Monday, June 1, 2015

एमाओवादी - मधेशी मोर्चा भित्र नयां सरकार वारे छलफल सुरु


एमाओवादी तथा मधेशी पार्टीहरु सम्मलीत ३० दलीय मोर्चामा आज देखि नयां सरकारको वारेमा विधिवत छलफल सुरु भएको छ । हिजो मात्रै ३० दलीय मोर्चामा एमाओवादी अध्यक्ष प्रचण्डले नयां सरकारको प्रस्ताव पेश गरेका थिए । ३० दलीय मोर्चाले प्रचण्डले उक्त प्रस्ताव पेश गर्नु अघि प्रमुख पांच ओटा मधेशी पार्टीहरु र अशोक राई सम्मलीत सात दलीय मोर्चाका अध्यक्षहरु संगै छुटै छलफल गरेका थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवका अनुसार आज देखि मोर्चा भित्र सरकारमा कसरी सहभागीता हुने र नयां संविद्यानको अन्तरवस्तूमा कसरी सहमती खोज्ने तथा राहत र पुर्ननिर्माणको विषयमा मोर्चामा सामेल दलहरु कसरी अघि वढने वारेमा छलफल थालेका छन । देवले भने, यो छलफल अझै केही समय जारी रहने छ, त्यस पछि मात्रै हामी एउटा ठोस निष्कर्षमा पुग्ने छौ ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार आजको बैठकमा बोल्ने अधिकांश मधेशी पार्टीहरुका नेताहरुले पहिला संविद्यानको विवादित मुद्धामा सहमती गरेर मात्रै सरकारमा सहभागी हुन सुझाएका थिए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार वाहेक अन्य सबै मधेशी पार्टीहरुका नेताहरुले आजको बैठकमा बोलेका थिए । गच्छदार भोली बोल्ने कार्यक्रम छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले वकालत गर्दै आएको नयां राष्टिय सरकारको वारेमा मोर्चा भित्रै व्यापक मतभेदहरु देखिदै आएका छन । खासगरी मधेशी पार्टीहरुको एउटा खेमा अहिले तत्कालै सरकारमा सहभागी हुने पक्षमा देखिएका छैन । यद्यपी गच्छदार लगायतका केही नेतृत्वहरु सहमतीको आधारमा बन्न राष्टिय सरकारको पक्षमा विस्तारै खुल्न थालेका छन । गच्छदार अन्य मधेशी नेतृत्वहरु विचको यही दुरीका कारण होला छुटै पुर्नजिवित गराएका मधेशी मोर्चाको बैठक समेत बस्न सकिरहेको छैन । मधेशी मोर्चाले संद्यियता सहितको नयां संविद्यान जारी नहुन्जेल सरकारमा सामेल नहुने निर्णय गरेका थिए ।

No comments:

Post a Comment