामिना गरेर भ्रष्टाचार गरेको ठहर गरिएको छ । यी छ जनालाई विगो अनुसारको रकम असुल गर्दै चार महिनाको कैद समेत फैसला भएको छ  । त्यसैगरी उपभोक्ता समितीहरुका संचालकहरु प्रकाश मिश्र, उमाशंकर यादव ररधुनन्दन यादव लाई क्रमस ८५ हजार, ३ लाख र १ लाल १० हजार रुपैया जरीवाना गरिएको छ ।



एमाओवादी नेता नारायणकाजी श्रेष्ठ स्थानिय विकास मन्त्री हुदा धनुष लगायतका जिविसहरुको भ्रष्टाचार वारे अख्तीयार र मन्त्रालयले छानविनहरु गरेका थिए । धनुषा जिविसको ०६८र०६९ को े२५ ओटा योजनमा मात्रै झण्डै ११ करोड भन्दा वढी भ्रष्टाचार भएको स्थानिय विकास मन्त्रालयको  रिर्पोट थियो । तर विशेष अदालतमा यीनीहरुको मुद्धालाई अत्यन्तै कमजोर ढंगले प्रस्तुत गरिएको देखिन्छ । हालै जनकपुरमा जीवनाथ चौधरीले अख्तीयार आयुक्त राज नारायण पाठकलाई सार्वजनिक सम्मान समेत गरेका थिए ।

फैसला पढेर सुनाउदै विशेष अदालतका प्रवक्ता कृष्ण पौडेल


विशेषका प्रवक्ता पौडेलका अनुसार चौधरी लगायतका ९ जनाहरु फैसला आए लगतै सम्पर्क विहिन भएको छ । उनले भने, उनीहरु अब सर्वोच्चमा पुगेर यसलाई अगाडी वढाउनु पर्ने हुन्छ । सम्पर्क विहिन भएर भुमिगत शैलीमा सर्वोच्चमा पुगे पछि तत्काल कैद भित्र जानु पर्ने हुदैन । यद्यपी चौधरीले आफु जनकपुरमा भएको बताए । म हिजो फैसला सुनेर आजै विहान जनकपुर आई पुगेको छु , चौधरीले भने, हामी फैसलाको पुर्ण पाठ पाए पछि र्सोच्चमा जान्छौ ।


जीवनाथ चौधरी वारेको यो रिर्पोटहरु पनि पढनुस 

1 -  अख्तियारका आयुक्तलाई भ्रष्टाचार आरोपीको सम्मान  - http://www.dalannepal.com/2015/06/blog-post392.html


2 -  देवभूमिका संहारकर्ता : महन्थ्याईंको ताँदो अपराधकर्मसम्म- http://cijnepal.org.np/index.php?option=com_content&view=article&id=86:2015-01-12-08-49-50&catid=2:uncategorised&Itemid=102

No comments:

Post a Comment