Friday, June 12, 2015

मधेशी मोर्चा द्धारा संविद्यानसभा वहिष्कार । भोली राष्टपतिलाई ध्यानाकार्षण गराउदै


























१६ बुदे सहमतीको विपक्षमा उभिएका मधेशी मोर्चाले आजको संविद्याँनसभा वहिष्कार गरेका छन । १६ बुदेलाई असंवैद्यँनिक भन्दै आएका मोर्चाले त्यसलाई रोक्नका लागी भोली विहान ९ बजे राष्टपति रामवरण यादवलाई समेत भेटेर ज्ञापन पत्र दिदै छन । हिजो मात्रै संवैद्यँनिक समितीमा छुटै फरक मत राखेको मोर्चाले संविद्यानसभामा भित्र हुने छलफलमा समेत अब भाग नलिने जनाएका छन । आजको बैठकमा मोर्चाको तर्फवाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले धारणा राखेर बैठक बहिष्कार गरेको घोषणा गरिएको थियो ।




गएको सोमवार राती प्रमुख तीन दल र फोरम लोकतन्त्रिक विच भएको १६ बुदे सम्झौताले संघियतालाई समाप्त परेको आन्तरिक निष्कर्ष निकाले यो मोर्चामा रहेका पांच ओटा मधेशी पार्टीहरुले आफनो अगामी रणनितीको वारेमा आन्त्रिक छलफललाई समेत तीव्रता दिएको छ । नेताहरुका अनुसार विना संघर्ष संघियता नआउने भएका अन्य पक्षहरु संग समेत छलफलहरु भईरहेको छ । आज मात्रै मधेशी पार्टीहरुले थारु तथा जनजाती सभासदहरु संग छलफल गरेका छन । यता प्रमुख दलहरु काग्रेस, एमाले र एमाआवादी भित्रकै मधेशी नेताहरु समेत १६ बुदे प्रति साकारात्म्क नभएको विस्तारै देखिन थालेको छ । हिजो मात्रै काग्रेस नेता अमरेश सिंहले १६ बुदेको विपक्षमा छुटै प्रस्ताव पेश गरेका थिए ।



८ प्रदेशको संघिय खाकामा सहमती गरेका प्रमुख चार दलहरुले प्रदेशहरुको सिमांकन र नामाकंनका लागी छुटै आयोग बनाउने भने पछि मधेशमा व्यापक असन्तुष्टि देखिएका छन ।  मधेशी मोर्चामा आबद्ध तमलोपा, फोरम नेपाल, सदभावना पार्टी, तराई मधेश सदभावना पार्टीले भोली त्यसकै वारेमा संविद्यानका रक्षक समेत रहेका राष्टपतिलाई ध्यानाकर्षन गराउन लागेको बताएका छन । यी दलहरुले राष्टपतिलाई १६ बुदे सहमती रोक्नका लागी राष्टपतिलाई आग्रह गरिने बुझिएको छ ।

No comments:

Post a Comment