Tuesday, June 30, 2015

संविद्यानसभा भित्रै प्रारम्भिक मस्यौदा च्याते मधेशी पार्टीहरु । भोली मधेशमा मस्यौदा जलाउदै

संविद्यानसभा भित्रै प्रारम्भिक मस्यौदा च्याते मधेशी पार्टीहरु ।

१६ बुदेको आधारमा संविद्यानसभामा प्रमुख दलहरुले पेश गरेको नयां संविद्यानको मस्यौदालाई प्रमुख मधेशी पार्टीहरुले संविद्याँनसभा भित्रै च्यातेर अस्वीरकार गर्ने जनाएका छन । संघियता लगायत अन्य कयौन विषय तीव्र असन्तुष्टि जनाईरहेका मधेशी पार्टीहरु संघियता सहितको नयां संविद्यान जारी हुनु पर्ने माग गर्दै आईरहेका छन । प्रमुख दलहरुको १६ बुदे सहमतीको आधारमा ल्याएको मस्यौदालाई भोली मधेशका जिल्लाहरुमा जलाउने निर्णय यस अघि नै मधेशी पार्टीहरुले गरीसकेका छन । आज संविद्यानसभामा पेश गरिएको मस्यौदा माथी प्रमुख मधे्शी पार्टीहरुले ९ पेज लामो फरक मत पेश गरेका थिए । यद्यपी प्रमुख पार्टीहरुले त्यसलाई पुरै नजरअन्दाज गरेका छन ।


हालै सर्वोच्च अदालतले समेत १६ बुदेलाई करेक्सन गरेर संघियता सहितको संविद्यान वर्तमान संविद्यानसभा वाटै जारी गर्न अन्तरिम आदेह दिएका थिए । तर प्रमुख दलहरुले सर्वोच्चको आदेशलाई समेत अवज्ञा गर्दै मस्यौदा निर्माणको प्रक्रिया अघि वढाएका हुन ।

१६ बुदे सहमतीले संघियतालाई समाप्त पार्न लागेको भन्दै मधेशमा व्यापक विरोध भईरहेको छ । १६ बुदेको आधारमा ल्याएको मस्यौदाले मधेश आन्द्योलनको सवै मर्महरुलाई इन्कार गरेको देखिन्छ । नयां संविद्यानको प्रस्तावनामा मधेश आन्दोलनलाई सम्बोधन समेत गरिएको छै्रन । मधेशी पार्टीहरु मस्यौदा लाई यसरी नै पास गर्न खाजे आफुहरु आन्दोलनमा जाने बताइ सकेका छन ।

यो पनि पढनुस  

नयां संविद्यानमा यसरी ठगिदैछ मधेश ! http://www.dalannepal.com/2015/06/blog-post404.html

No comments:

Post a Comment