Wednesday, April 29, 2015

मधेशमा मुठिया दान अभियान सुरु


महाभुकम्पवाट पिडितहरुका लागी मधेशी मोर्चाले गरेको निर्णय अनुसार आज देखि मधेशका जिल्लाहरुमा मुठि दान अभियान अन्र्तगत खाद्यन्न लगायतका राहत साम्रगीहरु संकलन गर्न सुरु गरिएको छ । हिजो मात्रै मोर्चाले जिल्लागत तहमा यस्तो अभियान संचालन गर्न निर्देशन गरेका थिए । गएको सोमवार आपतकालिन रुपमा बसेको मोर्चाको बैठकले गएको शनिवार आएको महाभुकम्प वाट पिडितहरुलाई सहयोग गर्ने उदेश्यका साथ मुठि दान अभियान मधेशी भरी चलाउने निर्णय गरेको थियो ।
 
मधेशका जिल्लाहरु पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा आजै वाट मुठि दान अभियान संचालन गरिएको छ भने बाकी जिल्लाहरुमा भोली वाट सुरु गर्न लागीएको मधेशी पार्टीहरुका स्थानिय नेताहरुले बताएका छन । झापा, मोरड, सुनसरी, धनुषा लगायतका जिल्लाहरुमा भोली देखि यो अभियान सुरु गर्न लागीएको मोर्चा सम्बद्ध नेताहरु ले जनाएका छन ।  मोर्चाले काठमाडौ सहित मधेश भर रगत संकलनको लागी रक्तदान समेत गर्ने तयारीमा जुटेका छन ।

गएको शनिवार आएको महाभुकम्पवाट पांच हजार भन्दा वढी मृत्यू भईसकेको छ भने १० हजार भन्दा वढी धाईते भएका छन । भुकम्पको प्रभाव देशै भरी देखिए पनि काठमाडौ लगायतका पहाडी जिल्लाहरु गोरखा, सिन्धुपाल्चौक लगायतको नाम भयावह अवस्था देखिएको छ । मधेशै भरी संकलन गरिने खाद्यन्नहरु काठमाडौ सहित अति प्रभावित जिल्लाहरुमा वितरण गरिने मोर्चा सम्बद्ध नेताहरुले बताएका छन ।

No comments:

Post a Comment