Monday, April 27, 2015

महाभुकम्प पिडितका लागी मधेशी मोर्चा द्धारा मुठि दान अभियान र रगत संकलन गरिने


मधेशी पार्टीहरु सम्मलीत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज बसेको बैठकले हालैको महाभुकम्पवाट पिडितहरुका लागी राहत संकलन र रगत संकलन गर्ने अभियान चलाउने निर्णय गरेको । मोर्चाको बैठकले मधेशका जिल्लाहरुमा मुठि दान अन्र्तगत खाद्यन्न लगागतका साम्रगीहरु संकलन गरेर भुकम्पवाट वढी प्रभावित जिल्लाहरुमा पठाईने छ भने, रगत संकलन गरेर धाईते भएकाहरुका लागी सहयोग गरिने छ ।

गएको शनिवार आएको महाभुकम्पवाट हजारौको संख्यामा मानिसहरुकाृ मृत्यू भएको छ भने दशौ हजारको संख्यामा मानिसहरु धाईते भएका छन । भुकम्प को असर देशै भरी देखिए पनि काठमाडौ लगायतका केही पहाडी जिल्लाहरुमा स्थिती भयावह देखिएको छ । आज बसेको मधेशी मोर्चाको बैठकले यो रािष्टय विपतीमा सहयोग गर्ने अन्तराष्टि समुदायहरुलाई धन्यवाद दिदै थप सहयोगका लागी अपील समेत गरेका छन र साथै मोर्चाको बैठकले सरकारलाई थप सक्रियता र चनाखोका साथ उद्धार र राहत कार्यमा लाग्न माग समेत गरेको छ ।

No comments:

Post a Comment