राष्टिय सरकारको कुरा समान्य चर्चाको बिषय - अमरेश सिंह
हालै महाभुकम्प पश्चात देशमा आईपरेको महाविपतको सन्दर्भमा फेरी एक चोटी सरकारको विषय अगाडी आएको छ । प्रमुख तीन दलहरुको बैठक देखि सदन सम्म यसको चर्चा समेत भयो । गएको वुधवार मधेशी मोर्चाकै एक घटक फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सदनमा वोल्दै यो विपतलाई सामना गर्न सबैको सहमतीमा राष्टिय सरकार गठन हुनु पर्नेमा समेत जोड दिएका थिए । त्यस अघि एमाओवादी अध्यक्ष सहित सतापक्षका समेत कयौन नेताहरुले यसको पक्षमा कुरा अघि ल्याए । गच्छदार सदनमा बोलेको कुरा उनको नितान्त व्यक्तिगत रहेको मधेशी मोर्चाका अन्य घटकहरुले जनाएको छ । मोर्चा सम्बद्ध अन्य दलहरुका प्रमुख नेताहरुका अनुसार मधेशी मोर्चा सरकारको सन्दर्भमा कुनै कुरा अगाडी वढाउन चाहेका छैन । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठी भन्छन, राष्टमा विपत आएको वेला यो विपतलाई व्यवस्थापन गर्न राष्टिय सहमतीको साथ अगाडी वढनु पर्छ भन्ने पक्षमा हामी छौ, नकि सरकारको पक्षमा । त्रिपाठीका अनुसार विपत व्यवस्थापनका लागी वर्तमान सरकारले नै सबै पक्षमा सहमतीमा अघि वढनु पर्ने हुन्छ । त्रिपाठी भन्छन, यस्तो वेला फेरी सरकारको कुरा गर्ने पक्षमा हामी छैन । सदभावना पार्टीका सहअध्यक्ष्ँ लक्ष्मण लाल कर्णका अनुसार मधेशी मोर्चाले संघियता सहितको संविद्यान जारी नहुन्जेल सरकारमा नजाने निर्णय गरेकाले यसको वारेमा अनावश्यक सोच्नु नै गलत हो । गच्छदारले हालै सदनमा दिएको अभिव्यक्तिलाई कर्णले नितान्त उनको व्यक्ति धारणको रुपमा प्रष्टाए । मधेशी मोर्चाको अन्य कुनै घटकसंग यसको वारेमा अहिले सम्म समान्य छलफल समेत भएको छैन, कर्ण भन्छन, मधेशी मोर्चा तत्कालै यो वा त्यो वाहनामा अहिले सरकारमा सहभागी हुदैन । महाभुकम्पले देशमा निमत्याएको महाविपतको व्यपस्थापनमा मधेशी पार्टीहरु सरकारलाई पुर्ण रुपमा सहयोग गर्न तयार रहेको कर्णले बताए ।
राष्टिय सरकारको कुरा समान्य चर्चाको बिषय - अमरेश सिंह
![]() |
अमरेश सिंह |
प्रमुख तीन दलकै बैठकमा राष्टिय सरकारको वारेमा छलफल भए पछि कतै नयां सरकार त बन्लान कि भने चौतर्फी चर्चाको विषय चाही बनेकै हो । तर नेपाली काग्रेसका नेता अमरेश सिंह भन्छन, मेरो बुझाईमा यो समान्य चर्चा भन्दा अरु वढी केही होईन । अहिले राजनिती तहमा सवैको सहभागीतामा राष्टिय सरकार बनाउने कि भन्ने एउटा सोच चाही अगाडी आएकै हो, सिंह भन्छन, तर यो त्यती सजिलो पनि छैन, र अहिले त्यसको लागी कुनै गृहकार्य पनि चलेको मेरो जानकारीमा छैन ।
No comments:
Post a Comment