हालै गोरखा जिल्लामा भुकम्प पिडितहरुलाई राहत वितरण गर्दै भारतीय संसाद जगदम्बिका पाल संग सभासद अभिषेक प्रताप शाह |
संविद्यानसभाको कपिलवस्तू क्षेत्र नम्बर ५ वाट प्रत्यक्ष तर्फका सभासद अभिषेक प्रताप शाहले हालै गएको भुकम्प वाट पिडितहरुका लागी आफनो १ बर्षको तलब प्रदान गर्ने घोषणा गरेका छन । शाहले आज एक प्रेस विज्ञप्ति निकाल्दै भनेको छ, संविद्यानसभाले एक महिनाको तलव भुकम्प पिडितहरुका लैजाने घोषणा गरेको वाहेक म आफनो १ बर्षको तलब भुकम्प पिडितहरुका लागी प्रदान गर्ने सार्वजनिक घोषणा गरेको छु । शाह मधेशी जनअधिकार फोरम नेपालको तर्फवाट प्रतिनिधित्व गर्छन ।
१२ बैशाखमा आएको महभुकम्प पश्चात काठमाडौ सहितका केही पहाडका जिल्लाहरुमा व्यापक धनजनको क्षती भएको छ भने ८ हजार भन्दा वढीको ज्यान गईसकेको छ । शाहले निकालेको विज्ञप्तिमा सरकारलाई विना भेदवाव राहत वितरण समेत गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, म हालै प्रभावित जिल्लाहरुमा राहत लिएर जादा वितरण वारेमा व्यापक गुनासाहरु सुन्नमा आए, जुन यस्तो अवस्था लाजमर्दो कुरा छ ।
पढनुस प्रेस विज्ञप्तिको पुरा अंश
प्रेस विज्ञप्ति
१२ बैशाखमा गएको महाभुकम्प र त्यस पश्चात पनि आएको ससना पराकम्पनले मुलुकमा हाल सम्म ८ हजार भन्दा पनि वढी नागरिकले ज्यान गुमाई सकेका छन भने २० हजार भन्दा वढी धाईते भएका छन । यस महाविपतको वेला हामीले सबैले आ आफना ठाउमा सक्दो सहयोग र भाईचारा प्रस्तुत गर्नु पर्ने खाचो अती नै आवश्यक छन । यसलाई ख्याल गर्दै र दोस्रो संविद्यानसभामा एउटा जनप्रतिनिधी समेत भएको हैसियतमा म आफनो भुमिकालाई अझै महत्वपुर्ण ठान्दछु । संविद्यानसभाले हाम्रा सवै सभासदज्यूको एक महिनाको तलव, भता लायतको सुविद्यावाट प्राप्त हुने रकम भुकम्प पिडितको सहयोगार्थ दिने घोषणा गरिसकेको छ । तर मेरो व्यक्तिगत वुझाईमा त्यती मात्रैले हाम्रो जिम्म्ेवारी पुरा हुदैन । म याहाहरुलाई यही पे्रस विज्ञप्ति मार्फत यो घोषणा गरेको जानकारी गराउन चाहन्छू कि, मैलै संविद्यानसभावाट प्राप्त गर्ने थप एक बर्षको सेवा सुविद्या पुर्ण रुपमा महाभुकम्प पिडितहरुका लागी प्रदान गरेको छू । हुन १२ गते महाविपत लगतै म आफनो स्तरमा उद्धार र राहतको कार्यमा लागी नै रहेको छ, र लागी नै रहने छू ।
अन्तमा महाभुकम्प वाट सिर्जना भएको विषम परिस्थितीमा म नेपाल सरकारमा सहभागी मन्त्रीहरु र पार्टीहरुलाई ध्यानाकर्ष समेत गराउन चाहन्छु कि पिडित जिल्लाहरुमा भईरहेको उद्धार र राहत वितरण कार्यमा स्वार्थगत राजनिती नहोस । मैलै आफै हालै केही प्रभावित क्षेत्रहरुमा राहत लिएर पुग्दा आम नागरिकको स्तरवाट त्यस खाले व्यापक गुनासाहरु पाए, जुन यस संवेदनशिल घडीमा मानविय संवेदनको हिसावले समेत सर्वथा अनुचित कार्य हो । नेपाल सरकार यस प्रति चाडै ध्यान दिने छ भन्ने कुरामा म विश्वस्त छू ।
अभिषेक प्रताप शाह
संविद्यानसभा सदस्य
कपिलवस्तू क्षेत्र नम्बर ५
No comments:
Post a Comment