Wednesday, May 6, 2015

मुठि दान अभियान अन्र्तगत ८ हजार क्विनटल चामल उठाईने



हरेक पिडित परिवारलाई एक बोरा चामल प्रदान गरिने तयारी
 

 महाभुकम्पमा प्रभावित भएका पहाडका जिल्लाहरुमा राहत वितरण गर्ने उदेश्यले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सुरु गरेको मुठि दान अभियान अन्र्तगत ८ हजार क्विनटल चामल उठाउन लागीएको मोर्चाले जनाएको छ । १२ बैशाखमा गएको महाभुकम्प वाट काठमाडौ सहित पहाडका जिल्लाहरुमा व्यापक जनधनको क्षती भए पछि मोर्चाको आपतकालीन रुपमा बसेको १४ बैशाखको बैठकले मधेशमा मुठि दान अभियान चलाउने निर्णय गरेका थिए । उक्त निर्णय अनुसार पछिल्ला दिनमा तीव्र रुपमा मधेशका गाउगाउमा राहत संकलन कार्यक्रमहरु भईरहेको छ । यद्यपी मधेशका जिल्लाहरुवाट अन्य समाजिक संघसंस्थाहरुले समेत विभिन्न पहलमा राहत वितरण गरिरहेको देखिन्छ ।

 मधेशी मोर्चाको तर्फवाट चलीरहेको मुठि दान अभियान अन्र्तगत अझै १० दिन जती राहत संकलन गरिने र ८ हजार क्विनटल चामल संकलन गर्ने लक्ष्य मोर्चाले लिएको सदभावना पार्टीका प्रवक्ता संतोष मेहताले बताए । मोर्चाले ८ हजार क्विनटल चामल संकलन गरेपछि एकै खालको बोरामा पुरै चामललाई प्याक गरेर मोर्चाका शिर्ष नेताहरुले आफैले पिडित परिवारहरु समकक्ष पुगेर राहत वितरण गर्ने छ । मोर्चाले हरेक पिडित परिवारलाइ एक बोरा चामल वितरण गर्ने लक्ष्य लिएको मोर्चाले जनाएको छ । मधेशी पार्टी तथा नेताहरुले व्यक्तीगत  पहलमा राहत वितरण सुरु गरी सकेको छ । 

No comments:

Post a Comment