Sunday, May 17, 2015

महाभुकम्प पछिको सम्भावित राजनितीक त्रासदी



१२ बैशाखमा आएको महाभुकम्प पश्चात अहिले सम्म आईरहेको पराकम्पनले हामी अहिले त्रसित नै छौ । सम्भवतह अझै केही साता हामी यस्तै वातावणमा रहने छौ । विस्तारै समान्यीकरण हुने त निश्चित नै छ । महाभुकम्पको वेला उद्धार र राहतमा देखिएको उदासिनताले एमाओवादी भन्दा पनि एमालेजनहरुलाई नयां कथित राष्टिय सरकारको वारेमा बोल्ने मौका जुडाई दिएको छ । १२ बैशाख भन्दा अगाडीको राजनितीक कोर्सलाई यही वाहानामा सिध्याउने सवै भन्दा उपयुक्त माध्यमको रुपमा अहिले चर्चामा आएको राष्टिय सरकार बन्ने भएकाले यसमा काग्रेसीहरु पनि हासी हासी राजी हुने लगभग निश्चित छ । एमाओवादीका लागी पनि उपयुक्त सेफल्याडीग गर्ने मौका मिल्ने छ । जसरी पनि सरकारमा सहभागी हुनु पर्ने मान्यता राख्ने विजय गच्छदार हौसिनु कुनै चमत्कार छैन । अन्य मधेशी नेतृत्वहरु अहिले यती कमजोर छन कि त्यसलाई उनीहरुले अस्विकार गर्ने आटै गर्दैन । अहिले सम्म मधेशी मोर्चामा सहभागी गच्छदार वाहेक सवै मौन छन । तर दोस्रो तहका प्राय मधेशी नेताहरु यसको पक्षमा छैन । तर नेतृत्वले लिने निर्णय विरुद्ध विद्रोह गर्ने आट पनि यी मधेशी पुस्तामा छैन । त्यसैले मधेशी मोर्चा कथित अहिले कहलिएको रष्टिय सरकारमा सहभागी नहोला भन्न सकिन्न ।

कथित राष्टिय सरकारको दुष्परिणाम

अहिले चर्चामा रहेको राष्टिय सरकारले के के गर्लान ? शनिवार विराटनगरमा विजय गच्छदार भने जस्तै फास्ट टयाकवाट नयां संविद्यान जारी हुने छ । मुलुक पुर्न निर्माणमा जुटिने छ । स्थानिय निकायको निर्वाचन सक्दो चाडो हुने छ । यी सबैको विचमा फास्ट टयाक विधिवाट जारी हुने नयां संविद्यानले संघियतालाई अन्तरिम संविद्यान जस्तै कागजी रुपमा सिमित राख्ने वाहेक अरु केही गर्दैन । समावेशीताको मुद्धालाई सक्दो कमजोर रुपमा तर वढी चर्चामुखी बनाएर सार्वजनिक गर्ने छ । किनकी यी मुद्धाहरुमा आधारित राजनिती गर्नेहरुले त्यसलाई संयोजन गर्नु भन्दा घरेलू तथा वाह्य शक्ति सन्तुलनका लागी वढी आफुलाई प्रयोग गराउनमा तल्लीन हुनेछ ।

महाभुकम्प लगतै काठमाडौमा देखिएको वाह्य शक्ति केन्द्रहरुको चासो अहिले जतीसुकै उद्धार र राहत मुखि देखिए पनि यो पुर्णतह स्वार्थमा आधारित छन । दोस्रो जनआन्दोलन र मधेश आन्दोलन पश्चातको राजनितीक कोर्सवाट आजित शक्तिकेन्द्रहरु अहिले सबै भन्दा वढी हौसिएको देखिन्छ । वाहिर आवरणमा जे देखिए पनि भित्री रुपमा उनीहरु उद्धार र राहतमा मात्रै सिमित छैन । पहिलो संविद्याँनसभा विघटनको पुर्व सन्धया देखि खुल्लम खुल्ला रुपमै प्रकट हुन थालेको संघियता प्रतिको विदेशी चासोले अन्नतह त्यसलाई विघटन गराएर छाडयो । दोस्रो संविद्यानसभाको निर्वाचनमा ती शक्तिकेन्द्रहरुको भुमिकावारे अब धेरै टिकाटिप्पणी गरिरहनु पर्ने कारणै छैन । तर पनि मुद्धाको जनधारका कारण उनीहरु दोस्रो संविद्यानसभावाट पनि मनपरी गर्न सक्ने अवस्थामा थिएन ।

१२ बैशाखको विनासकारी महाभुकम्पले निम्ताईदिएको महाविपतले नेपालको पहाडी समाज घरवार विहिन अवस्थामा छन भने तराई मधेशका समाज त्रासमा वसीरहेको छ । यस्तो अवस्थामा समाज राजनितीका लागी धेरै झन्झट मोल्न तयार हुदैन । पढे लेखेका युवा पुस्ताहरु यती परिवारिक तवाहीमा हुनेछ कि उनीहरु धेरै सजग भएर अगाडी वढनै सक्दैन । अहिलेका हाम्रा वर्तमान सबै राजनितीक नेतृत्वहरुलाई पुरैका पुरै दलाल वा गुलाम भन्दा केही फरक पर्दैन । यस्तो अवस्थाले परिणाम के ल्याउला त्यो भनि राख्नु परेन ।

राष्टिय सरकारवाट काठमाडौ अब अत्यद्यिक खुशी हुने छ । किनकी उसले खाजेकै त्यही थियो । पहाडी समाज अहिले यती आक्रान्त छन कि यस्तो कुरा सोच्नै सक्दैन । तराई मधेशका त्रसित समाजलाई पुर्ननिर्माण वाहेकको अरु कुराले अहिले धेरै छुदैन ।

तर प्रश्न उठछन के यस्तो जालसाजीले समाजलाई दिर्घकालीन रुपमा स्थिर र विकासको वाटोमा लान सक्लान ? । किनकी समाज विस्तारै त आफनो वास्तविक धरातलको मनोविज्ञानमा आउलान नि । त्यस पछि के होला ? हो, त्यती वेला सबै कुराहरु विग्रीसकेको हुन सक्छन, संघर्ष त्यती सजिलो नहोला तर विकल्पविहिन पनि रहदैन । राजनितीज्ञ भएपछि सरकारमा सहभागी नै हुनुहुदैन भन्ने मान्यता राख्नु हुदैन । तर आफनो राजनिती अडान र व्यहवार पनि महत्वपुर्ण हुन्छ । 

त्यसैले यो महाविपतको वेला आहतमय अवस्थामा रहेको नागरिकहरुको राजनितीक चेतनासंग खेलवाड नगर्दा नै दिर्घकालिन रुपमा हाम्रो लागी फाईदाजनक हुनेछ । यो समय नेपालका लागी अब पुर्ननिर्माणकै हुनुपर्छ । तर त्यही वाहानामा राजनितीक गोटी सेक्ने काम नहोस । कम से कम मधेशी राजनितीज्ञहरु यसप्रति सचेत भएर बस्नै पर्छ ।

No comments:

Post a Comment