Monday, May 11, 2015

“विद्यालय खुल्दै छ भनेर व्यापक हल्लाखल्ला गर्नु पर्यो”

१२ बैशाखमा भुकम्प गए पश्चात महेन्द्र ज्योती माध्यमिक विद्यालय गोरखाका प्रधानाध्यापक लक्ष्मण बाबु आचार्य ४० ओटा गाविसहरुमा धुमफिर गरीसकेका छन । गोरखा जिल्लामा रहेको ४९५ विद्यालय मध्ये ४४३ ओटा क्षतीग्रस्त भएको तथ्यांक जिल्ला शिक्षा कार्यलय गोरखाले सार्वजनिक गरीसकेको छ । आचार्य ४० ओटा गोरखाका गाउहरु धुम्दा के-के देखे ? आईतवार विहान उनीसंग गरिएको कुराकानी...... 

गोरखा - १, स्थिती महेन्द्र् ज्योती उच्च माध्यमिक विद्याँलयका प्रधानाध्यापक लक्ष्मण बाबु आचार्य
भुकम्प गए पश्चात तपाई याहाका ४० ओटा गाविसहरु धुमिसक्दा, के रैछ याहाको अवस्था अली बताई दिनुस ?

- हामी गोराखाका ४० ओटा गाउ धुमिरहदा समान प्रकृतिका समस्याहरु देख्यौ । मानिसहरु घरहरु भत्कीएका छन । उनीहरु घर भित्र पस्न सकिरहेका छैनन । ४० प्रतिशत घरहरु पुर्ण रुपमा ध्वस्त नै भएका छन र वाकी घरहरु पनि चर्किएका छन । मानिसहरु त्याहा पनि बस्न सक्ने अवस्था छैन । सुरुका तीन चार दिन त मानिसहरु खुल्ला आकाश मुनि सामुहिक रुपमा बसे र अहिले विस्तारै उनीहरु त्रिपाल पाउदै जादा अली त्यसलाई व्यवस्थती गरेर बस्न थालेको छ । कच्ची घरहरु एउटा पनि बस्न योग्य छैन । मानिसहरुमा ठुलो डरत्रासहरु देखिन्छन । अहिले पनि धक्काहरु महसुस भईरहदा उनीहरु घर भित्र पस्न सकिरहेको छैन । करिव १५ दिन जती अब धक्का पनि आईरहेको छैन भन्ने महसुस भयो भने १५ प्रतिशत जती मानिसहरु आफनो घर फर्कन सक्ने वातावरण चाही मिल्छ ।



मानिसहरु घर भित्र फस्न समेत सकिनरहेको अवस्थामा र उनीहरु त्रिपाल मुनिको जीवन विताईरदा उनीहरु कस्तो मनोविज्ञानमा बाचीरहेको तपाईले पाउनु भयो ?


 - सबै भन्दा ठुलो प्रश्न नै त्यही हो । मानिसहरु मानसिक रुपमा विक्षिप्त देखिन्छन । यदी उहाहरुलाई मनोवैज्ञानि परामर्श गरिएनन भने, नेपाली समाजले ठुलो क्षती व्योहार्नु पर्ने हुन्छ । खासगरी वालवालीका र वृद्धवृद्धाहरुमा सबै भन्दा वढी समस्याहरु देखिएका छन । युवाहरु त गाउमा खासै थिएन । वरु अहिले युवाहरु सबै ठाउवाट गाउ गाउमा आएको देखिन्छ । त्यसले केही सहज वातावरण बन्छ कि भन्ने आश छ । युवाहरु अहिले जाहा ताहा वाट आएर आआफना वृद्ध आमा बुबाहरु संग संग बसीरुहेको देखिन्छ । म पनि आफनो गाउमा दुई रात आमा बुबा संग विताए । मलाई लाग्छ अब  उद्धार र राहत संगै संगै मनोवैज्ञानिक परामर्श पनि सुरु गर्नु पर्छ । बच्चाहरु स्कुलमा गएर पढन तयार छैन । वृद्धवृद्धाहरु गाउमा बस्न तयार छैन ।



वृद्धवृद्धाहरु वा आमाबुबाको पुस्ताहरु खासगरी कस्तो मनोदशावाट गुज्रीरहहेको पाउनु भयो ? 


 - म आफनै कुरा तपाईलाई सुनाउछ नि । मेरो गाउको घर त्यो ईलाकाकै सबै भन्दा पुरानो छ । ११० बर्ष पुरानो घर हो । मेरो बुबा त्यही जन्मनु भयो, आमा त्यही भित्रिआईयो । हामीहरु त वाहिर डेरा लिएर बस्न थालेको वातावरणमा  हुर्केका कारण हामीलाई केही पिर छैन । तर उहाहरुको मनोदशा हेर्दा लाग्छ, जन्मभुमि भन्ने चिज गज्जवको प्यारो हुदो रैछ । उहा हरु अहिले पनि त्यसकै चिन्ताले विक्षिप्त हुनु हुन्छ ।


गाउहरुको अवस्था हेर्दा तपाईको विचारमा मानिसहरु समान्य अवस्थामा फर्कन कती लाग्छ ? 


 - तत्कालै त कुनै म सम्भावना नै देख्निन । किनकी त्यता तिर अहिले हाम्रो निकायहरु काम नै सुरु गरेका छैन । अहिले सम्म त हामी गाउ गाउमा उद्धार र राहतको नाममा त्रिपाल नै पुयाउदा पुर्याउदै धौ धौ गरीरहेका छौ । एउटा गाउ कम से कम पांच छौ ओटा टोलीहरु एउटा विज्ञको साथमा काम गर्नु पर्ने हुन्छ । मानिसहरु र गाउहरुलाई समान्य अवस्थामा फर्काउन ।


तपाई आफै याहाको एउटा उच्च माध्यमिक विद्यँलयको प्राधानाध्यापक हुनु हुन्छ, सरकार १ जेठ देखि विद्यँलय संचालन गर्नु पर्ने भनेका छन । तपाईलाई के लाग्छ, विद्याँलयहरु १ जेठ देखि संचालन होलान ?


- हेर्नुस १ जेठ देखि त कुनै पनि हालतमा विद्यँलयहरु संचालन हुन सक्ने अवस्था नै छैन । गोरखाको कुरा गर्नु हुन्छ भने याहाका ९५ प्रतिशत विद्याँलय क्षतीग्रस्त छन । ५० प्रतिशत विद्याँलय त पुर्ण रुपमै ध्वस्त छन । वाकीका पनि काम लायक छैन । तर हामीले त्रिपाल मुनि पनि पठाउनका लागी पहिला त वातावरण बन्नु पर्यो । आजको् मितीमा भन्नु पर्दा विद्याँथी र शिक्षक दुवै विद्यालयको प्रारगंनमा छिर्न तयार छैन । पहिला त्इसको लागी वातावरण हामीले बनाउनु पर्यो । आज कुनै अखवारमा ललीतपुरमा संचालन भईरहेको विद्यालयको वारेमा समाचार हेर्यौ । तर ललीतपुरको कुरा गोरखाको वारपाक र अन्य क्षेत्रमा लागू हुनै सक्दैन । याहा विद्यार्थीहरु स्कुल जाने मनस्थिती मै छैन भन्ने शिक्षकहरु त्यो वातावरण बनाउने अवस्थामै छैन । मेरै कुरा गर्नुस न, म आफनो पुरानो कुर्सीमा गएर बसेर विद्याँलय संचालन गर्न सक्ने मनस्थितीमा छैनौ ।


त्यसो भए पहिला वातावरण बनाउन चाही के के गर्नु पर्छ त ? 


 - हेर्नुस, अहिले सरकारले १ जेठ देखि विद्यालय संचालन गर्नु भनेर दिएको आदेश एकदम ठिक छ । यसलाई व्यापक हल्ला गर्नु पर्यो । यसले के हुन्छ भन्ने विथोलिएको मानसिकतालाई सहज बनाउन काम गर्छ । ठिक छ, १ जेठ देखि संचालन नहोला तर अब स्कुल लाग्यौ है भन्न थाले पछि विद्याँर्थीहरु शिक्षकहरु पनि पनि विस्तारै मनोवैज्ञानिक रुपमा सहज वातावरण महसुस गर्न त थाल्लान  नि । त्यस पछि १ अषाढ नै पढाई हो्स वा त्यो पछि नै तर त्यसको वातावरण बनाउन पनि अब हल्लाखल्ला गर्नै पर्छ । यसले समाजलाई पनि मनोवैज्ञानिक रुपमा सहज वनाउदै लान्छन ।






No comments:

Post a Comment