Monday, June 15, 2015

फोरम नेपाल, संघिय समाजवादी र खस समावेशी पार्टी विच एकिकरण । उपेन्द्र यादव अध्यक्ष




मधेस केन्द्रित दल फोरम  नेपाल र जनजाति केन्द्रित दल संघीय समाजवादीबीच एकीकरण गरिएर नयां पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिएको छ । पार्टीको अध्यक्ष उपेन्द्र यादव र संसदीय दलको नेता अशोक राई भएका छन् ।


एकीकरणपछि संविधानसभामा यो पार्टी पाँचौ ठूलो दल भएको छ । यसअघि १४ सिटका साथ बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पाँचौ ठूलो दल थियो ।


अब उपेन्द्र यादवको १० र अशोक राईको ५ सिट थपेर १५ सिटका साथ संघीय फोरम नेपाल राप्रपा नेपालपछि पाँचौ ठूलो दल भएको छ । यी दुई पार्टीसँगै खस समावेशी पार्टी नामक दल पनि एकीकरण भएको छ ।


युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीको कुनै पनि जिल्लामा संगठन र कार्यकर्ता छैनन् । यो दलले २०७० सालको संविधानसभा निर्वाचनमा देशभरमा गरी कुल १५ हजार २ सय २५ मत प्राप्त गरेको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।


मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच एकता भएर संघीय समाजवादी फोरम नेपाल नामक नयाँ पार्टीको जन्म भएको छ ।



उपेन्द्र यादव अध्यक्ष रहेको नयाँ पार्टीमा ५ उपाध्यक्ष छन् । महासचिव, उपमहासचिव र सचिव २/२ जना छन् ।


१६ सदस्यीय पदाधिकारीमा अशोक राई वरिष्ठ नेता छन् । उनलाई पार्टी संसदीय दलको नेताको समेत जिम्मा दिइएको छ ।


लालबाबु राउत, रेणु कुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की उपाध्यक्ष छन् । राउत र यादव फोरम नेपालका हुन् । चेम्जोङ र राई संघीय समाजवादीका हुन् ।


यसअघि खस समावेशी पार्टीका अध्यक्ष रहेका कार्कीले पनि संघीय समाजवादी फोरम नेपाल नामक नयाँ पार्टीको उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।


राजेन्द्र श्रेष्ठले सहअध्यक्षको जिम्मेवारी पाएका छन् । श्रेष्ठ यसअघि संघीय समाजवादी पार्टीको महासचिव थिए । उनी नयाँ पार्टीमा यादव र राईपछि तेस्रो वरियतामा छन् ।


संघीय समाजवादी फोरम नेपालको महासचिवमा रामशहाय प्रसाद यादव फोरम नेपाल र रणध्वज कन्दङवा संघीय समाजवादी छन् ।


उपमहासचिवमा अभिषेकप्रताप साह र दानबहादुर विक तथा सचिवमा रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत छन् । साह र कायस्थ फोरम नेपालका हुन् भने विक संघीय समाजवादीका र बस्नेत खस समावेशी पार्टीका हुन् ।


कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादव फोरम नेपालले पाएका छन् । मंगलसिद्धि मानन्धर केन्द्रीय सल्लाहकार समितिका सभापति बनेका छन् ।

No comments:

Post a Comment