Saturday, April 18, 2015

ठाकुरले अस्विकार गर्दा यादव र महतोको छुटै मोर्चा बनाउने योजना अलपत्र


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अस्विकार गरिदिदा राजेन्द्र महतो र उपेन्द्र यादवको छुटै मोर्चा बनाएर आन्द्योलनमा जाने योजनामा अन्योलता देखिएको छ । यही हप्ताको सुरुमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संयुक्त रुपमा ठाकुरको भक्तपुर स्थित निवास पुगेर ३० दलीय गठवन्धनवाट अलग भएर छुटै मोर्चा बनाउने र छुटै आन्दोलनको कार्यक्रमको साथ अगाडी बढन आग्रह गरेका थिए । गएको चैतमा ३० दलीय गठवन्धनले घोषीत नेपाल बन्द कार्यक्रम फिर्ता लिए पछि यादव र महतोले प्रचण्डले धोका दिएको भन्दै छुटै मधेशी जनजातीको मोर्चा बनाउने चेतावनी दिदै आएका छन । 
 
गएको विहिवार मात्रै सदभावना पार्टीका अध्यक्ष महतोले सदभावनाको स्थापना दिवसमा बोल्दै मधेशका तीन ओटा पार्टीहरु सदभावना, तमलोपा र फोरम नेपाल विच छुटै मोर्चा बनाउने वारे छलफल अघि वढेको बताएका थिए । तर तमलोपा स्रोतले दलानलाई दिएको जानकारी अनुसार तमलोपा अध्यक्ष ठाकुरले महतो र यादवलाई प्रष्ट रुपमा आफु छुटै मोर्चा बनाएर अघि बढने पक्षमा नरहेको बताएका थिए । मधेशी मोर्चामै सामेल फोरम लोकतान्त्रिक सुरु देखि नै यसको विपक्षमा आफुलाई उभ्यिाउदै आएका छन ।

ठाकुरको निवास पुगेका महतो र यादवलाई उनले आफु तत्कालै छुटै मोर्चा वनाएर आन्दोलनको छुटै कार्यक्रम बनाउने पक्षमा नरहेको जनाउ दिए पछि उनीहरु अब के गर्ने वारेमा थप अन्योलग्रस्त हुन पुगेको देखिन्छन । बन्द फिर्ता लिए संगै ३० दलीय मोर्चाको बैठक समेत बहिष्कार गरेका फोरम नेपालका अध्यक्ष यादव विहिवार मात्रै प्रचण्डले गल्ती सच्याए आफुहरु ३० दलीय मोर्चालाई पुन अगाडी बढाउने पक्षमा रहेको बताएका थिए । स्रोतका अनुसार ठाकुरले काग्रेस तत्कालै संघियताको सम्बन्धमा पेलेर जाने पक्षमा नरहेको बताउदै महतो र यादवलाई नआतिन आग्रह गरेका थिए । ३० दलीय मोर्चा बन्द फिर्ता लिएको दिन प्रधानमन्त्री सुशिल कोईरालाले ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार छुटा छुटै छलफल गरेका थिए ।

ठाकुरले यादव र महतालाई संविद्यानले प्रक्रिया सुरु  पछि मात्रै सशक्क्त आन्दोलनको आवपश्यकता रहेको बताउदै अहिले समान्य प्रतिकार मात्रै गर्ने रणनितीमा अघि वढन समेत सुझाएका थिए ।

No comments:

Post a Comment