Wednesday, April 22, 2015

गच्छदार भन्छन - सरकारमा जान पनि सकिन्छ


मधेशी मोर्चाका एक घटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार काग्रेस एमाले सहमतीमा नयां संविद्यान जारी गर्ने सुनिश्चितता गरे आफु सरकारमा सहभागी हुन तयार रहेको बताएका छन । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै गच्छदारले सरकारमा सहभागी हुने कुरा काग्रेस एमालेको इच्छामा निर्भर गर्ने समेत बताए । सहमतीको आधारमा जारी हुने नयां संविद्यानका लागी आफु सरकारमा जान सक्ने संकेत उनको थियो । गएको मंसीरमा मधेशी मोर्चा पुर्नजिवीत हुदा संघियता सहितको संविद्यान जारी नहुन्जेल मोर्चामा सामेल घटकहरु सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । तर त्यसकै लगतै एमाले अध्यक्ष केपी ओली मधेशी पार्टीहरुलाई सरकारमा सहभागी हुन औपचारिक आग्रह गरेका थिए ।


आज विराटनगर विमानस्थलमा गच्छदारले गरेको टिप्पणीलाई कतिपय जानकारहरुले पछिल्लो समयमा ३० दलीय गठवन्धन र मधेशी मोर्चा भित्र वढदै गएको ध्रवीकरण सतहमा मत्वपुर्ण रुपमा हेर्न सकिने जनाएका छन । किनकी गच्छदार पछिल्लो समय मधेशी पार्टीहरु भन्दा भिन्न विचार राख्दै आइरहेका छन । यद्यपी गच्छदारले आज काग्रेस एमालेले भन्दै आएको संघियता विना संविद्यान भन्दा पनि संघियता सहितकै संविद्यान जारी हुने कुरा बताए । उनले भने, संघियता विनाको संविद्यानले थप असन्तुष्टि जन्माउने भन्दै जसरी भए पनि संघियताको व्यवस्थापन हुनु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment