Monday, May 18, 2015

के गर्लान मधेशी मोर्चा ?

१४ बैशाखमा बसेको मधेशी मोर्चाको बैठक ।






सदनमा सहमतीय राष्टिय सरकारको प्रस्ताव पेश गर्नु अघि एमाओवादी अध्यक्ष प्रचण्डले ३० दलीय गठवन्धनमा सहभागी मधेशी पार्टीहरुलाई छलफलका लागी डाकेका थिए । छलफलको क्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजग गच्छदार वाहेक अरु सवैले अस्विकार गरेका थिए र प्रचण्डलाई त्यस्तो नगर्न सुझाए । तर त्यस्तो भएन, प्रचण्ड र बाबुराम भटराईले सदनमा राष्टिय सरकारको माग गरे । पछि एमाओवादी पार्टीले औपचारिक रुपमै निर्णय गर्दै नेतृत्वको समेत दाबी अघि सारेका छन । प्रचण्डलाई यो काम मधेशी पार्टीहरुको तर्फवाट गच्छदार वाहेक अहिले सम्म कसैको धाप छैन । त्यसो भए मधेशी मोर्चामा रहेका अन्य घटकहरुले के गर्लान ?

चैतमा ३० दलीय गठवन्धनले आव्हान गरेको आन्द्योलन विचमै फिर्ता लिए पछि फोरम नेपाल, सदभावना पार्टी सहितका मधेशी पार्टीहरुले प्रचण्डले बोलाएको बैठक नै वहिष्कार गरेका थिए । पछि कति प्रयास पश्चात ३० दलीय मोर्चाको बैठक बस्यो, जसमा वार्तामा सहभागी हुन समेत कार्यदल गठन गर्ने कुरा थियो । तर त्यही विचमा भुकम्प आयो र १४ बैशाखमा बसेको ३० दलीय मोर्चाको बैठकले विगतको सवैको कुरालाई थाती राख्दै भुकम्प पिडितहरुका लागी सहयोगमा जुटने निर्णय गर्यो । आश्चर्य त के छ भने, त्यही बैठकवाट फर्के पछि मधेशी मोर्चाको पनि तत्कालै बैठक बस्यो र राहतका लागी छुटै अभियान चलाउने निर्णय गर्यो । आन्तरिक किचलोका कारण गएको लामो समय देखि बस्न नसकेको मोर्चाको उक्त बैठकमा फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार समेत उपस्थिती भए । मोर्चाको उक्त बैठकले भुकम्प पिडितहरुका लागी मधेशमा मुठि दान र रक्त दान अभियान संचालन गर्ने निर्णय गर्यो । र उक्त कार्यलाई व्यवस्थीत गर्न मोर्चामा सहभागी मधेशी पार्टीहरुको एउटा कार्यदल समेतको निर्माण गर्यो ।


मधेशी मोर्चाका नेतृत्वहरु अहिले सम्म पछिल्लो घटनाक्रमको वारेमा खुलेर बोलेका छैन र बोल्न पनि चाहदैन । तर उनीहरु बाहिर नबोले पनि चुप त पक्कै नहोलान ? ३० दलीय मोर्चामा प्रचण्डलाई सरकारको कुरा अगाडी नवढाउन सुझाएका गच्छदार वाहेकका अन्य मधेशी नेतृत्वहरु त्यसो भए के गर्लान ? उत्तर अहिले उनीहरु संगै पनि छैन । नेताहरुका अनुसार गच्छदार वाहेकका महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो विच छुटै मोर्चा बनाउन पहिला पनि प्रयास नभएको होईन तर ठाकुर अस्विकार गरिदिदा यादव र महतो पछि हटेका थिए । प्रचण्डले अहिले फेरी एकचोटी यीनीहरुको सहमती वेगर गच्छदारलाई लिएर अघि वढे पछि के ठाकुर, यादव र महतो विचको उक्त छुटै मोर्चाको प्रयास होला कि ?

फोरम नेपालका एक उच्च नेताका अनुसार त्यो सम्भवना पनि त्यतीकै छन । किन कि सरकारमा गच्छदारले आफु भन्दा वढी हैसियत पाउने भए पनि उपेन्द्र यादव सहभागी हुने सम्भावना अत्यद्यिक कम भएर जाने छन । फोरम नेपालका ती नेताका अनुसार यादव यी तीन मधेशी पार्टीहरु र केही जनजातीहरु लाइ मिलाएर छुटै अघि वढनु पर्ने पक्षमा छन ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो निकट एक नेताका अनुसार राष्टिय सरकारको अहिले चलीरहेको चर्चामा प्रमुख दलहरु मधेशी पार्टीहरु संग छलफल कसरी अगाडी वढाउने छन, त्यो आधारमा धेरै कुरा निर्भर गर्ने छन । उनका अनुसार यदी प्रमुख दलहरु मधेशी पार्टीहरु संग नयां संविद्यानको वारेमा र संघियताको वारे प्रष्ट भएर कुनै सहमतीको खाका ल्याएको खण्डमा त्यसले साकारात्मक वातावरण समेत सिर्जना गर्न सक्छ । तर याहा निर पनि गच्छदारलाई समस्याको रुपमा ती नेता हेर्छन । गच्छदारको हुरफन्दीका कारण त्यसका लागी पनि  पहिला मधेशी पार्टीहरु विचमै एकमतको वातावरण सिर्जना गर्नु पर्ने हुन्छ ।

तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीले गएको शुक्रवार मात्रै दलानसंगको प्रतिक्रियामा आफुहरु नयां सरकारको खेलमा नलाग्ने वताएका थिए । तर तमलोपाकै अर्का एक नेताका अनुसार महाभुकम्प पछिको यो विनासको अवस्थामा राष्टिय सरकारको अवधारणा लाई साकारात्मक रुपमै लिनु पर्ने बताए । तर उनले पनि त्यसलागी प्रमुख दलहरु सहित मधेशी पार्टीहरु विच एउटा ठोस अवधारणको विकास हुनु पर्नेमा जोड दिन्छन । उनी भन्छन, अनि मात्रै गच्छदार वाहेकका अन्य मधेशी पार्टीहरु सरकारमा जानका लागी तयार हुने वातावरण बन्न सक्छन । 

No comments:

Post a Comment