Tuesday, May 5, 2015

राहत वितरणमा मधेशी नेतृत्वहरु खटिदै


१२ बैशाखमा आएको महाभुकम्पवाट काठमाडौ सहितका केही पहाडी जिल्लाहरुमा भएको भयावह क्षतीमा राहत पुगोस भन्ने उदेश्यका साथ मधेशी पार्टीहरुका नेतृत्वहरु आफै लागी परेको छ । मधेशी मोर्चाको तर्फ वाट संयुक्त रुपमा मुठि दान र रगत संकलन गर्ने अभियान चलाईरहेका मधेशी पार्टीहरुका अध्यक्षहरुले पार्टीगत रुपमा समेत राहत साम्रग्रीहरु प्रभावित क्षेत्रमा पठाईरहेका छन । उपेन्द्र यादवको संयोजनमा फोरम नेपाल, महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको नेतृत्वमा सदभावना पार्टीका विभिन्न भातृ संगठनहरु तथा नेताहरुले राहत साम्रगी वितरण गरीरहेको छ ।


 

उपेन्द्र यादवको नेतृत्वमा फोरम नेपालले हालै भक्तपुर सहितका प्रभावित जिल्लाहरुमा राहत वितरण गरीसकेका छन भने तमलोपाका अध्यक्ष महन्थ ठाकुरको संयोजनमा जम्मा गरिएको राहत साम्रगी तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठीले गोरखा पुगेर आफैले वितरण गरेका छन । त्यसैगरी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताको संयोजनमा संकलन गरिएको राहत साम्रगी रामेछाप लगायतका जिल्लाहरुमा उनका अन्य नेताहरुले वितरण गरीसकेका छन ।
 
मोर्चाको तर्फवाट मधेशका गाउ गाउमा संकलन भईरहेको मुठिदान अभियान पनि अत्यन्तै सफल रुपमा चलीरहेको नेताहरुले बताईरहेका छन । यो अभियान वाट वृहत रुपमा संकलन हुने खाद्यन्न लगायतका साम्रगीहरु मोर्चाले व्यवस्थीत रुपमा प्रभावित क्षेत्रहरुमा वितरण गरिने योजना छ । मधेशका जिल्लाहरुमा विभिन्न संघ संस्थाहरुले समेत राहत साम्रगी संकलन गरेर वितरण गरीरहेको देखिन्छ ।

No comments:

Post a Comment