Saturday, June 13, 2015

१६ बुदे सहमतीय प्रक्रिया रोक्न मधेशी मोर्चा द्धारा राष्टपतिको ध्यानाकर्षण


संविद्यानसभाले हालै चार दल विच भएको १६ बुदे सहमती अनुरुप अगाडी वढाएको प्रक्रियालाई तत्काल रोक्नका लागी मधेशी मोर्चा र अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टीले राष्टपति रामबरण यादवलाई ध्यानकर्षण गराएका छन । आज विहान राष्टपति यादवलाई भेटेर पाच ओटै दलहरुका अध्यक्षहरुले ज्ञापनपत्र दिदै १६ बुदेलाई अन्तरिम संविद्यानको विपरित भन्दै त्यसप्रति ध्यानाकर्ष गराएका थिए । ज्ञापन पत्रमा यी र्पाच ओटा दलहरु १६ बुदे सहमतीले अन्तरिम संविद्यान तथा मधेश आन्दोलनको क्रममा भएको ८ बुदे र २२ बुदे सम्झौताको भावना प्रतिकुल रहेको भन्दै राष्टपतिलाई त्यसप्रति ध्यानाकर्षण गराएका थिए ।


राष्टपति यादवले ज्ञापन पत्र बुझदै मधेशी पार्टीहरुले उठाएको सवालवारेमा आफुले अध्यन गर्ने र त्यसवारेमा प्रधानमन्त्री तथा सभामुखसंग समेत छलफल गर्ने जनाएका थिए । प्रमुख चार दलहरु विच हालै भएको १६ बुदे सहमतीलाइ सुरु देखि नै मधेशी पार्र्टीहरुले विरोध जनाउदै आएका छन ।

No comments:

Post a Comment