Friday, May 22, 2015

अब नयां मोर्चाबन्दी हुन्छ - मधेशी नेतृत्वहरु

३० दलीय गठवन्धनमा समेत रहेका कतिपय मधेशी पार्टीहरुले अब उक्त मोर्चाबन्दीको समाप्त भईसकेको बताउछन ।

३० दलीय गठवन्धन तथा छुटै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा समेत आबद्ध मधेशी पार्टीहरुका केही अध्यक्षहरुले अब नयां ध्रवीकरणको आधारमा छुटै मोर्चाबन्दी हुने बताएका छन । ३० दलीय गठवन्धनमा एमाओवादी र मधेशी मोर्चामा विजय गच्छदारले नयां सरकारको कुरालाई अघि वढाउन थालेपछि मधेशी पार्टीहरुमा ठुलो असन्तुष्टि देखिएको छ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार एमाओवादीले सरकारमा जाने निर्णय गरे संगै ३० दलीय गठवन्धनको अस्तिव्व नै समाप्त भईसकेको छ । महतो भन्छन, हामी पहिचान सहितको संघियता र संघियता सहितको संविद्यानको लागी मोर्चाबन्दी गरेका थियौ, सरकारका लागी होईन । महतोले मधेशी मोर्चामा प्रतिनिधित्व गर्ने विजय गच्छदार समेत विगतको सहमतीवाट टाढा गएर सरकारको खेलमा लागेको भन्दै मधेशी पार्टीहरु विच पनि नयां शिराले मोर्चाबन्दीको कुराकानी अघि वढेको बताए । महतोले भने, म र उपेन्द्रजी विच एक खालको सहमती छ, हामी कुनै पनि शर्तमा संघियता सहितको संविद्यान जारी नहुन्जेल सरकारमा जान्नौ ।


विहिवार मात्रै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलानसंग कुरा गर्दै अब आफुहरु मुद्धाको आधारमा किताकाटको तर्फ अगाडी वढने बताएका थिए । गएको मंसीरमा मधेशी मोर्चालाई पुर्नजन्म गराए संगै मधेशी पार्टीहरुले संघियता सहितको नयां संविद्यान जारी नहुन्जेल आफुहरु सरकारमा सहभागी नहुने निर्णय गरेका थिए ।


मधेशी मोर्चाले उक्त निर्णय गर्नु भन्दा केही पुर्व नै तराई मधेश लोकतान्त्रिक पार्टीले समेत संघियता सहितको नयां संविद्यान जारी नहुन्जेल तमलोपा सरकारमा नजाने पार्टीगत तहमा छुटै निर्णय गरेको थियो ।

अघिल्लो बर्षको असारमा एमाओवादी संग संघिय लोकतान्त्रिक गठवन्धन नामक मोर्चाबन्दी गरेका मधेशी पार्टीहरु र एमाओवदी विच वेलावेलामा खटपटहरु हुदै आएको थियो । यद्यपी दोस्रो संविद्यानसभाको निर्वाचनमा यी दुवै शक्ति पराजय व्योहोरेका कारण एक ठाउमा देखिएका थिए ।

गएको चैतमा ३० दलीय गठवन्धनले गरेको आन्दोलन प्रचण्डले विचमै फिर्ता लिए पछि पनि यी दुवै शक्तिहरु विच राम्ररी नै खटपट भएको थियो । 

No comments:

Post a Comment