Tuesday, April 28, 2015

मुठिया दान अभियानका लागी मधेशी मोर्चा द्धारा जिल्लाहरु लाई निर्देशन


महाभुकम्प पिडितहरुका लागी मुठिया दान र रगत संकलन अभियान चलाउने निर्णय गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज मधेशका सबै जिल्लाहरुलाई उक्त कामका लागी निर्देशन गरेका छन । लामो समय देखि आन्तरिक विवादका कारण बस्न नसकेको मधेशी मोर्चाको बैठक सोमवार आपतकालीन रुपमा बसेको थियो । गएको शनिवार महाभुकम्प गए पछि काठमाडौ सहित पहाडका केही जिल्लाहरु नराम्ररी प्रभावित भएका छन । हाल सम्म उद्धार कार्य समेत पुर्ण रुपमा हुन नसकेको यो महाविपतीवाट आउने सम्भावित खाद्यन्न संकटका लागी मुठि दान र धाईतेहरुलाई आवश्यक पर्ने रगतका लागी रगत संकलन गर्न लागीएको मधेशी मोर्चा सम्बद्ध नेताहरुले जनाएका ।

मोर्चाले काठमाडौमा पनि रक्त दान कार्यक्रमको लागी रेडक्रस संग समन्वय गरीरहेको छ भने हरेक मधेशका जिल्लाहरुमा मोर्चाको तर्फवाट स्थानिय स्तरमा पनि रक्त दान कार्यक्रम गर्न निर्देशन गरिएको छ । मोर्चाको निर्देशन पश्चात आजै देखि मधेशका जिल्लाहरुमा मोर्चाको स्थानिय बैठकहरु बस्न थालेका छन । सदभावना पार्टीका प्रवक्ता संतोष मेहताका अनुसार सुनसरी लगायतका कतिपय जिल्लाहरुमा आजै साझ मोर्चाको बैठक डाकिएको छ भने भोली देखि पर्सी सम्ममा सबै जिल्लाहरुमा बैठक गरेर मुठिया दान संचालनका लागी अभियान थालिने तयारी भईरहेको छ । साथै मोर्चाले स्थानिय स्तरमा रेडक्रस संग समन्वय गरेर रक्त दानको कार्यक्रम समेत आयोजन गर्ने छ ।

खाद्यन्न संकलनको लागी संचालन गर्न लागीएको मुठिया दान कार्यक्रम गाउ गाउ स्तरमा संचालन गर्ने तयारी मोर्चाले गरेको छ ।  संकलन हुने खाद्यन्न महाभुकम्पवाट अति प्रभावित काठमाडौ सहितका पहाडी जिल्लहरुमा पठाईने छ ।

No comments:

Post a Comment