Monday, June 8, 2015

संविद्यानसभा त्याग्ने वारे तीन प्रमुख मधेशी नेतृत्व विच छलफल सुरु


प्रमुख तीन पार्टीहरु र विजय गच्छदारले गरेको ८ प्रदेशको सहमतीको विरोध गर्दै गरेका प्रमुख तीन मधेशी पार्टीहरुका अध्उयक्षहरुले अगामी रणनितीवारे आज अनौपचारिक छलफल गरेका छन । ३० दलीय मोर्चामा वालुवाटार सहमतीको विरोध गर्दै वाहिर निस्केका मधेशी जनजातीहरुको २८ ओटा दलहरुको पनि आज छुटै वैठक भएको थियो । ३० दलीय मोर्चावाट अल्गीएको घोषाण गरेको २८ दलको भोली विहान ११ बजे फेरी अर्को बैठक बस्दै छन । यता मधेशी मोर्चाकै एक घटक गच्छदारले आफुहरुको चाहना विपरित सहमती गर्न पुगेको भन्दै महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले अब कसरी अगाडी बढने वारेमा शिर्ष स्तरमा छलफल अघि वढाएका छन ।

महतोले भने, हामी तीन जना विच विभिन्न माध्यमले कुराकानी भईरहेको छ । हामी पहिला हेरिरहेका छौ, महतोले भने, यी चार ओटा दलहरु कसरी संघियतालाई गणितको दम्भवाट सिध्याउछन, त्यसपछि हामी आफनो वाटो पनि निर्धारण गर्ने छौ । महतोका अनुसार चार दलविच भएको सहमतीलाई संविद्यानसभा मार्फत गणितीय हिसावले अगाडी वढाउन खोजे मधेशी पार्टीहरु संविद्यानसभावाट राजनामा दिएर संघर्षमा होमिने छन । हामी संघर्षमा कसरी जाने वारेमा छलफल गरीरहेका छौ, महतोले तर चार दलको केही अझै निर्णयहरु र कदमहरुलाई पर्खर बसेका छौ, महतो भने । संविद्यानसभाले हाम्रो भावनालाई सम्बोधन गर्न नसक्ने अवस्था आयो भने त्याहा हामी बसीरुहनुको कुनै औचित्य नै हुदैन, महतोले भने । उनका अनुसार तमलोपा, फोरम नेपाल र सदभावना पार्टी संघियताका लागी संघर्षको वारेमा आन्तरिक छलफल गरीरहेको छ । आज विहान भएको वालुवाटार सहमती पश्चात यी तीनै पार्टीहरुका अध्यक्षहरु एक अर्कोको सम्पर्कमा रहेका छन । यी पार्टीहरुलाई ३० दलीय मोर्चामा सहभागी जनजाती पार्टीहरुको पनि समर्थन छन ।


आजै वालुवाटारको सहमतीको विरोधमा उत्रिएका मधेशी तथा जनजाती पार्टीहरु सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै संघियतालाई तत्काल मुर्त रुप दिन माग गरेका थिए । उनीहरुले विना सिमाकंन गरिने कुनै पनि सहमती आफुहरुले नमान्ने चेतावनी दिएका थिए । पत्रकार सम्मेलनमा तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठीले आफुहरु वालुवाटार सहमतीको विपक्षमा रहेको जनाएका थिए । त्यसैगरी सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संघियताको सिमाकंन लाई अहिले नै टुगो लगाए आफुहरु पनि सहमती अनुसार अघि वढन तयार रहेको जनाएका थिए ।



३० दलीय मोर्चामा विगत केहि समय अघि देखि नै खटपटहरु हुदै आएका छन । प्रचण्डले आफुखुशी आन्द्योलन फिर्ता लिए पछि मधेशी पार्टीहरुले बैठक नै बहिष्कार गर्न पुगेका थिए । तर पछि प्रचण्डले फेरी विभिन्न स्तरमा वार्ता गरेर मधेशी पार्टीहरु बैठकमा बस्न लगाएका थिए । १२ बैशाखको भुकम्प पश्चात खासगरी चर्चामा आएको राष्टिय सरकारको सवालमा सुरु देखि नै दुई धार देखिदै आएका थिए । विजय गच्छदार र प्रचण्ड सुरु देखि नै यसको पक्षमा थिए भने अन्य मधेशी पार्टीहरु सहित जनजाती पार्टीहरुले संघियता सहितको संविद्याँन जारी गर्न गरीको वातावरण बनाउन माग गर्दै आएका थिए ।


No comments:

Post a Comment