Tuesday, June 23, 2015

१६ बुदे प्रति नेपाली काग्रेस धनुषाको आपत्ति


सत्तारुढ नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदे सम्झौताप्रति नेपाली काँग्रेस धनुषाले असहमति जनाएको छ ।

नेपाली काग्रेस धनुषा सम्बद्ध नेताहरुले गएको १ अषाढ मंगलबार नै जारी गरेको संयुक्त विज्ञप्तिमा बुंदा ३ मा आपत्ति जनाइएको छ ।‘ प्रदेशको सिमांकन सिफारिस गर्न विज्ञहरु सम्मिलित आयोग गठन गर्नुपर्ने र तीन महिना भित्र आयोगले प्रतिवेदन बुझाउनु पर्ने समय सीमा निर्धारण गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ– आयोगको सुझावलाई संबिधान सभाबाट पारित गरि संबिधानमा समावेश गर्नुपर्ने र सीमांकन सहितको ८ प्रदेशको संघिय संरचना घोषणा गर्नुपर्छ ।


प्रत्यक्ष तर्फको १ सय ६५ निर्वाचन क्ष्ँेत्र भुगोलको अधारमा नभै जनसंख्याको अधारमा हुनुपर्ने माग गर्दै विज्ञप्तिमा भनिएको छ – १६ बुदेको बुंदा नम्बर ५ संशोधन गर्नुपर्छ ।

‘महिला अथवा पुरुषले बिहागरि ल्याएका पति,पत्नीलाई तत्कालै बैबाहिक अंगिकृत नागरिकता उपलब्ध गराउनु पर्ने अन्तरिम संबिधानको मर्म र भावनाको पालना हुनुपर्छ’विज्ञप्तिमा अगाडी भनिएको छ– नागरिकता पाउने वितिकै महिला पुरुषले आम नेपाली नागरिक सरहको हक उपभोग गर्न पाउनु पर्छ ।

नेका धनुषाका सचिव कोमलकान्त झा, नेका जनकपुर उपमहानगर सभापति धिरेन्द्रकुमार झा, विजयशंकर साह, क्षेत्रिय सभापतिहरु हरिशंकर साह, योगेन्द्र पजियार, राजकिसोर सिंह, रामकृष्ण मण्डल,परमेश्वर यादव, जिल्ला सदस्यहरु कन्हैयालाल कर्ण, प्रेमचन्द्र झा, राम उदय यादव, गणेश झा लगायतकाहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ति निकालेका छन ।

जनकपुर टुडे

No comments:

Post a Comment