Sunday, May 31, 2015

गच्छदार द्धारा अन्य मधेशी पार्टीहरुका सभासद संग गोप्य छलफल

राष्टिय सरकार प्रति महन्थ ठाकुर पनि साकारात्मक



नयां सरकार निर्माणको वकालत गर्दै आएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अन्य मधेशी पार्टीहरुका सभासदहरु संग गोप्य रुपमा छलफलहरु अघि वढाएको उनी निकटस्त स्रोतहरुले बताएका छन । गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक समेत सहभागी रहेको मधेशी मोर्चाका कयौन घटकहरुले तत्कालै सरकारमा सहभागी हुन नसक्ने बताईरहदा गच्छदारले ती पार्टीहरु सम्बद्ध सभासदहरु संग गरीरहेको छलफलहरुलाई महत्वपुर्ण रुपमा लिईएको छ । खासगरी मधेशी मोर्चामा सामेल केही प्रमुख मधेशी पार्टीहरु सरकारमा सहभागीको विषयमा साकारात्मक नदेखिए पछि गच्छदारले रणनितीक रुपमा ती पार्टी सम्बद्ध सभासदहरुसंग छलफल अघि वढाएको बुझिएको छ । यस अघि पनि गएको ८ माघको सेरोफोरोमा सर्वपक्षिय सरकारको चर्चा चल्दा गच्छदारले सानेपा स्थित एक पार्टी प्यालेसमा सबै मधेशी पार्टीहरुका सभासदहरुसंग छुटै छलफल गरेका थिए । हिजो शनिवार र गएको शुक्रवार मात्रै फेरी गच्छदारले अन्य मधेशी पार्टीहरु सम्बद्ध सभासदहरु संग छलफल गरेको उनी निकटस्त स्रोतले जनाएका छन । 

पछिल्लो समयमा भुकम्प पश्चात छुटै माहौल सिर्जना भएको भन्दै गच्छदार सहित एमाओवादी समेत सर्वपक्षिय राष्टिय सरकारको पक्षमा वकालत गर्दै आएका छन । पछिल्लो समयमा यही सन्दर्भ प्रमुख दलह्रु विच कयौन चरणको बैठकहरु समेत सम्पन्न भईसकेको छ । प्राय जसो बैठकहरुमा मधेशी मोर्चाको तर्फवाट गच्छदार सहभागी हुदै आएका छन । यद्यपी अन्य केही प्रमुख मधेशी पार्टीहरुले गच्छदारले अघि वढाईरहेको प्रसंगमा आफुहरुको कुनै सहमती नरहेको बताउदै आएका छन । आश्र्चय जनक कुरा त के छ भने हाल मधेशी मोर्चाको संयोजनको जिम्मा सदभावना पार्टीको काधमा छ । गएको मंसीरमा पुर्नजिवित भएको मधेशी मोर्चा चक्रिय नेतृत्वमा चलीरहेको छ । तर मधेशी मोर्चा भित्र पनि गच्छदार र अन्य मधेशी नेतृत्व विचको खटपटका कारण बैठक समेत बस्न सकिरहेको छैन ।

मधेशी पार्टीहरुका नेतृत्वहरु विच देखिएको यही खटपटका कारण होला गच्छदारले ती पार्टीहरु संग सम्बद्ध सभासदहरु मार्फत सरकारमा सहभागीताका लागी नयां माहौल बनाउन लागेको कतिपय भित्रियाहरु बताउने गरेका छन ।

 

एमाओवादी मधेशी मोर्चामा पनि नयां सरकारको वारेमा चर्चा

महन्थ ठाकुर साकारात्मक 



आईतवार विहानै प्रधानमन्त्री निवास वालुवाटारमा फास्ट टयाक मार्फत नयां संविद्यान जारी गर्ने र नयां राष्टिय सरकार बनाउनका लागी चाडै सहमती गर्ने निर्णय गरेका थिए एमाओवादी सहित प्रमुख चार दलहरु । त्यस लगतै आज दिउसो एमाओवादी, ५ ओटा प्रमुख मधेशी पार्टीहरु र अशोक राई सम्मलीत ७ दलीय संघिय मोर्चाको बैठक बस्यो । त्यस लगतै एमाओवादी नेतृत्वको ३० दलीय गठवन्धनको समेत बैठक बसेको थिए । यी दुवै बैठकहरुमा एमाओवादी अध्यक्ष प्रचण्डले आज औपचारिक रुपमा नया. राष्टिय सरकारको प्रस्ताव गरेको नेताहरुले बताएका थिए । ७ दलीय गठवन्धनमा मधेशी पार्टीहरुका अध्यक्षहरु सहभागी थिए भने ३० दलीय गठवन्धनमा दोस्रो तहका नेताहरु सहभागी थिए । ७ दलीय बैठकमा सहभागी एक शिर्ष नेताका अनुसार प्रचण्डले गरेको नयां राष्टिय सरकारको प्रस्ताववारे आफनो धारण राख्ने क्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर समेत साकारात्मक देखिएका थिए । ठाकुरले नयां संविद्यानको विषयवस्तूमा दलहरु विच सहमती गरेर नयां राष्टिय सरकार बनाउदा हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएको थियो । ३० दलीय बैठकमा भने प्रचण्डको प्रस्तावमा आज अन्य पार्टीहरुले धारणा राख्न पाएनन । प्रचण्डले राखेको आजको प्रस्तावलाई दलहरुका शिर्ष नेताहरुले छलफलका लागी आएको र अब यस माथी छलफल सुरु हुने बताएका छन ।

No comments:

Post a Comment