Thursday, April 30, 2015

शनिवार भुकम्प आउदा मधेशी नेतृत्वहरु के गर्दै थिए ?


गएको शनिवार ११ बजेर ५६ मिनेटमा शक्तिशाली भुकम्प जादा मधेशी पार्टीहरुका अध्यक्षहरु के गर्दै थिए ? तपाईहरुको जिज्ञासाको बिषय हुन सक्छ ? हाल मोर्चाको तर्फवाट सामुहिक रुपमा मुठि दान अभियान चलाउन व्यवस्त यी अध्यक्षहरु मध्ये कोही शनिवार भएकाले घरमै थिए भने, कोही अध्यक्षहरु पार्टीको बैठकमा व्यवस्त थिए । सबैलाइ चारचित पार्ने गरी आएको यो भुकम्पले सबै भन्दा वढी हैरानी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भएको देखिन्छ भने, अन्य अध्यक्षहरु समान्य रुपमा आम नागरिकले भोगेको  परेशानी त भोग्ने नै भए ।

गएको शनिवार सदभावना पार्टीको कार्यसम्पादन समितीको बैठक चलीरहदा भुकम्प आउदा महतोलाई अली वढी परेशानी भोग्नु परेको देखिन्छ । दोस्रो दिनको बैठक सुरु भएको २५ मिनेट मै भुकम्प आयो । वानेश्वर स्थित लाखेचौर मार्गमा रहेको सदभावना पार्टीको कार्यलयमा सबै प्रमुख नेताहरु थिए । एक छिन सवै अक्ववक्व भए । पछि हतार हतार गर्दै पार्टी कार्यलयवाट सबै दौडेर निस्के । दौडेर निस्कदा महतोको खुटा मडकन पुग्यो । पार्टी कार्यलयवाट निस्केर सदभावनाका सबै नेताहरु त्यही रहेको पाठशाला स्कुलको कम्पाउन्डमा पुगे र केही डाक्टरहरुलाई त्यही वोलाएर आफनो पनि इलाज गराए र त्याहा आएका अरु धाईतेहरु को पनि । महतो ४ बजे सम्म त्यही बसे । त्यसपछि सुन्धारामा धरहारा खसेको ठाउमा पुगे । किनकी त्याहा केही वढी नै  हताहती भएको सुचना आएको थियो ।


सुन्धारावाट पुरानो वानेश्वर स्थित घर पुग्दा महतोलाई ज्वरो आईसकेको थियो तर पनि घर वाहिर बस्ने वाध्यता थियो उनीसंग । घर नजिकै रहेको खुला चौरमा आफनो गाडी पार्किग गरेर महतो त्यसमा सुते । उनी ७२ घन्टा कटे पछि मंगलवार देखि घरमा सुत्न थालेका हुन ।


फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भुकम्प जानु भन्दा अघिल्लो साझ शुक्रवार वेलुकी मात्रै विराटनगर पुगेका थिए । शनिवार फोरम नेपालका मोरड जिल्लाका कार्यसमितीहरु संग उनी आफनै निवासमा छलफल गरीरहदा भुकम्प गयो । काठमाडौ भन्दा विराटनगर तिर अली कम प्रभाव भएकाले होला उनी आफनो घरमै विताए ७२ घन्टा । त्यसपछि हिजो वुधवार उनी काठमाडौ आए ।

दोस्रो संविद्यानसभामा सबै भन्दा ठुलो मधेशी पार्टी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार शनिवार भएकाले घरमै थिए । उनी भर्खर स्नान गरेर वाथरुमवाट निस्केका थिए । त्यही वेला भुकम्प आयो । उनी हतपत माथिल्लो तल्लावाट तल झरे र घर अगाडीको खुल्ला चौरमा गार्ड सहित पुगे । सानेपामा रहेको उनको निवास अगाडीको चौरमा उनी टेन्ट टागेर सोमवार सम्मको रात विताए । मंगलवार घरमा आए पनि तल्लो तल्लामै अहिले सम्म उनी छन ।

तराई मधेश लोकतान्त्रिकका पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि शनिवार भएकाले आफनो निवासमै थिए । भक्तपुरको सानोठिमी स्थिती निवासमै रहदा भुईचालो गए पछि उनी आफनो सहयोगीहरुको साथमा तल्लो तल्लामा झरे र त्यही रात पनि काटे । यद्यपी आइतवार देखि उनी एकपटक पार्टी कार्यलय आउन समेत भ्याईरहेका छन ।

No comments:

Post a Comment