Wednesday, June 24, 2015

भारतीय विदेशमन्त्री स्वराज मधेशी नेतृत्व सहित अन्य पार्टी अध्यक्षहरु संग सामुहिक लन्च गर्ने

भारतीय विदेश मन्त्री सुष्मा स्वराज 


दाता सम्मेलनमा भाग लिन आज काठमाडौ आईपुगेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली मधेशी पार्टीहरु सहित अन्य प्रमुख पार्टीहरुका अध्यक्षहरु संग सामुहिक लन्च गर्दै छिन । दाता सम्मेलनको उदघाटन सत्र पश्चात भारतीय विदेश मन्त्री स्वराजले काठमाडौको सोल्टी होटलमा पार्टीहरुका अध्यक्ष संग सामुहिक लन्च मिटिंग राखेको काठमाडौ सिथत भारतीय दुतावासले जनाएको छ ।

 
नयां संविद्यान निर्माणका लागी हालै प्रमुख चार दलविच भएको १६ बुदे सम्झौता पश्चात थप विवादमा फसेको नेपालको राजनितीक माहौलको सन्दर्भमा भारतीय विदेश मन्त्रीले गर्ने राजनितीक भेटघाटलाई महत्वपुर्ण रुपमा लिएको छ । स्रोतका अनुसार भोली सामुहिक लन्च लगतै नयां संविद्यान निर्माणको प्रक्रियामा असन्तुष्टि जनाईरहेका मधेशी पार्टीहरुका अध्यक्षहरु संग छुटै पनि कुराकानी हुने छन ।


आज काठमाडौ आज लगतै भारतीय विदेश मन्त्री स्वराज प्रधानमन्त्री सुशिल कोईरालालाई भेटेका थिए । गएको १२ बैशाखमा आएको महाभुकम्प पश्चात भारतीय पक्षले खुलेरै आफुहरु नेपालमा सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए । मुख्यगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समाजिक संजाल मार्फत नै आफुहरु नेपालमा सक्दो सहयोग गर्न इच्छुक रहेको बताएका थिए । नेपाल सरकारले दाता सम्मेलनमा भारतीय प्रधानमन्त्री र चिनिया प्रधानमन्त्रीलाई नै सहभागी हुन निमन्त्रणा गरेका थिए । तर बैठकमा दुवै छिमेकीहरुको विदेश मन्त्रीहरु सहभागी भएका छन ।

काठमाडौमा भारतीय विदेशमन्त्री स्वराज आउनु केही अघि मात्रै संविद्यानसभाको मस्यौदा समितीले आफनो म्याद दुई दिनका लागी थप गरेका थिए । नेपालको राजनितीमा प्रभावशाली मानिने दक्षिणी छिमेकी भारतीय विदेशमन्त्री स्वराजको हुने राजनितीक भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

No comments:

Post a Comment