Wednesday, June 10, 2015

मधेशी मोर्चा द्धारा गच्छदार संग सम्बन्ध विच्छेद । संविद्यँनसभाको हरेक प्रक्रियामा लिखित असहमती जनाइने


गएको मंसीरमा पुर्नस्थापिथत भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अब उपरान्त मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसंग कुनै सहकार्य नहुने घोषणा गरेका छन । लामो समय पश्चात आज बसेको मोर्चाको बैठकले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मधेश विद्रोहको मर्म विपरित प्रमुख दलहरु संग स्त्ता स्वार्थका लागी सम्झौता गरेको भन्दै मधेशी मोर्चाले कुनै पनि हालतमा त्यस्तो सम्झौता स्विकार नगर्न जनाएको छ । आजको बैठक पश्चात मोर्चा द्धारा जारी गरिएको बैठकमा भनिएको छ, स्वायत प्रदेशहरुको स्थापना विना र शक्तिको वाडफाड विना गरिने कुनै प्रकारको संघियताको अर्थ नहुने भन्दै मोर्चाको अवधारणा विपरित गच्छदारले प्रमुख तीन पार्टीहरु संग सम्झौता गरेको हुनाले अब फोरम लोकतान्त्रिक संग कुनै सहकार्य नहुने उल्लेख छ ।

मोर्चाद्धारा आज जारी गरिएको विज्ञप्तिमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका हृदेश त्रिपाठी र तमसपाका राम नरेश रायको हस्ताक्षर छ ।

बैठक पछि सदभावना पार्टीका अध्यक्ष राजेन्द्रले दलानसंग कुरा गर्दै भने, मोर्चाको बैठकमा यी विषय वाहेक अव अगामी रणनिती वारे समेत छलफल भएको बताए । हामीले अहिले संविद्यानसभाको हरेक समितीहरुमा लिखित असहमतीहरु जनाउने छौ, महतोले भने, संविद्यानसभाको हरेक प्रक्रियामा पहिला हामीले विरोध जनाउदै अगाडी वढछौ, अन्त्मि समय सम्म हाम्रो प्रयास भित्र रहनेछ, अन्तिम चरणमा कुनै सुनवाई नहुने अवस्था आए हामी वाहिरेने छौ । साथै मोर्चाले संविद्यानसभा भित्रको संघर्ष संगै सडकमा पनि विरोधका विभिन्न संघर्ष मुलुक कार्यक्रमहरु गर्नेछन ।

 
गएको सोमवार मात्रै गच्छदार सहित चार दलहरु विच भएको १६ बुदे सहमतीको मधेशमा चौतर्फी विरोधहरु भईरहेको छ । मधेशका विभिन्न जिल्लाहरुमा १६ बुदे सहमती पत्र सहित प्रमुख चारका शिर्ष नेताहरुको पुतला समेत जलाइएको छ ।

No comments:

Post a Comment