Wednesday, May 13, 2015

महाभुकम्पवाट तराई मधेशमा कति भयो क्षती ?

अहिले सम्म २९ जनाको मृत्यू, ३३४ जना धाईते र १ हजार भन्दा वढी घरहरु क्षती भएको देखिन्छ । 


तराइ मधेशमा समेत राम्ररी महसुस गरिएको भुकम्प पश्चात २९ बैशाख मंगलवार दिउसो जनकपुर स्थित अंचल अस्पतालमा विरामीहरुका लागी बनाउन लागीएको टेन्ट...फोटो/जनकपुर टुडे

गएको १२ बैशाखमा आएको महाभुकम्पका कारण मृतहरुको संख्या देशैभरीमा ८ हजार नाघी सकेको छ भने धाईतेहरु २०  हजारको हराहरीमा पुगेको देखिन्छ । आम नागरिकहरुको अढाई लाख भन्दा वढी घरहरु क्षतीग्रस्त भएको छ भने सरकारी कार्यलयहरु पनि व्यापक रुपमा क्षती ग्रस्त भएको तथ्यांकहरु आईरहेको देखिन्छन । गृहमन्त्रालयको पछिल्लो तथ्यांक अनुसार तराइृमधेशका जिल्लहरुमा अहिले सम्म २९ जनाको मृत्यू भएको छ भने ३३४ जना धाईते भएका छन । १०४७ ओटा आम नागरिकहरुको घरहरु भत्कीएका छन, १६८ ओटा सरकारी कार्यलय पनि क्षती ग्रस्त भएको छ ।

१२ बैशाखको भुकमपको समान्य प्रभाव तराई मधेश तिर भए पनि हिजो मंगलवार आएको अर्को शक्तिशाली झटकाको प्रभाव मधेशका जिल्लाहरुमा पनि राम्रै महसुस भएको थियो ।  अहिले सम्मको गृहमन्त्रालयको तथ्यांक हेर्ने हो भने सुनसरीमा ८, बारामा ५, पर्सामा ५, रौतहटमा ३, मोरडमा २, धनुषमा २, सर्लाहीमा २, महोतरीमा १ र नवलपरासीमा १ जनाको मृत्यू भुकम्पको कारण भईसकेको छ ।


त्यसैगरी सुनसरीमा २५, बारामा २९, पर्सामा २३, रौतहटमा २६, मोरडमा ४८, धनुषामा १९, सर्लाहीमा ५०, महोतरीमा १०, नवलपरासीमा १३, सिरहामा २४, सप्तरीमा १७, रुपन्देहीमा ३०, कपिलवस्तूमा ३, वर्दीयामा २, कैलालीमा १ र कन्चनपुरमा १ जना धाईते भएको गृहको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैगरीगरी मधेशका यी जिल्लाहरुमा सरकारी भवनहरु र नागरिकहरुका व्यक्तिगत भवनहरु समेत भत्कीएका छन । सुनसरीमा सरकारी भवन ५१ र व्यक्तिगत २३, बारामा ७ र ५६, पर्सामा १४ र ३६, रौतहटमा ३२ र १९४, मोरडमा २३ र ४२, धनुषामा ० र १, सर्लाहीमा ० र ३६९, महोतरीमा १३ र ८१, नवलपरासीमा ० र ८५, सिरहामा १ र ५७, सप्तरीमा १५ र ४७, रुपन्देहीमा १ र २४ तथा कपीलवस्तूमा १ र २४ ओटा घरहरु क्षती भएको मन्त्रालयको तथ्यांक छ ।

१२ गते आएको महाभुकम्पवाट अहिले सम्ममा ८ हजार भन्दा वढीको मृत्यू भईसकेको छ भने २० हजारको हराहरीमा धाईते भएका छन । साढे ५ लाख भन्दा वढी घरहरु क्षतीग्रस्त भएको पछिल्लो तथ्यांकले देखाईरहेको छ । यो सवै संख्या अझै वढने लगभग निश्चित छ । काठमाडौ सहितका पहाडी जिल्लाहरु सिन्धुपालचौक, गोरखा, काभ्रे, दोलखा लगायतका जिल्लाहरु अत्यद्यिक प्रभावित रहेको छ ।

No comments:

Post a Comment