गोरखाको पास्लुडमा राहत विरण गर्दै भारतीय सांसद जगदम्बिका पाल |
भारतीय सांसद जगदम्बिका पालले आज भुकम्पवाट प्रभावित परिवारहरुलाई गोरखामा राहत वितरण गरेका छन । आफनो निजी प्रयासमा उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री समेत भईसकेका पालले एक ट्रक राहतका साम्रगीहरु लिएर आफै आईतवार विहान गोरखा पुगेका थिए । गोरखा पुगे पछि प्रशासन संग भुकम्पीय क्षतीको वारेमा जानकारी लिएका पालले आफनै हाथवाट २ सय परिवारलाई राहत वितरण गर्न क्षतीग्रस्त पास्लाड पुगे ।
नेपालको कपिलवस्तू जिल्लाको सिमवर्ती क्षेत्र सिद्धार्थनगरका पाल फोरम नेपालका युवा नेता तथा सभासद अभिषेक प्रताप शाहको सहयोग र साथमा गोरखा पुगेका थिए । अत्यद्यिक रुपमा पिडित परिवारहरुले माग गरीरहेको त्रिपाल संगै चामल, चिउरा, साबुन, झुल, तन्ना, विस्कुट लगायतका एक ट्रक साम्रगीका साथ पाल गोरखा पुगेका थिए ।
गोरखा सदरमुकाममा प्रमुख जिल्ला अधिकारी र स्थानिय विकास अधिकारीसंग छलफल गर्दै |
गोरखा सदरमुकाममा पाल संगको छलफलमा जिल्ला प्रमुख अधिकारी र स्थानिय विकास अधिकारीले सानो हेलीकप्टर नभएका कारण गोरखाको विकट १५ ओटा गाविसहरुमा राहत अहिले सम्म पुर्याउन नसकेको बताए पछि पालले तत्काल नेपाल स्थ्ति भारतीय राजदुतलाई फोन गरेर सानो हेलीकप्टर दुई ओटा गोरखामा पठाई दिन भनेका थिए । गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिम्लिसिनाले ठुलो हेलीकप्टर भए पनि त्यो गोरखाको १५ ओटा गाविसहरु ल्याण्ड गर्न सक्ने अवस्थामा नरहेको बताएको थियो । गोरखामा गएको १२ बैशाखको महाभुकम्प वाट ४ सय १२ जनाको मृत्यू भएको थियो भने अझै ३२ जना सम्पर्क विहिन अवस्थामा छन । उक्त भुकम्पको केन्द्र विन्दू नै गोरखाको वारपाकमा भएपछि उक्त क्षेत्रमा अत्यद्यिक क्षती भएको छ । तर भगौलिक विकटता र भुकम्प पछि ठाउ ठाउमा आएको पहिरोको कारण वारपाक लगायतका विकट क्षेत्रहरुमा अहिले सम्म उद्धार र राहतको काम पुर्ण रुपमा हुन सकेको छैन ।
गोरखाको क्षतीग्रस्त पास्लाड बस्ती |
No comments:
Post a Comment