Thursday, May 7, 2015

चकनाचुर चौतारा

सिन्धुपाल्चौकको सदरमुकाम चौताराको भुकम्पीय व्यथा

गुगल अर्थम्यापमा भुकम्प अघिको चौताराको दृश्य






















चौताराको पुरानो बस्ती पुर्ण रुपमा ध्वस्त भएको दृश्य




चौतारा (सिन्धुपाल्चौक)  - १२ बैशाखमा आफना केही कामका लागी निस्केका ६२ बर्षीय निम प्रसाद ढुंगानाका लागी त्यो दिन जिन्दगीकै सर्वाद्यीक पिडामय हुन पुग्यो । चौतारा नगरपालिकै ४ नम्बर वडामा पर्ने भालुवानका ढुंगानाले त्यो दिन व्योहारोको त्रासदीलाई भन्नमा पनि डराउछन । उनी भन्छन, हेर्दा हेर्दै मेरो आखा अगाडी यो चौतारा बजार चकनाचुर हुन पुग्यो ।  उनी त्यो दिन विहानै खाना खाएर १० बजे तिर समान किन्नका लागी चौतारा बजारमा छिरेका थिए । बजार आए पछि यसो चिनजानको मान्छेहरु संग कुराकानी गर्र्नै पर्यो, उनी भन्छन, चौताराको पुरानो बजारवाट नयां बजार तिर समान किन्नकै लागी अगाडी वढेका थियौ, त्यतीकै वुढो शरीर लतपत भयो, म आफुलाई सम्हालेर भाग्न खोजे र भागे पनि तर मेरै अगाडी पांच मिनेट यो पुरै बजार ध्वस्त हुन पुग्यो र दर्जनौ मान्छे त्यसमा पुरिए ।


गएको आईतवार चौतारा बजारमा राहतका लागी भौतारिरहेको ढुंगाना त्यो त्रासदीका एक मात्र साक्षी चाही होईन । काठमाडौ नजिकै रहेको नेपालको सिन्धुपाल्चौकको जिल्लाको सदरमुकाम चौतारा पहाडको काखमा अवस्थीत एउटा सुन्दर र सानो सहर थियो ।  केही समय पहिला मात्रै गाविस वाट नगरपालिका भएको चौतारावाट पहाडका मनमोहक दृश्यहरु अझै पनि हेर्न सकिन्छ । किनकी यो सहर आफै पहाडको काखमा अवस्थीत छ ।

चौताराको नयां बस्तीको पनि सबै घर क्षतीग्रस्त देखिन्छन । 

हुनत १२ बैशाखमा आएको भुकम्पवाट चौतारा मात्र क्षतीग्रस्त भएको होईन । तर चौतरा सदरमुकाम भएको जिल्ला सिन्धुपाल्चौक सर्वाद्यिक क्षतीग्रस्त जिल्ला हो । भुकम्पवाट मृत्यू हुनेको संख्याको आधा यही जिल्लावाट देखिएका छन । चौतारा मात्रको कुरा गर्ने हो भने, कुनै पनि एउटा यस्तो घर वाकी छैन, त्याहा मानिस बस्न सक्ने अवस्था छ । चौताराको पुरानो वस्ती भन्ने पुरानो बजार पुर्ण रुपमा ध्वस्त भएको छ भने नयां वस्ती भन्ने नयां बजारका जम्मै घरहरु तहसनहस अवस्थामा देखिन्छन ।

भुकम्पले घर बस्न लागयक नरहेपछि चौतारा वासीन्दा घरवाट सामनहरु निकाल्दै

त्याहाका मानिसहरुको चौताराको माथिल्लो भागमा रहेको टुडीखेल मैदानमा क्याम्प भित्र बसीरहेका छन भने, उनीहरुलाई सेना प्रहरी लगायतको टोलीले बिहान वेलुकी खानाको बन्दोबस्त गरीदिन्छन । सेना र प्रहरी वाहेक राज्यको अरु निकायको कुनै उपस्थिती देखिदैनन चौतारामा । जिल्ला प्रशासन कार्यलयमा सुचना कक्ष बनाएर बसेका केही अधिकारीहरु मृतक तथा धाईतेहरुको संख्या अपडेट गर्नु वाहेक अरु कुनै काम गर्दैन ।

चौताराको एक मात्र उच्च माध्यमिक विद्यालय पुर्ण रुपमा क्षतीग्रस्त भएका छन

चौताराको विच भागमा रहेको त्याहाका्े एक मात्र उच्च माध्यमिक विद्यालय पुर्णरुपमा ध्वस्त देखिन्छ । सरकारी कार्यलयको हकमा जिल्ला विकास समितीको कार्यलय पुर्ण रुपमा ध्वस्त छन भने, प्रहरी कार्यलय, जिल्ल अदालत लगायतका सरकारी कार्यलयहरु क्षतीग्रस्त भएको छ । जिल्ला प्रशासन कार्यलय जोगिएको देखिन्छ ।

चौताराको टुडिखेलमा रहेको विरामी शिविर

जिल्ला प्रशासन कार्यलय नजिकै रहेको टुडिखेलमा चनाचटपटे बेच्दै आएकी ज्ञानु तमाड भन्छिन, यदी विदा वाहेकको दिनमा त्यो भुकम्प आएको चौतारा पुरै लासमय हुन्थयो । उनी भन्छिन, विदाको दिन भएकाले धन्न मानिसहरु कम परे । विदाको दिनमा गाउहरुवाट चौतारा कम मानिस आउने गर्छन, पुरै ध्वस्त भएको विद्यालयमा याहाका सबै बच्चहरु थिएन, सरकारी कार्यलयमा मानिसहरु पुगेका थिएन, उनी भन्छिन नत्र के हुन्थयो तपाई आफै अनुमान लगाउनुस ।

चौताराको टुडिखेलमा सेनाले त्याहाका सवैलाई खानाको बन्दोबस्द गर्दै छन

हो शनिवार भएकाले सिन्धुपाल्चौकको गाउहरुवाट मानिसहरु सदरमुकाम चौतारा त आएका थिएन तर भुकम्पले सिन्धुपाल्चौक गाउहरु पनि पुर्ण रुपमा ध्वस्त भएको छ । गाउहरुका एउटा पनि घरहरु देखिएका छैन, मानिसहरु त्रिपाल मुनको खुल्ला जिवन यापन गरीरहेका छन । ती गाउहरुमा समेत मृतकहरुको संख्या कम छैन वरु चौतारा भन्दा गाउहरुमै मानिसहरु वढी मृत्यु भएको देखिन्छन ।

No comments:

Post a Comment