Tuesday, June 16, 2015

मधेशी आयोग गठनका लागी दबाब सिर्जना गनुपर्नेमा अधिकारवादी तथा युवा नेताहरुको जोड



सर्वोच्च अदालतले मधेशी आयोग गठनका लागी आदेश जारी गर्दा पनि सरकार तथा प्रमुख दलहरु त्यस प्रति उदासिन देखिए पछि मधेशका अधिकारकर्मीहरु तथा युवा नेताहरुले त्यसका लागी चौतर्फी दबाब सिर्जना गर्नु पर्नेमा जोड दिएका छन । काठमाडौमा मंगलवार नेपाल मधेश फाउन्डेसनले आयोजना गरेको मधेशी आयोग गठनको सम्भावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रमहरुमा बोल्दै अधिकारकर्मीहरु तथा नेताहरुले संविद्यान निर्माणको प्रक्रियामा संदैद्यानिक समितीले समेत मधेशी आयोगलाई वाईपास गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा अधिवक्ता दिपेन्द्र झा ले मधेशी आयोग वारे सर्वोच्चले दिएको फैसलाको अवस्था वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथी बोल्दै उक्त मुद्धा सर्वोच्चमा दायर गरेका अधिवक्ता सुनिलरन्जन सिंहले पछिल्लो घटनाक्रममा सरकार तथा प्रमुख दलहरु यस प्रति उदासिन मात्र होईन कि त्यसलाई सुनियोजित रुपमा समाप्त पार्न लागेको टिप्पणी गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्टिय मानअधिकार आयोगकि सदस्य समेत रहेकी मोहना अन्सारीले मधेशीहरु संग उक्त आयोग गठनका लागी दाबी गर्नुको सबै आधारहरु रहेको भन्दै त्यसका लागी दबाब सिर्जना गर्नु पर्नेमा जोड दिए । मधेशीहरुको जनसंख्या छ, भाषा छ, पहिचान छ र हामी  सबै अधिकार र समानताका लागी लडिरहेका छौ । यस्तो अवस्थामा आयोगको दाबी गर्नु कुनै नजायज नरहेको उनले भनिन । अन्सारीले सर्वोच्चले समेत सरकारलाई आदेश दिदा पनि सरकारले गठन नगर्नु र संविद्यान निर्माणको प्रक्रियामा प्रमुख दलहरुले त्यसलाई नसमेटे पछि दबाब सिर्जना गर्नु पर्नेमा जोड दिईन ।


कार्यक्रममा माओवादी नेता शिवराम यादव, सदभावना पार्टीका नेता योगेन्द्र यादव, राष्टिय समाजवादी पार्टीका केशव झा लगायतका युवा नेताहरुले यो मुद्धालाई मधेशी नेतृत्वहरुले प्राथमिकताका साथ उठाउनका लागी आफुहरु पहल गर्ने बताए । हालै १६ बुदे सहमती अनुसार संवैद्यानिक समितीले अघि सारेको प्रस्तावमा मधेशी आयोग वारेमा कुनै केही उल्लेख गरिएको छैन । संवैद्यानि समितीमा काग्रेस नेता अमरेश सिंह सहित केही मधेशी पार्टीहरुले प्रस्तुत गरेको फरक मतमा मधेशी आयोग वारेमा उल्लेख गरिएको छ । कार्यक्रम मधेश फाउन्डेसनका निर्देशक तुला नारायण साहले संचालन गरेका थिए ।

सर्वोच्च अदालतले मधेशी आयोग वारे गरेको फैसला पढनका लागी क्लिक गर्नुस 
http://datadalannepal.blogspot.com/2015/06/blog-post.html

No comments:

Post a Comment