Saturday, May 9, 2015

बारपाकमा एक गेडो चामल पुगेको छैन - सुदिप पाठक

महाभुकम्पको केन्द्र बिन्दू बारपाक

गोरखाको दरौदी दैनिकले प्रकाशित गरेको समाचार

गोरखा - राष्टिय मानव अधिकार आयोयका सदस्य सुदिप पाठकले महाभुकम्पको केन्द्रविन्दू रहेको गोरखा जिल्लाको बारपाकमा अहिले सम्म एक गेडो चामल नपुगेको दाबी गरेका छन । हिजो शुक्रवार बारपाकको स्थलगत अध्यन गरेर फर्के पछि पाठकले गोरखामा पत्रकार सम्मेलन गरेर यस्तो बताएको गोरखावाट प्रकाशित हुने स्थानिय अखवारले जनाएको छ ।
शुक्रवार पाठकले बारपाकको अध्यन पश्चात गरेको पत्रकार सम्मेलनको एक पृष्ठ लामो सार छापेका गोरखाका दरौदी भन्ने दैनिक पत्रिकाले जनाए अनुसार बारपाकमा अहिले सम्म उद्धारको काम समेत सहि ढंगले सुचारु हुन सकेको छैन । १२ बैशाखको महाभुकम्पको दिन त बारपाक कोई पुगेकै थिईन, पाठकले भनेका छन, त्यहैका दुई जनाले गाउलेहरुलाई मलहम पटी लगाउने काम गरेको पाईयो । केरानी घले र उनका दाजूले स्थानिय धाईतेहरुलाई मलहम पटी लगाई दिएका थिए । १४ सय घरधुरी पुर्ण रुपमा नष्ट भएको छ । पाठकका अनुसार शुक्रवार सम्ममा बारपाकमा ४९ पटक हेलीक्पटर पुगेका छन तर एक पटक पनि चामल बोकेर गएका छ्रैन ।

मान्छे बोकेर मात्रै हेलीक्पटर त्याहा पुगेका रैछन, पाठक भन्छन, चामल र त्रिपाल लिएर त पुगेकै रहेनछ । हाल बारपाकमा ६२ जना नेपाली सेना, ८ जना नेपाल प्रहरी, २२ जना सशस्त्र प्रहरी र ४० जना भारतीय सेना बारपाकमा छन । टोली बनाएर उनीहरु घरहरुवाट अन्नपात झिक्दै साना ठहराहरु बनाउदै छन । तर साह्ै सुस्त गतीमा, उनी भन्छन । हाल सम्ममा बारपाकमा ४५० ओटा त्रिपाल मात्र पठाइएको र त्यो पनि गएको विहिवार पोखरा स्थित रेडक्रसले मात्रै उपलब्ध गरेको पाठकको कथन छ । अहिले सम्ममा बारपाकमा दुई पटक विस्कुट र साकुन लगायतका साम्रगी मात्रै वितरण गरिएको पाठकले जनाएको छ । सरकारले प्रति मृतकहरुलाई वाडीरहेको ४० हजार रुपैयाको पनि त्याहा कुनै चाजोपाजो नदेखिएको उनले पत्रकार सम्मेलनमा बताएको दरौदि दैनिकले जनाएको छ ।

No comments:

Post a Comment