Thursday, June 4, 2015

एमाले धनुषाका सचिव यादव रिहा

एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादव


नेकपा एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादव पक्राउ परेकै दिन हिजो बुधबार जिल्ला अदालत धनुषाबाट रिहा भएका छन ।अदालतले उनलाई २७ हजार धरौटीमा रिहा गरेका थिए । अदालतको ६ नम्बर इजलासका न्यायधिश मुकेश उपाध्यायले उनलाई धरौटी लिएर सधारण तारेखमा रिहा गर्ने आदेश गरेपछि यादवले नगद धरौटी जम्मा गरि रिहा भएका थिए ।

प्रहरीले उनलाई धनुषा जिल्लाको महुवा वडा नम्बर ४ हनुमान चोकबाट मंगलबार पक्राउ गरेको
थियो ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १ मुसहरी टोलमा बस्ने रामसेवक राउतलाई गत चैत ८ गते राती १० बजे कुटपिटगरि हत्या गरेको अभियोग यादवमाथि लगाइएकोछ ।उनलाई जिल्ला अदालत धनुषाले फरार अभियुक्तको सुचीमा राखेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
पक्राउ परेका यादवलाई प्रहरीले बुधबार जिल्ला अदालतमा उपस्थित गराएपछि थुनछेक वहस भएको थियो ।यादवको तर्फबाट अधिवक्ता दिपेन्द्र साह, श्याम मिश्र लगायतले वहस गरेका थिए ।विपक्षमा जिल्ला न्यायधिवक्ता, अनिल सादा लगायतले वहस गरेका थिए ।

एमालेले पहिलेदेखि नै प्रहरीले केहि राजनीतिक नेता,कार्यकर्ताहरुको दबाबमा पूर्बाग्रही भएर एमालेका निर्दोष नेता,कार्यकर्ताहरुलाई फसाएको आरोप लगाउदै आएको छ ।
उक्त घटनामा नेकपा एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य समेत रहेका जनकपुर अञ्चल ईञ्चार्ज योगनारायण यादव समेत तीन दर्जन नेता,कार्यकर्तामाथि ज्यान मार्ने मुद्दा चलाइएकोछ । योग नारायण यादवलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेका छैन । 

No comments:

Post a Comment