Tuesday, April 21, 2015

अन्योलमा मधेशी पार्टीहरु


 
मधेशी पार्टीहरु सम्मलीत ३० दलीय मोर्चाका नेतृत्वकर्ता एमाओवादीले काग्रेस एमाले संग मिलेर संघियता विना नै अघि वढने सकेंत दिए पछि मधेशी पार्टीहरु भित्र अन्योलको वातावरण सिर्जना भएको छ । हुनत बन्द लगायतका आन्दोलनको कार्यक्रमहरु फिर्ता भएसंगै ३० दलीय मोर्चा भित्र एमाओवादी र केही मधेशी पार्टीहरु विच खटपट सुरु भएको थियो । यो खटपटको निक्र्यौल नहुदै एमाओवादी र काग्रेस एमाले् विच संघियतालाई थाती राखेर अघि वढने सहमती भएको सामाचारहरु आए पश्चात थप अन्योलको वातावरण देखिएको छ । यद्यपी केही शिर्ष मधेशी पार्टीहरुका नेताहरुले वाहिर आए जस्तो कुनै प्रकार सहमती एमाओवादी र काग्रेस एमाले विच नभएको बताएका छन । तर उनीहरु पनि पछिल्लो समयमा मोर्चा भित्रका घटकहरु संगको विना कुनै सल्लाह नै एमाओवादी काग्रेस एमालेसंग गरेको छलफल प्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन ।


प्रधानमन्त्री सुशिल कोईराला जर्काता जानु अघि बसेको एमाओवादी सहितको तीनको बैठकमा संघियतालाई तत्काल थाती राखेर वाकी विषयको मस्यौदा अघि वढाउने सहमती भएको सामाचारहरु आएको थियो । नयां संविद्यान निर्माणको सवै भन्द्या पेचिलो देखिदै आएको संघियताको मुद्धामा मधेशी पार्टीहरुको प्रमुख सवै पार्टीहरु भन्द्या भिन्न अडान विगत देखि नै रहदै आएको छ ।
 
मधेशी पार्टीहरुका नेतृत्वहरुले एमाओवादी काग्रेस एमाले संग मिलेर यस्तो निर्णय तिर लम्के पछि के गर्लान भन्ने सर्वत्र चासो पनि व्यापत देखिन्छन । तर मधेशी पार्टीहरु भित्र स्व्यंममा चाही यस वारेमा ठुलो अन्योलता रहेको स्वयंम ने्ताहरु स्विकार्छन । आन्दोलन फिर्ता लिएपछि एमाओवादी संग छुटिएर छुटै मोर्चा बनाएर अघि जानु पर्नेमा जोड दिदै आएका फोरम नेपालका अध्यक्ष्ँ उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ले तमलोपा अध्यक्ष्ँ महन्थ ठाकुरको धाप नपाए पछि मौन भएका थिए । विजय गच्छदार यी सवै मधेशी पार्टीहरु भन्दा भिन्न विचार सुरु देखि नै राख्दै आएका छन ।
 
तर पछिल्लो सन्दर्भमा फेरी कसरी अघि वढने वारे गच्छदार वाहेकका अरु मधेशी नेतृत्व सम्भवतह भोली देखि छलफलमा जुटने सम्भावना छ । किनकी तमलोपा अध्यक्ष ठाकुर विगत केही दिन यता काठमाडौ वाहिर थिए । मंगलवार मात्रै उनी काठमाडौ फर्केका छन । महतो र यादवलाई तत्काल छुटै अघि नवढने सुझाएका ठाकुरको प्रतिक्ष्ँमा रहेका उनीहरु भोली देखि फेरी छलफलमा गर्ने सुरसारमा छन । महतो र यादव तमलोपा अध्यक्ष ठाकुरलाई आफनो विश्वासमै राखेर कुनै कदम चाल्ने निश्चित रहेको कतिपय मधेशी पार्टीहरुका भित्रियाहरु बताउने गर्छन ।

No comments:

Post a Comment