Tuesday, June 2, 2015

संघियतालाई थाती राख्दै संविद्यान जारी गरिने - मधेशी पार्टीहरु सहितको सर्वपक्षिय सरकार बनाउने तयारी



प्रमुख तीन पार्टीहरु र मधेशी पार्टीहरुले संघियतालाई तत्काल थाती राख्दै नयां संविद्यान जारी गर्ने र सबैको सहभागीतामा नयां राष्टिय सरकार बनाउने तयारीको अन्तिम कसरतमा लागेको नेताहरुले बताएका छन । पहिलो संविद्यानसभा देखि नै सबै भन्दा पेचिलो बन्दै आएको संघियताको सन्र्दभमा दलहरु तत्कालका लागी प्रदेशको संख्या तोकेर त्यसको नामाकंन र सिमांकन पछि विज्ञहरुको समितीहरुले बनाउने गरी सहमती गर्न लागेको छ । मंगलवार विहान र बेलुकी बसेको प्रमुख चार दलको बैठकमा दलहरुले नयां संविद्यानमा देखिएको विवादित मुद्धाहरुलाई अन्तिम छोनोफानो गरीरहेको बुझिएको छ । मंगलवार विहान बसेको चार दलको बैठकले निर्वाचन प्रणली वारेमा ६०/४० मोडेलमा सहमती गरी सकेको बुझिएको छ । मंगलवार विहान चार दलको बैठक पश्चात दिउसो बसेको ३० दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सरकारमा सहभागी हुनु पर्ने बाध्यतात्मक अवस्था रहेको बताएका थिए । ३० दलीय मोर्चामा मुख्यगरी केही मधेशी पार्टीहरुले सुरु देखि नै यसको विरोध गर्दै आएका थिए । 

तर आज विहान वालुवाटारमा भएको चार दलहरु विचको सहमती वारेमा ती मधेशी पार्टीहरुले समेत केही बोलेका छैन । केही नेताहरुले भोली दिउसो बस्ने ३० दलीय मोर्चाको बैठकमा यसवारेमा छलफल हुने बताएका छन । आज दिउसो मात्रै सरकारमा सहभागीताको कडा प्रतिवाद गर्दै आएका फोरम नेपालको राजनिती समितीको बैठकले नयां संविद्यानको अन्तरवस्तूमा सहमतीको वातावरण बने सरकारमा सहभागी हुने निर्णय गरेका थिए । फोरम नेपालका उपाध्यक्ष तथा सभासद लालबाबु राउतका अनुसार फोरम नेपालले संविद्यानको सन्दर्भमा प्रस्तुत गरेको अवधारणहरुले दलहरुले सहमतीको क्रममा सम्बोधन गर्न तयार भए फोरम नेपाल सरकारमा सहभागी हुन तयार हुन सक्छ । राउत भन्छन, हामीले सरकारमा सहभागी नै हुन्नौ भनेका छैन, तर पहिला नयां संविद्यान जारी हुने आधार तयार हुने पर्यो ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज प्रमुख चार दलहरु विच वालुवाटारमा भएको समझदारी वारेमा आफुलाई कुनै जानकारी नरहेको भन्दै पन्छिए । महतोले भने, हामी त्यो बैठकमा गएका पनि छैन, त्यसवारेमा कुनै जानकारी पनि छैन ।

हिजो मात्रै ३० दलीय मोर्चाको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष हृदेश त्रिपाठी र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले नयां सरकार निर्माणको कडा प्रतिवाद गरेका थिए । यद्यपी प्रचण्ड र मधेशी पार्टीहरुको अध्यक्षहरुको छुटै बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले साकारात्मक रुपमा बोलेको केही नेताहरुले बताएका थिए ।

No comments:

Post a Comment