Tuesday, June 9, 2015

भोली मधेशमा १६ बुदे जलाउने । संविद्यानसभा छाडने वारेमा तीन मधेशी पार्टीहरु आन्तरिक तयारीमा


प्रमुख चार दलहरुले गरेको १६ बुदे सम्झौताले संघियतालाई समाप्त पार्ने काम गरेको निष्कर्ष निकाल्दै प्रमुख तीन मधेशी पार्टीहरुले त्यसको विरुद्धमा संघर्षमा होमिने तयारीमा जुटेको बताएका छन । आफनै गठवन्धनका प्रमुख घटकहरु समेत सता स्वार्थका लागी संघियतालाई समाप्त पार्ने काम गरेको भन्दै यी दलहरुले संविद्यान वहिष्कार समेत गर्ने भएका छन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, हामी संविद्यानसभालाई पुर्ण वहिष्कार गर्ने छौ । कर्णका अनुसार मधेशी पार्टीहरु अहिले संविद्यानसभा वहिष्कार गरे पनि यी पार्टीहरु आन्तरिक रुपमा संविद्यानसभामा अब बसीरहनुको कुनै औचित्य नरहेको निष्कर्ष निकालेका छन । कर्णले भने, सदभावना पार्टी, तमलोपा र फोरम नेपाल आन्तरिक रुपमा संविद्यानसभा छोडने वारेमा छलफल गरीरहेको छ । उनले भने, प्रमुख दलहरुले जसरी संविद्यानसभाले प्रक्रियालाई अघि वढाउने काम गर्ने छ, यी ती पार्टीहरुले त्यही अनुरुप संविद्याँनसभा छाडने घोषणा गर्ने छ ।

भोली १६ बुदे जलाउने ।

प्रमुख चार दलहरु विच भएको सहमतीको मधेशमा चौतर्फी विरोध भईरहेको वेला आज वेलुकी बसेको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको बैठकले भोली काठमाडौ सहित मधेशका सबै जिल्लाहरुमा १६ बुदे सहमती पत्र जलाईने निर्णय गरेका छन । सदभावनाका नेता कर्णका अनुसार १६ बुदे सहमतीले संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएकाृ हो । आज पनि मधेशका कतिपय जिल्लाहरुमा स्वस्फुर्त रुपमा १६ बुदे सहमती र प्रमुख चारका शिर्ष नेताहरुका पुतला जलाईएको थियो । 

No comments:

Post a Comment