Thursday, May 21, 2015

गच्छदारका कारण मधेशी मोर्चाको बैठक फेरी अन्योलमा

१४ बैशाखमा बसेको मधेशी मोर्चाको बैठक । जुन बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार पनि सहभागी थिए ।


फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको कारण फेरी एक चोटी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्न सकिरहेको छैन । पछिल्लो समयमा राष्टिय सरकारको वकालत गर्दै आएका गच्छदार र अन्य मधेशी नेतृत्वहरु विच दुरी वढदै जादा यस्तो वातावरण बन्न गएको देखिन्छ । यस अघि पनि गच्छदार र अरु मधेशी पार्टीहरुका अध्यक्षहरु विच आन्तरिक खटपट हुन थाले पछि बैठकहरु प्रभावित हुदै आएको थियो ।

तर १२ बैशाखमा भुकम्प आए पछि अनायास १४ बैशाखमा मोर्चाको बैठक बस्यो । हाल मार्चाको नेतृत्व गरीरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताको अगुवाईमा भएको उक्त बैठकमा गच्छदार समेत सहभागी थिए । उक्त बैठकमा भुकम्प पिडितहरुका लागी मधेशका जिल्लाहरुमा खाद्यन्न सकंलन गर्ने उदेश्यले मुठि दान अभियान संचालन गर्ने निर्णय गरेको थियो । मधेशी पार्टीहरुको उक्त प्रयासलाई चौतर्फी साकारात्मक रुपमा लिईएको थियो । तर उक्त अभियान अन्र्तगत मधेशका जिल्लाहरुमा संकलन गरिएको खाद्यन्नलाई समेत व्यवस्थि रुपमा पिडितहरु माझ पुर्याउन नपाउदै मोर्चा भित्र किचलो सुरु भएकाले अर्को बैठक बस्न सकिरहेको छैन ।

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन, एमाओवादीले मधेशीहरुलाई धोका दिने लगभग निश्चित नै थियो, त्यही भयो । यादवका अनुसार अब मधेशी पार्टीहरु विचमा पनि किताकाट हुनेछ । उनी भन्छन, अहिले सम्म सबै भुकम्पको वातावरणमा अन्योलमा छन, वातावरण सहज हुने वितकै चाडै सवै कुराको छिनोफानो हुनेछ । 

मधेशी मोर्चाले गएको मंसीर ८ गते संघियता सहितको नयां संविद्यान जारी नहुन्जेल सरकारमा सहभागी नहुने निर्णय गरेका थिए । तर पछिल्लो समयमा गच्छदार राष्टिय सरकारको पक्षमा कुरा गर्न थाले पछि अन्य मधेशी नेतृत्वहरु उनीवाट चिडिएका छन । हुनत गएको ८ माघको सेरोफेरोमा समेत गच्छदारले संघियतालाई तत्काल थाती राखेर नयां संविद्यान जारी गर्ने गरी गरेको प्रस्तावलाई मधेशी मोर्चाको अन्य घटकहरुले तीव्र आलोचना गरेका थिए ।

त्यस पछि मोर्चाको बैठकहरु नै अवरुद्ध हुन पुगे । मधेशी पार्टीहरुका नेताहरुले ३० दलीय गठवन्धनमा सहभागी छदै छौ भनेर पन्छिने गरेका थिए । तर हालै मधेशी पार्टीहरुको असहमतीको वावजुद पनि एमाओवादीले नयां राष्टिय सरकारको पक्षमा निर्णय गरेपछि मधेशी मोर्चा कसरी अगाडी वढछन भन्ने चौतर्फी चासोको विषय समेत बनेका छन ।

तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार मधेशी मोर्चा भुकम्प वाट सिर्जना भएको विपतलाई व्यवस्थापन गर्न साझा सहमतीको आवश्यकता भए पनि राष्टिय सरकारको कुनै तुक छैन । सोनल भन्छन, हामी सरकारको पक्षमा छैनौ । 

गच्छदार वाहेकका अन्य पसबै घटकहरु अहिले सम्म नयां राष्टिय सरकारको पक्षमा बोलेका छैनन । यता मधेशी मोर्चाकै व्यानरमा मधेशका जिल्लाहरुमा व्यापक रुपमा संकलन गरिएको खाद्यन्न कसरी व्यवस्थीत तरिकाले वितरण गर्ने समेत अन्योल छ । मधेशी मोर्चाको बैठक डाक्नका लागी गच्छदारलाई सुचना दिदा, उनी कुनै न कुनै वाहना बताउने गरेको एक नेताले बताए ।

मधेशी पार्टीहरुमा गच्छदार मोर्चाको वटम लाईनमा नहिडेको भन्दै उनीसंग सम्बन्ध तोडनु पर्ने आवाज पनि व्यापक रुपमा अगाडी आउन थालेको छ ।

No comments:

Post a Comment