Friday, April 24, 2015

३० दलीय मोर्चाको नेतृत्व ओलोपालोमा हुनु पर्ने मधेशी पार्टीहरुको माग


 
पछिल्लो समय आन्तरिक झमेलामा फसेको एमाओवादी तथा मधेशी पार्टीहरुको ३० दलीय मोर्चाको नेतृत्व परिवर्तन हुनु पर्ने माग मधेशी दलहरुले अघि सारेको छ । गत बर्ष २६ असारमा घोषणा भए संगै यो मोर्चाको संयोजकको रुपमा एमाओवादी अध्यक्ष प्रचण्ड रहदै आएको छ । खासगरी पछिल्लो समयमा बन्द लगायतका आन्दोलनको कार्यक्रम फिर्ता लिए पछि प्रचण्ड संग मधेशी पार्टीहरु चिढिएका छन । लामो समय पश्चात शुक्रवार विहान बसेको ३० दलीय मोर्चाको बैठकमा केही मधेशी पार्टीहरुले प्रचण्ड मात्रै सधै किन संयोजक बनिरहने भन्दै नेतृत्व  आलोपालो गरी रोटोशनमा हुनु पर्ने माग गरेका थिए । पछिल्लो समयमा काग्रेस एमाले संग एमाओवादीले संघियताको सन्दर्भमा गरिएको भनिएको  सहमतीलाई लिएर यी दुई शक्तिहरु विच थप दुरी वढदै गएको थियो ।
 
 सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार आजको बैठक नेतृत्व परिर्वतनको कुरा आए पनि सम्रग सन्दर्भमा कार्यदललाई कार्य पद्धती बनाउने जिम्म दिईएको छ । कार्यदलले कार्यपद्धति र आचार संहिता बनाएर १४ गते बस्ने अर्को बैठकमा पेश गर्ने छ । 

असन्तुष्टि मधेशी पार्टीहरु मध्ये उपेन्द्र यादव र राजेन्द्र महतोले प्रचण्डको सार्वजनिक रुपमै आलोचना गरेर आफुहरु छुटै मोर्चा बनाउने चेतावनी दिएका थिए । तर तमलोपा अध्यक्ष महन्थ ठाकुरले साथ नदिए पछि यादव र महतो त्यस सन्दर्भमा मौन भएका थिए । खासगरी बुधवार तमलोपाको पार्टी कार्यलयमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार वाहेकका मधेशी पार्टीहरुको बसेको बैठकले पहिला प्रचण्डसंग पछिल्लो सन्दर्भमा प्रष्ट धारण मागेर मात्रै कुनै निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । त्यस पछि विहिवार विहानै प्रचण्ड निवास लाजिम्पाट पुगेर मधेशी पार्टीहरुका अध्यक्षले प्रचण्डलाई पछिल्लो समयमा बाहिर आएको कुराह स्थगीत गरिएको आन्द्योलनको् वारेमा सोधेका थिए । प्रत्युत्तरमा प्रचण्डले आफुले काग्रेस एमाले संग वाहिर आए जस्तो कुनै सम्झौता नगरेको भन्दै ३० दलीय मोर्चालाई थप सश्क्क्त बनाउन आग्रह गरेका थिए ।

आन्दोलन स्थगीत पश्चात ३० दलीय मोर्चाको बैठक बहिष्कार गर्दै आएका मधेशी पार्टी त्यस पछि शुक्रवा विहान मोर्चाको बैठकमा बस्न राजी भएका थिए । विहिवार प्रचण्ड संग छलफल गरेर फर्के पछि पुन बसेको मधेशी पार्टीहरुको अनौपचारिक बैठकले प्रचण्डका कारण आन्दोलन कमजार बन्दै गएको भन्दै नेतृत्व आलोपालोमा लैजाने माग अघि सार्ने निष्कर्ष निकाले थिए । यद्यपी मोर्चा भित्रका कतिपय नेताहरुले आजको बैठकमा नेतृत्व परिवर्तनको कुरा आए पछि प्रचण्डले काग्रेस, एमाले संग वार्ता गर्न वार्ता टोली छुटै बनाएर सम्रग मोर्चाको नेतृत्व आफैले गरिाख्ने जनाउ दिएका थिए । 

No comments:

Post a Comment