Wednesday, June 3, 2015

एमालेका धनुषा सचिव लक्ष्मी नारायण यादव पक्राउ - योग नारायण यादव अझै फरार

एमालेका धनुषा सचिव लक्ष्मी नारायण यादव

धनुषा प्रहरीले एमालेका जिल्ला सचिव लक्ष्मी नारायण यादवलाई पक्राउ गरेर बुधवार अदालतमा उपस्थित गराएका छन । गएको ८ चैतमा भएको सबैला काण्डमा लक्ष्मी नारायण यादव एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य योग नारायण यादव संग हत्यामा मुछिएका थिए । योग नारायण यादव अझै फरार  छन । तर उनका अत्यन्तै निकट मानिने् जिल्ला सचिव लक्ष्मी नारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेका छन । सबैलामा स्थानिय विद्यालयको व्यवस्थापन समितीको चुनावको लागी भईरहेको बैठकमा तनाव उत्पन्न भएपछि झडप भएको थियो र उक्त झडपमा तीन जनाको मृत्यू भएको थियो । 


एमालेका नेता योग नारायण यादव

घटना लगतै धनुषा प्रहरीले एमालेका चर्चाीत त्यस क्षेत्रका नेता योग नारायण यादव सहित केही स्थानिय नेताहरुमाथी मुद्धा दायर गर्दै पक्राउ पुर्जी जारी गरेका थिए । त्यस यता योग नारायण यादव सहित लक्ष्मी नारायण यादव पनि फरार थिए । धनुषा प्रहरीले उनलाई जनकपुर नजिकैको महुवा गाविसको हनुमान चौकवाट पक्राउ गरेको जनाएको छ । लक्ष्मीलाई प्रहरीले पक्राउ गरेपछि अब योग नारायण यादव पनि चाडै पक्राउ पर्ला कि भन्ने चर्चा जनकपुर व्याप्त छन । यद्यपी सबैला काण्डको अनुसन्धानमा खटिएका स्थानिय प्रहरी अधिकारीका अनुसार लक्ष्मीले अहिले सम्म योग नारायणको वारेमा कुनै सुचना दिएका छैन । ती प्रहरी अधिकारीका अनुसार लक्ष्मीले घटना पश्चात आफनो कुनै सम्पर्क योग नारायण संग नभएको बताएका छन ।

No comments:

Post a Comment